एमएल ओली
आज्जौ कुरो होइन, बेल्लिया जिज्जोऔं हुनुपर्च । त्रिवेणी गाउँपालिका वडा लम्मर ९ सालघारीयौं बालहित आधारभूत इस्कुल्ला नाइके टेकबादुर रावल्ले केई मइना अघि सिम्रुतु आबेला द्याउ निउतो हो । “सर मेरो अनुरोद छ जस्सरी पनि हाम्रो स्कूल्नु साइत्य माला ल्याउनु प¥यो । हाम्रा गाउँनु पुराँनो भाका गाउँने मान्सहरू पनि सस्ता छन् । तिनेरुकवा भाका सुनाउने औसर दिनु प¥यो होई हजुर ?” भित्रैदेख्खियौं चासो पोख्याथ्या । उनको त्यो इच्छा पुरा गर्दिन रुकुम साइत्य मालाउ ६० औं शृङ्खलालाई लेख्याउ रइच हेर्नोई । मान्सस्तो भया ६० वर्ष पुग्यालाई बड्डो वृद्ध भन्यादो । उस्तै प¥या कोईकोई भाक्यामानी मद्यालाई वृद्धाश्रममा पठाइयान्त्यो होला । तर यो त्ता क्यार्न भन्ने हो र भर्कल बैंसांैं टुस्सो कार्लास्तोछ हेर्नोई । बंैस भर्रियाबेला झन कस्तो हुने हो ? त्यो हेर्न या लामो आयु हुनेले या त्ता नियमित जोत्तिनेले चाल पाउला । अरुलाई ता यो कुरो जुरास्तो लाइन्चई क्या हो भन्नु हुन्च । त्यो ठाउँनु पुग्ने जिल्ला भित्रन्वा चिन्निया जान्या साइत्यकाहरू प्रमोदकुमार शर्मा र एक्काबहादुर केसी केई दिन अघिदेखि नै सत्याथ्या ।
देशैभरी चिन्निया ठूला साइत्यकार रुकुम पस्या छन गरे भन्ने खप्पर गोप्याबाट था पाइयाउथ्यो भन्नु हुन्च । हुन त उनी रुकुमे नै हुन । तिनीलाई कोइकोइले सोलावाङी कइनकाँ¥या ओल्या परेल पनि भन्चन गरे । “नज्जिकौं तिर्थो हेलाँ” भन्दाइनी ता गर्नु भइन गरै । निज्जो खप्पर पाउन एक टक्कर फुन ठोक्केल्नु प¥यो भन्ने सुर लाइयो हेनोई । “तिनीलाई पनि ह्वाँ साघारी पु¥याउन पा त्ता …?” भन्ने सोच्तै तमाँइको फुन हान्दा क्वाँर्र–क्वाँर्र लाइयो फुन पनि । “पेउवा जिउला नज्जिक पर्ने सालघारीयौं रुकुम साइत्यमालाउ कार्याक्रम्मा तमाँइलाई पनि निउतो भो होई ?” डराईडराईकन यत्ति मात्रै क्या सुनाउथ्याँ । बराठै उनी ता साइत्यकार मान्स ता भइया क्यार्न रिस्सिदुन गरे । कत्नाम्रो हाँस्सी खुशीसात “एकदम नाम्रो कुर्रो सुनाल्नु भो । उनीले पनि सल मानेई छिन । हामी दम्पत्ति नै आउन सक्चौं ।” भन्चन हेर । बुजकीलाई इस्सारै काप्पी भन्यास्तो साइत्यकार ता भइया तिनले नबुज्याउ क्या होला । अब ता तमाँइको ज्यान खुशीले चङिन लाइयो हेर्नोई । त्याँबाट अरु सात्याहरूलाई पनि “फलानो सर पनि हामीसित जाने हुन गरे ।” भनिकन जानकारी गराल्याँ भन्नु हुन्च । कुरा गरी साद्य होला बाल, यो खप्परले बड्डाहरू पनि अल्तै खुशी भयान र ?
जेठ्ठा पच्चीस गत्ते छक्काल्लै सालघारी पेउगा जिउली पुग्ने लोग्नेयौं मनोइच्छा बुझीकिन लख्याई माले अर्नि तयार पार्रेलीछिन् भन्नु हुन्च । गब्बागब दिउसौं चारो कविता ओकल्ने रस्ताबाट भित्रयाले भन्नु हुन्च । एक्काबादुर केसीया वास्तानमा पुग्दा ता क्या कुरा गर्नु हुँदो तिनखा दुई जना र प्रमोदजी सत्तिकन ठिक्कै भइया छन् हेर्नोई । ह्याँ गारीयौं बाटो हेर्नु भन्दा हर्दै जाउँ जाँत्ती आँउच हुँइती चरौँला भन्ने सल्ला गरी चार जाना हर्दै गइयौं । तमाँइको गारी ता बोरागाँवा आस्न पुगेइबेला आयो हेर्नोई । सग्लै मान्नाउ घर जत्रो गारीलाई सप्पैले चप्क्क अ¥यालियौं, भित्र पस्सियौं र रित्ता सिट्नु बस्सियौं । त्यो गारी ता राग्गी प रइच हजुर, फनक्क फनक्क घुमाउदै उल्लै सोलावाङ पु¥याल्यो । प्रमोद दाजुबड्डा र गंगा दिदी ता गारी भित्रै छाद्नन जस्तो गर्न लाइया भन्नु हुन्च । यिनेरुले अइलै छाद्देल्यापची क्यारी पाइला फाल्नन भन्ने ठानें हजुर । त्याँबाट उनेरूलाई झार्रेल्याँ हेर्नोई । तिनेरु ता सित्ति खुशी ता भयान र हर्ने खुप्पै सल मान्दा रचन क्यारै । तमाँइको गारीसारी छोरीकिन हर्नलाइयौं । बैराग्गीया बजार्नु पुग्कन पछिपाई च्याउँदा ता पुल्ला नज्जिकै पूर्ण ओल्लीया जोइपोई ढक्किदै ढक्किदै आउन लाइयाछन् । त्याँबाट ता हाम्लाई खुशीयौं सिम्मा रह्यो र ? भइनु खुट्टै थेनन क्यारै । ह्याँदेखि आफ्नै खुट्टाले हर्नु पर्ने छ । बगाल्लाई चासा ख्वाल्नुप¥यो भन्ने ठानी बैराक्या जुम्लावाङी होटल्नु लग्याउ थ्याँ भन्नु हुन्च । चा खायो नखायो गरिकिन एक्काजी भाइरपाई निस्क्यिा । ”एक्काजी खोइ हाँ ?र्“ सात्तै बस्या प्रमोदजीले सोद्या । ”छेरौटी लाउहोला बड्डा बजार्नु अलमल्यान्चन क्या हो ?“ प्वाक्क मुखबाट आइयो । ”नइ क्यार्न हराउनन् अल्तै बाठ्ठा हुनन भन्दोई भाइ तेरा भिनाजु ।“ मुख बिगार्दै दिदीले भनिन ।
“अई बगालौं कति खान्चौं ? चाँरो भाइर निक्लेउ ? ह्याँ, गारी सत्याउ छ यइमा जाउला । चाँरो आउ चाँरो ?” चा निख्¥याउ थेन, हात्तै नचुठी जराकजुरुक्क उठ्यिौं । भाइर ता दूदवालो गारी तयार भयाउ रइच । तमाँइको गरी पनि हेर्दा स्यान्स्यानो तीन कोठ्या रइच हेनोई । बाठ्ठा ता भइया पूर्ण बड्डा डाइब¥या कोठानु पस्सिया । अन्तरा कोठान्नु भान्जी, दिदी र प्रमोद बड्डा बस्सिया । छेवा कोठानु एक्काजी र म बस्सियौं । हाम्रा कोठानु ता दूद्दा ठेक्का प रैचन हेनोई । हाम्लाई क्या मान्त्या तिनी दुध्या ठेक्काहरू ता जात्तेरीया नाच्नाए नि ? एउटो किसिमसित्त नाच्या हेर्नोई । यस्तो अक¥या भिर्नु सरक खोल्ने सरकार, नेत्ता र कामदारलाई सलाम गर्दै रमाइलो यार्ता गर्रियो । गारीले ठाँवइनु पु¥याउला भन्ने ठान्या थियौं । त्यल्ले हाम्लाई गरुक्का मान्त्योई क्यारत्यो भँयारा थान्नु झार्रेल्यो हेनोई । त्यल्ले हाम्लाई आदा बाट्नु झा¥याता पनि हाम्ले पुरै भारा र धन्यावात देल्तियों । साइत्यकार पूर्ण ओली, देविकुमारी ओली र गंगा केसीया सातले आजौं यार्ता बरा रमाइलो भो । रमाइला कुराकान्नीया सातमा मैतालोउ मिठ्ठो कोस्यालीले टकरक्कै बालहित आधारभूत विद्यालयमा पु¥याउ पत्तै भइन हेर्नोई । नाउ मारतैको बालहित क्यार्न भयो । त्याँ ता तमाँइका पाउनापाछी, बुराबुरी, तरुनतरुनी, केराकेटी, लालक्ष्मी, बालीनाली, फलफल्लार लगाइत सप्पैको हित हुने रइच हेर्नोई । त्याँ सालौं एउटो बोट पनि थेन तर मान्स भन्य क्यार्न कुरा गर्ने हो र ? सतिसाल जस्ता भन्नु हुन्च । पेउवा जिउलीयौं सालभारी टोल सित्ति सुव्यालो रइन्च । ठूलाठूला मान्स जर्माउ रह्ैच । त्याँन्न्वा बुराबुरी पनि कति जाँङरिला हुन ? पइला जुग्न्वा पुरान्वा ठारी भाका गीद गाइकिन कइलै नथाक्ने । तिनी पुराना मिठा गीदले कइलै अघाइने रइन्च हेर्नोई ।
६० औं रुकुम साइत्य मालामा वरिष्ट साइत्यकार पूर्ण ओली, तिनकी जीवन सङिनी देवकुमारी ओली, त्रिवेणी गाउँपालिका रुकुम(पश्चिम) का प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावल, रुकुम साइत्यमाला अभ्यानका अभ्यान्ता प्रमोदकुमार शर्मा, एक्कबादुर केसी र तिनकी जीवन सङिनी गंगा केसी, स्तानीय साइयकार ज्ञानबहादुर चन्द, स्तानीय लोकगायकहरू गणेश खत्री, कमानसिंह ओली, भिउदु गिरी, जितबादुर खत्री, केशरी गिरी, नन्दकली रावल, इश्वर चन्द, मार्शल रावल, तेजबादुर खत्री लगाइतहरूले कार्याक्रमौं शोभालो बनाई सप्पल बनाकोमा सप्पैलाई साइत्य परिषदौं तर्पmबाट धन्यावात पनि देल्तें । मोख्या अतिथि वरिष्ट साइत्यकारले मिठामिठा साइत्या कुराकानी सुनाथ्या । विशेष अतिथि दिपेन्द्र रावललले साइत्य परिषद्लाई महत्वपूर्ण सल्ला सुजाब सइत आइसेल्ला बजेट्नु भाषा, साइत्य, कल्ला र संस्कृतियौं जगेर्ना हुनेईगरी मस्तै बजेट छुट्याउने कुरा सुनाउँदा खुशी भइकन सप्पैले तालिम बज्जाल्तिम । जेठमाँस्सा लामा दिन भयाता पनि कइबेला छोट्या छन् । साँज पख्नु सप्पैसित बिदाबारी भइकन छुट्यिौं । हर्ने तक्लित मानिकन प्रमोदजीले पलबहादुर ओलीया घर्नु बास बस्ने परिपन्जा मिलाल्या छन् । एक्कबादुर केसीया परेल पनि उत्तै बस्ने व्यवस्ता गरेल्या । दुईघर्रा परेल मुसिकोट पुग्न कस्सियौं भन्नु हुन्च । पूर्ण सर अघिअघि डुक्रिन्त्या कइबेला भित्रभित्रै गारीवालासित वातचित गरी किन्ट्याक मिल्लाल्या छन् । “गारी आउने भइयो, हामी त्यस्सैमा जान्चौं । तमाँइहरू नाम्रोसित बस्नुहोला ।” भन्दा ता आफ्नै मैरानु चोच्किन मान्या बड्डाहरू क्यार्न अन्त बस्दान बराठै । “गारी आउने भया ता हामी पनि गइन्चौं ।” भनिकन सप्पै सत्या । पेदीखेतसम्म आउने भन्याउ गारीले ढिलो गरेल्यो भन्नु हुन्च । हर्दै गरौं भनिकन बाट्लाइयौं । तीनचार किलोमिटर तक ह¥या हुँदाउ उई व्याँनौं दुध्या गारी आइयो ।
भाराउ बातचित नगरी आफ्नै जस्तो ठानी झप्पाझप बस्सियौं हेर्नोई । त्यो गारी ता सोलावाङ पुगिकिन आफ्ना घरपाई लाइयो । मालिकलाई बोलाइकिन पूर्ण सरले “यिनेरूलाई स्यारीगाउँसम्म लग्दिने भइयो हजुर ।” भन्दै बिन्ति गर्रेल्या । “क्या भो तो ठिक्कैछ तेस्सै होइन केई होइन कुरो मिल्जाला तो ।” भन्दा खुशी लाइयो । “स्यारीगाउँसम्म भारा कति हो ?” पूर्णजीले सोध्या । “भाडा ता तीनहजार हो । मङ्ङो मान्ने भया अर्कोमा जानोई ।” गाडीवालाले भन्या । मङ्ङो भया पनि दुध्या गारीमा चर्ने सप्पैले रर मान्नेलियौं । ढाइसय पचास भारा लाग्नेनु तीनहजार तिरी गन्तव्यमा पुइयौं । ह्याँती गर्ने कुरा, “खानेबेला खा भालु छेर्ने बेला चाल पाउलाई” भन्दाइनी यस्तोरी रुकुम साइत्यमाला चल्चई चल्दैन त्यो कुरा भविष्याले चाल पाउला । समाप्त