एमएल ओली
जोसुक्कैलाई काँपाई त्यस्तो मौकाचानस । खप्पेरानु लेख्यालाई मार्तै त्यस्तो सुविदा पाइन्च ग्यारै । तमाँई हामी भन्या संस्कृत्या साउ छौं र मार्तै । ह्याँ हाम्ले पक्सपक्स विभिन्न जार्ताहरू मनाउर्दै आक्का छौं । अन्ता जाब्बाहरू उई विगासी र धनपैसा कुर्राले जित्या छौं भन्कन घमण्णी कुरा लाँउचन पाज्जीहरू । तमाँई हामी काजीहरू स्वादौं जुन जार्ता लाउदारी गाउन, दाउन र धाउन पाइन्च तेईअर्न पाछौं । कुर्रै गर्ने हो भन्या, ह्याँ कोई धन्ना साउ छन, तमाँई हामी मन्ना साउ छौं । धन जत्ति भइया पनि क्या ला र ? त्यो ता उई अर्काउ चारो ता हो । उस्तै प¥या ज्यानै माँस्सेल्च । त्यो ता गाल मार्तै होइन काल पनि हो । तमाँइको मन अज्जमरी ता भइयो । तेल्लाई कोइले चोर्ला न, फोर्ला न, घोर्ला न । त्यस्ता सद्या साउ हौं तमाँई हाम्मी । तेई भइकिन हाम्लाई कोइले भेट्न र मेट्न सक्तैन । उइछारी “यो साल्नु नइयाँ जार्ता लालौं । गाई–बल्द, राङ्ङा–भइसा, भेर्रा–साँर्रा, बाग्रा–बोक्या, घोर्रा–खच्चर, बाग–भालु, हात्ति–गैडा, खर्रा–जर्रा, कुकुर–बिराला लगाइत जन्तुजन्न्वारौं जार्ता लालाई छौं । यत्तिका वर्षसम्मन यिन्खो जार्ताले केई फाँर्न सकेन ।” यस्तो जनगन्नासोलाई सिमेत बिचारीकिन यस वर्खादेखिन बिच्चारै गर्नसम्मन ता छ हुँइया जार्ता मन्नाल्ने होई भन्नुहुन्च ।
किन लाउने हुँइया जार्ता भन्ने लाक्ला ? तेख्खो मान्क्या पन्तै बुज्नै परो ग्यारै । सप्पै जन्तुजन्न्वार भन्दा बाठ्ठोटाठ्ठो तेई हुँइया हो । “ख्याल गर्दारी स्याल होला” भन्ने आँनब्याँना चलेकै छ ग्यारै । साँच्चै हुँइया जार्ता गर्ने हो भन्या ह्याँन्वा ननाम्रा कुचालहरू, आँनीबाँनीहरू, थाँनीपानीहरू, रीतिरिवाजहरू, काल्लामनहरू, पाप्पीपर्लोकीहरू, असत्तीअधर्मीहरू सप्पैलाई हुँइयाले दार्रेल्चन् हेर्नोई । त्याँमाँट्ट क्यार्न कुरा गर्ने हो र ? उई ता हो नि हुँइयास्तै चत्तुर, चन्नाल, चलाक, बाठ्ठा–टाठ्ठा कोई नठक्निे, कोई नढक्किने, कोई नफक्किने, कोई नलक्किने, कोई नठुल्लिने, कोई नफुल्लिने, कोई नचुल्लिने, कोई नहुल्लिने, कोई नसुर्रिने, कोई नबुर्रिने भन्नु हुन्च । बर्ता ग¥र्या हुँइया भाक्काले वार्ता गराल्च । यत्ति मार्तै होला र ? त्याँमाँट्ट अल्तै नाप्फा होला भन्दाउ । कोई नतात्तिने, कोई नआत्तिने, कोई नमात्तिने, कोई नपात्तिने हेर्नोई । तेई भइकिन एकबारी हुँइया जार्ता मनाउनै पर्ने देख्खियाउँछ भन्नु हुन्च । हुँइया बाइक अरुवा चाल्कीमाल्की करिपनकरिपन देख्खियो हेर्नोई ।
उतिबेलान्वा जुक्नु मक्किकोई नाई गर्नेस्ता पुर्षामापुर्षाहरूलाई ख्यालख्यालैमा हुँइया बुद्धिले ठाउँकोठाउँ बन्नाका काँन्नीहरू कत्ति सुन्निया कत्ति । अइला जुक्नु पनि हुँइयाभन्दा बाठ्ठो र भेरोभन्दा लाट्टो कोई नहोलास्तो लाकैछ । “ज्यासुक्कैको जार्ता लापन्तै हाम्कन सुनमाल कल्ले प दिन्च र ?” यास्तो सुन्नासो पोख्नेहरूवा विचारलाई अचार गर्नै पर्रो । तेईभइकिन लाउनु लाउनु बाठ्ठैको जार्ता लाइद्यापच्ची मुक्का बासबँसेर्नु चरामुस्सा नाँच्तैन्त्याई । अरु ता अरुई थ्यो गौथल्लीया बास्नु भँयाराउ रामराज्य हेर्नोई । “हाम्ले क्या क्यान पाउदाउँ भन्दाइनी । बल्लै उस्सै कोइकसैको जार्तासार्ता मान्नेइन ।” भन्नेहरू पन्तै सस्तै छन् ग्यारै । “गाई मिर्रेका सप्पै बल्द उस्तै हुन सार्रै छिल्लेका ।” यस्तो भाका सुन्दासुन्दा तमाँइका कान्नै बै¥या हेन्नोई । यख्खा सात्तै अइलसम्मौं गाई जार्ताबाट क्या पाइयो तो भन्ने व्यउरा पन्तै सुन्नेल्नोई ः तन्नेरी बल्दहरू भाइ¥या खेत्नु नार्रिने, तरुनी गाइहरू थार्रिने, बड्डाबल्दहरू ओराल्नु हुक्रिने, बड्डी गाइहरू जार्तानु डुक्रिने मार्तै हुनथाल्यो हेर्नोई । बराठै, यत्ति मार्तै भया क्यार्न तमाँइको थुतुनो चिलाउँदो बाल ? ह्याँ तमाइका कोरली बाच्छिउ अन्न्वारै नदेखाइकिन भिर्तभिर्तै त्वाँउन लाइया । मौका चान्सले जोग्यालाई लबत्कारीहरूले र्वाँउन लाइया भन्नु हुन्च । यई मान्क्याले भोल्लीया जुक्नु चाइने ब¥याबल्दहरू जर्माउने कोले हो ?
हो तेई भइकिन चार्रै दिशान्वा, उफ्¥या–आस्न्याँ मान्नम्यान्वा जम्मैलाई सोद्दारी तेई हँुइया जार्ता मानौं भन्या छन् । उइछारी, ह्याँन्न्वाउ केई चालनपाउँने, अन्तौं जम्मै चालपाल्ने, घर्तिनु ढल्याउ भाँर्रै नउच्चाल्ने, पर्तिनु हो र नढल्क्या, नलत्क्यालाई सिमेत उच्चाल्ने । वर्थेउ बर्रेई नछुँने, पर्थेउ फर्रेई बोक्केल्ने, घर्काउ नुन्नै नअच्ने अर्काउ सुनै पच्जाने, आफ्ना घर्नु कसेरै नलाउने अर्काउ हो र आङ्नै चिल्लो बन्नाल्ने, आफ्ना बारीनु उन्नै नरोप्ने अर्काउ बारिनु सुनै फलाल्ने गरे । जा माँजा हुनाए नि ? तमाँइको हँुइया जार्ता लाउनेहरू काँकाँ पुइया । आँज्जै पनि उई तमाँइको “लाट्टाले काक्कै” भन्दाइनी ह्याँ गाई जार्ता लाउदारी समाजपाद मार्तै होइन साम्यापादै आउन सक्च । सप्पैलाई गाई भइसाउ तर चाटाउदारी ग्याँष्टिक जाक्कन क्यालाउला तो ? त्यस्लेगर्दारी अर्वा घाँन्नु जानलाई हाम्ले पनि हुँइया जार्ता मन्नालौं । त्यस्सो गर्दारी ंकत्तिनसुन्नेले टाँठ्ठै सुन्नेल्ने, कत्ति नदेख्नेले भिर्तभाइरै देखेल्ने, छिल्लया बोक्कादेखि पिल्लया भोकाउ कल्याण हुने । कठ्ठै मेर्रा खाप्चीए नि ? ह्याँत्ती गर्ने कुरो, साँच्चै तमाँई हाम्ले जाँङ्रास्ता जाँङ्ङर लाइकिन हुँइया जार्ता लाउँदारी आच्कल गाउँगाउँनु आयाउ सिङ्दरवार भोल्लीया दिन्नु सप्पैका घरघर्नु नऔंरि छार्रेल्ला कि ? समाप्त
फेसबुक प्रतिक्रियाहरु