हरि जिज्ञासु
देश सानो छ । तर देशमा गरिबी र बेरोजगारी धेरै छ । यहि सानो देशलाई कहिले भुकम्पले रुवाउँछ । कहिले हावाहुरीले रुवाउँछ । कहिले बाढि पहिरोले रुवाउँछ । कहिले दुर्घटनाले रुवाउँछ । अझ बढि नेपालको फोहरी राजनीतिले रुवाउँछ । २०७२ बैशाख १२ गते शनिबार देशलाई महाभुकम्पले रुवाएको थियो ।
भुकम्पले घाइते बनाएका मनहरुको चोट त ५ वर्ष पछि निको भयो नै । तर पनि जब जब बैशाख १२ आउछ । त्यतिखेर बल्झिन्छन् भुकम्पले दिएका भारी चोटका यादहरु । दुख्छन् बेस्सरी । राजधानी, बारापाक, गोर्खा र आधिंका मान्छेहरु भुकम्पलाई सम्झँदै रुन्छन् । टुहुराहरु रुन्छन्,आफ्नो आमा बुवालाई सम्झेर । विधुवाहरु रुन्छन् आफ्नो प्रिय मान्छेलाई सम्झेर । सरकारले भुकम्प पिडितलाइ भनेर भारी राहात वितरण ग¥यो । तर त्यो राहात पहुँचवालाले मात्रै पाए भन्ने समाचारहरु देशका प्रभावशाली मिडियाहरु छापिए । कतिले ४ वर्ष वित्दा पनि राहात नपाएको खबर पनि हामीले पढियौँ । नेपालका सबै भूभागमा बसोबास गर्ने विभिन्न जाती भाषा र धर्ममा आस्था राख्ने नेपालीहरु यो समयमा देशको चिन्ताले पिल्सिएका छन् । रोइरहेका छन् ।
देशको चिन्ता हुनेखानेहरुलाई छैन बरु हुँदा खानेहरुलाई छ । राजधानीमा चार पाँच फल्याएटको घर र चिल्लो कारमा हिड्नेहरुलाई देशको चिन्ता छैन । देशको अवस्था कहाँ कस्तो छ भन्ने कुरा बुज्ने फूर्सद छैन । कर्णाली सुदरपश्चिमका नेपालीहरु कसरी बाँचिरहेका छन्, त्यो उनीहरुले फेसबुक र युट्युवमा मात्रै हेर्छन । त्यो पनि अप्रयाप्त मात्रामा । हाम्रो समाज यति दर्दानाक अवस्थामा छ, जहाँकी महिलाबाट महिला नै अपहेलीत छन् । पुरुषबाट पुरुष नै अपहेलित छन् । अशिक्षा र गरिबीको त झन् कुरै नगरौँ । समाज कस्तो छ ? र समाज कस्तो अवस्थामा गुज्रीरहेको छ भन्ने कुरा एउटा असल समाजसेवीले मात्रा थाहा पाउँछ । असल सामाजिक नेताले मात्र थाहा पाउँछ । तर सेवाको नाउँमा राजनीति गर्ने नेता र कार्याकर्ताले कहिले बुज्दैन समाजको मर्मा । यदि देशको संविधानले कर्णालीको डोल्पामा बस्ने एक गरिब व्यक्ति र राजधानीमा पाँच फलाइटको घर भएको करोडपति व्यक्तिलाई समान नजरले हे¥यो र समान व्यवहार ग¥यो भने मात्रै देशको समनाता आउँछ । देश विकास र सम्बृद्धिको लागि पहिलो कुरा देशको सुशासन राम्रो हुनुपर्छ । नेतृत्वकर्तामाथी देशको चिन्ता हुनुपर्छ । सद्भावयुक्त भावना हुनुपर्छ । आफ्नो शक्ति पर्दशन गर्ने भन्दा पनि देशको चिन्ताले रुने नेता असल नेता हो । असल राजनीति हो । राजनीति भनेकै समाज सेवा हो तर ।
नेपालका राजनीतिज्ञहरु देशमा बसोबास गर्ने नेपाली जनताहरुको चिन्ता भन्दा पनि आफूले कसरी भरपूर सम्पिती आर्जन गर्ने चिन्तामा अघी बढेका छन् । जनताको मन जित्नको लागि विभिन्न एजेण्डाहरु अगी सारेर राजनीति गर्नेहरुको लर्को छ । कसैले हिन्दु राष्ट्रको माग गर्दै जिन्दाबाद भन्दै सडकमा तहल्का मचाउँछन् । कसैले मधेश प्रदेश भन्दै सडक तताउँछन् । कसैले आदीबासी जनजाति मुल बासी हौँ भन्दै चर्को भाषण ठोक्छन् । सबैलाई अधिकार चाहिएको छ । तर भित्र कालो बाहिर सेतो देखाएर राजनीति गर्नु भनेको आफ्नो स्वार्थको लागि राजनीति गर्नू हो । २०७२ सालमा जब भुकम्पले देशलाई तहसनहस् पारेको थियो, त्यहि घाउ सँगसँगै देशमा संविधान बन्यो । संविधानले उचित सदपयोग भयो देशलाई केहि फाइदा हुन्छ भन्ने आशा हामी सबैमा थियो । तर त्यो आशा आज भुकम्प गएको पाँच वर्ष वितिसक्दा पनि एक पछि अर्को सममस्याले देशलाई खेदिरहेको छ । यदि राजनीज्ञहरुमा पार्दशिता र सेवाको भावना भयो भने देश सम्बृद्धितिर जान समय लाग्ने छैन । युवाहरुलाई विदेश जान प्रोत्साहन नगरी स्वदेशमै परिश्रम गरेर आफ्नो देशको माटोलाई माया गरेर जीवन यापन गर्ने शिक्षा दियो भने । नेपाली युवाहरुले अरुको देशमा गएर भाँडा मिच्नु पर्दैन । आफ्नै देशमा स्वाभिमानसाथ बाँच्न सक्छौँ । युवाहरुमा राजनीतिज्ञहरुले देशप्रतिको भावना जगाउँने काम गर्नुपछि ।
अहिलेको राजनीतिलाई हेर्दा आफन्तबादको हालीमुहाली बढि छ । धनीहरु धनी भइरहेका छन्, गरिबहरु झन गरिब हुदै गइरहेका छन् । देशमा निर्वाचना प्रणाली सुरुभयो । निर्वाचनको प्रचारप्रसारको क्रममा सबै नेपालीमा एउटा आशा थियो अब चाहिँ देशमा स्थिर सरकार बन्छ । निर्वाचनकै क्रममा कम्यूनिष्ट सरकारको पार्टी एकता भयो । पार्टी एकताले झन नेपाली जनताहरुलाई ठूलो आशा दिलायो । यो आशा हामीसँग केहि हदसम्म रहयो । एकता गरेपछि कम्यूनिष्ट सरकारले बहुमत ल्याएर नजित्ने कुरै भएन । नेपाली जनताले त्यहि आशामा जिताऔँ । भुकम्पले रुवाएको पाँच वर्ष वितिसक्दा पनि हामी त्यहि निराशाको आशामा बाँचिरहेका छौँ । त्यहि दिनदिनै विदेशतिर दौडिरहेका युवाहरुलाई हेरेर सुस्ताईरहेका छौँ । गरिबी र बेरोजगारीले दिनदिनै हामीमाथि अधिकार जमाउँदैछ । समस्याले हामीलाई पिरोल्दै छ । हामी समास्यासँग खेलिरहेका छौँ । अबका दिनहरुमा देशलाई शुसाशनमा अगाडि बढाउनको लागि राजनीतिज्ञहरुको निस्वार्थ देशप्रतिको प्रेम हुनुपर्छ । व्यक्तिगत स्वार्थ हुनुहुदैन । देशको चिन्ताले रुन सक्ने नेता हुनुपर्छ । ती नेताले सम्मान पाउनेछ । र उनको राजनीतिक बाटो पनि फराकिलो हुदै जानेछ । तर अहिलेको अवस्था हेर्दा हामीलाई भुकम्पले रुवाएको थियो र अहिले पनि देशको राजनीतिले हामीलाई रुवाएको छ ।