हरि जिज्ञासु
नेपाल एउटा सुन्दर र सानो देश भए पनि यहाँ विभेद, गरिबी र बेरोजगारी भने ठूलो छ । जातीय, बर्गीय र अन्य धेरै बिभेदको जरो बडो जोडले गाडिएको छ । यसको अन्त गर्न विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु बडो जोडतोडले लागि परेका छन् । तर सकिरहेका छैनन् । गनतन्त्र र लोकतन्त्रको उपलब्धीले एउटी महिलालाई राष्ट्रपति जस्तो गरिमामय पदमा त पठायो तर आवाज विहिन हरुको आवाजमा बोल्नको लागि महिलालाई त्यहाँ पठाएन ।

राष्ट्रपति भनेको देशको अभिभावक हो । अभिभावकले देशमा बसोबास गर्ने सबै बर्ग र समुदायको हितको लागि काम गर्नुपर्छ भन्ने कुरा थाहा पाउँनुपर्छ । पछिल्लो अबस्थामा हाम्रो राष्ट्रको अभिभावक बिद्यादेवी भण्डारीको आलोचना तिर्ब छ । एउटा महिला राष्ट्रको अभिभावक बन्न पुगेको अवस्थामा आफ्नो बिगतको अवस्थालाई सम्झेर आफू जस्तै महिलाको पक्षमा बोल्ने कि नबोल्ने ? कर्णालीका गाउँहरुमा प्रत्येक दिन घाँस दाउरा गर्ने दिदीबहिनीहरुको अवस्था के कस्तो छ भन्ने कुरा बुज्ने कि नबुज्ने ? काठमाण्डौँका ठूलाठूला महलहरुमा मस्तिसाथ खाने र मस्तिसाथ बस्ने महिलाहरुमा मात्रै राष्ट्रपतिको नजर जानु त्यति उपुक्त होइन । देशका विभिन्न भुभागमा बसोबास गर्ने महिला दिदीबहिनीहरुको अधिकार खोजनीति गर्नु राष्ट्रपतिको जिम्मेवारी हो । कति धेरै महिलाहरु बलात्कृत भएका छन् । कति धेरै बालिकाहरुको बलात्कृतबाट मृत्यु भएका घटनाहरु छन् । एउटा महिला राष्ट्रपतिले महिलाको मुद्धा उठाईदिएपनि महिलाहरुमा केहि उत्साह उत्पन्न हुनेथियो । तर त्यो नभई अहिले राष्ट्रपतिले राजाको भन्दा बढि सेवा सुविधा खोज्दै हिडेको भन्ने आलोचना बढि छ । देशमा समस्या महिलाहरुको मात्रै छ भन्न मैले कदापी खोजेको होइन । पुरुषहरुको पनि त्यति नै समस्या छ ।

तर नेपाल पुरुष प्रधान देश भएका कारणले महिलाको भन्दा पुरुषको समस्या अलि कम छ । यदि महिलाहरुको भावना र उनीहरको सबै कुराहरु केलाएर हेर्नेहो भने उनीहरुको अवस्था दर्दानाक छ । महिलाको समस्याको लागि बास्तवमा पुरुषले आवाज उठाउनुपर्ने हो तर अहिलेसम्म महिलाको पक्षमा आवाज उठाउने त्यस्तो महान पुरुष हाम्रो देशमा जन्मेको छैन जस्तो लाग्छ । पछिल्लो राजनीतिक परिवर्तनले महिला राष्ट्रपति जस्तो गरिमामय पदमा मात्रै पुगेनन् मन्त्री र संसद लगायत विभन्न उच्च ओहदामा पुगे । तर ती प्रयाप्त मात्रामा पुगेनन् । देशमा महिलाको जनसङ्ख्या बढि छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । अहिले राजनीतिमा सक्रिय भनेकै पुरुषहरु छन् । हुन त देशको राजनीति नै नेपाली जनताको पक्षमा छ जस्तो मलाई लाग्दैन । बर्षौदेखि हेपिएका जनताहरुको अवस्था उस्तै छ । विदेश पलायन हुने युवाहरुको जमात घट्दो नभई बढ्दो छ । यसले के देखाउछ भने नेपालको राजनीति भ्रष्टाचार र घुसखोरीमा विकेको छ । यदि साँचो मनले देश विकासमा लाग्ने हो भने हाम्रो देश विश्वकै सुन्दर र आर्थिक रुपमा पनि बलियो हुने देश हो । तर त्यो नभई देशमा धनीहरु धनी भएका भई छन् । गरिबहरु झन गरिब हुदैछन् । विशेषगरी सरकारले महिलाको जनजीवनमा प्राथामिकता दिनुपर्छ ।

उनीहरुको अधिकारको लागि जिम्मेवारी निकायले बोल्नुपर्छ । आज धेरै महिलाहरु हिंसामा परिरहेका छन् । पुरुषबाट लुटिएका छन् । उनको पक्षमा बोलिदिने कोहि छैन । सहर बजारतिर त महिलाहरुको पक्षमा बोलिदिने कोहि छैन भने कर्णालीका दुर्गम जिल्लाहरु र रोल्पा रुकुमतिरका गाउँमा बस्ने महिलाहरुको अबस्था झन कस्तो छ होला ? चर्को गरिबी । श्रीमानले साथ नदिएको अबस्था । बालबच्चा पढाउनको लागि मज्दुरी गर्नुपरेको अवस्था । घाँस दाउरा मै जीवन विताउनु परेको महिला दिदीबहिनीहरुको अवस्थालाई कोहि महान पुरुष जन्मेर उनको पक्षमा बोलिदिए त झन राम्रो हुने थियो । तर यहाँ माथिल्लो तहमा गएका महिलाहरुले महिलाकै पक्षमा नबोलेको अवस्था छ । उनीहरुको पक्षमा आवाज नउठाएको अबस्था छ । कतिपय महिलाहरुको कथा व्यथाहरु अनगन्ती छन् तर ती कथाव्यथाहरु कसैलाई सजिलै सुनाउँन चाँदैनन्,किनकि उनीहरुलाई पीडा सहन सक्ने बानी परिसकेको छ । देशको राजनीतिक परिवर्तसँगै महिला राष्ट्रपतिसम्म हुन पुगे तर महिलाहरुको समस्या जहाँको त्यहि छ । केहि दशक यता परिवर्तन नहुनुभन्दा केही त भयो होला तर जति हुनुपर्ने हो त्यो भएन । त्यसैले अब महिलाको पक्षमा महिलाले मात्रै हैन पुरुषहरुले पनि आवाज उठाउनुपर्छ । मानवता देखाउनुपर्छ । महिलाको जीवन संघर्षशील छ । गाउँघरमा बसोबास् गर्ने महिला दिदीबहिनीहरुको जीवन झन दर्दानाक छ । न उनको हातमा शिक्षा छ, न उनको हातमा कुनै सीप छ । उनीहरुको सीप भनेको पुरानो बाउबाजेले गर्दै आएको कृर्षि पेसा हो, त्यहि पेसा पनि आधुनिक तरिकाले नगर्दा । खाना लाउन समेत पुग्दैन । महिलाको समस्या जहाँको त्यहि छ, महिला राष्ट्रपति बनेको र महिला अधिकारको लागि आवाज उठाएको खबर गाउँमा पुगेको छैन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto