बृद्ध बालख : ह्याँती गर्ने कुरा

Byआहा सञ्चार

२०७६ बैशाख १२, बिहीबार १३:१५

एमएल ओली

उमेरले डाँरो काट्याता पनि कारणले तन्नेरी बनाल्च । उइछारी राजनीतिक भाषामा युवा, दर्शनको भाषामा दार्शनिक र गँवाल्या भाषामा बुरेयौली भइयाता पनि सुर्रिने बेला भर्कल फक्र्याछन् । यो अवसरको परिपाटी जुराउनु हुने तल्लोदेखि उपल्लो तसम्मका सप्पैलाई भित्रैदेखि भाइरैसम्म हार्दिक धन्यावात छ । उतिबेला नइयाँ जोसका साथ त्यो पेशामा पस्सियो हेर्नोई । त्याँपछि दिन, मास र वर्षहरू बित्दै जाँदा फस्सियो भन्ने लाइयो भन्नु हुन्च । त्यो बेला यो पेशालाई नाम्रै मानिन्त्यो । भन्यास्तो सेवा सुविदा नभया पनि छकालसाँज चेलाचेल्लिया दुई हातौं कारले डक्कार आइन्त्यो । चित बुजाउने बाटो भइथ्यो । यो किलो दाँउलोमा अर्रिनलाई बढीमा एक सय साडे व्यासी दिनौं आयु थ्यो । त्याँपछि काँ जाक्निे हो ? क्या कसो गर्ने हो ? भन्ने पिरल्लो नभयाउँ पनि होइन । उन्ताकनु अन्त घुस्ने ठाउँ पनि मस्तै थ्या । तर करिमाउ चुम्मकले यस्सैमा टाँस्सिरन सिकायो ।

उपल्नालाई पनि दया जाइयो छ हेर्नोई । म्यात थप्तैथप्तै जाँदा ल्हष्टमा नौसय त्यात्तीस दिन पुइया छन् भन्नु हुन्च । टिठ लाग्दो आप्ना बिराना सप्पैले सोद्ने गत्र्या “थाई भयो ?” भनेर । कतिलाई साँचो कुरा बोलियो त कतिपयालाई असाँचो । कोइकोइलाई ता प्रसङ् बदल्ने ट्रिक पनि लाइयो भन्नु हुन्च । पिल्सिङ् पाक्ने ट्यामसम्म पनि अथाई हुँने अवसर पाउनेले साँच्चो नभई असाँचो बोल्नु नैतिक दायित्व मान्नै परोे । यो मौका पाउने भाक्यमानीहरू मद्यौं पर्रियो हेर्नोई । यिनी माँज्जा ओराल जत्रा कानले ननाम्रो बिर्सेल्ने नाम्रो मात्रै टिप्ने हेर्नोई । यो अवदिमा तीनतीन ओटा अ को मान र पदबियौं बजनले कति पइयौ काँदै लाइयो होला । तेल्लाई फटाउन विधिन्न काल खण्डमा अथाई संगठनको चरणवद्ध संघर्ष तथा मासंघ, संघ, संगठनहरू कुल्र्याउ सार्रै भो हेर्नोई । खास गरी सरकारले यो कुरालाई आत्तमैबाट बुजेर अ हटाउन ऐन नियम ल्याई कार्यान्वयन गर्यो सो कदमलाई धन्यवात दिनै पर्च ।

ढिल्लै होस् वंशै रहोस् भन्दाइनी लामो आयु हुनेले धेरै कुरा सिक्ने औसर पाउच । विभिन्न काल खण्डमा आउने खट्काहरू सँदैभोक्दै याँसम्म आइयो । याँसम्म आउनलाई कैलै गोलीले त कैलै बोलिले सात्तै लइयो । थकान, निद, भोक र झोकले सुक्याउ ज्यानलाई कैलै असिनाले त कैलै पसिनाले सिंचाई गर्यो । त्यस्तै कैलै हिउँले ता कैलै घिउले जिउ पलाइयोे । अइल ता झन क्यार्न भन्ने हो र तमाँइको बदाइले लादो लाइन्चै भन्नेस्तो प छ हेर्नोई । दुखी पीडित सप्पै सङ्सात्यालाई एउटै घानमा हाल्याउ भया अचाक्ली नाम्रो होइन्थ्यो । ज्याहोस् यो बेला बदाई दिने, दिनाउ भन्ने तर मौका नपर्ने लगाइते सप्पैलाई धन्यावात । आँपूm खाको भाक त्यो नद्या चेरा काल्यान्च हेर्नोई । कोइ कसैको चेरा मस्काउनु गतिलो काम होइन । आप्नो चाल्कि पनि स्यानो नाम्रो छ र ? अरुवा आङन्नु घिउ किम्ला चम्क्याउ देखेल्च, आप्ना आङनु हात्ति लम्क्यिाउ देख्तैन । अरु दिन ख्वाइप्याई त्यारा दिन भोक्कै भन्दाइनी । पच्ने ताक्नु त्यो बदाई चाख्ने ट्याम लागेन भन्नु हुन्च । ढिल्लै भया पनि खक्कार भन्दा ज्यादा डक्कार आउनेई गरी बदाई ख्वाउनेहरूलाई धन्यावात ।

आपूm अत्तिक्न क्यार्ने जर्मिने वाला नआत्या कस्को क्या लाक्च ? हुन ता उन्लाई पनि जर्माउने कष्ट पक्सपक्स नलाउ काँ हो र ? तर क्या जातले गतिलै बुज्जो लाल्योछ हेर्नोई । बुज्जो–सुज्जोे फाल्कन जवरजस्ती भया पनि चाँर्रै जर्मा हुँन्नो भन्नेहरू पनि थ्या । बड्डो बाल्लख जर्माइकन काम छैन तेल्लाई भित्रैपाई ढिस्मिस् गर भन्ने विद्धानहरू पनि थ्या । जर्माउने मातालाई काक्सो, बोक्सो, मैमसान, भूतप्रेत आदि सप्पैलाई मनाउतो गरी जर्माउँदा अल्ता ट्याम लाग्नै ता पायो । विदिवाच्चा पुर्याउँदा पुर्याउँदै त्यो ता भित्रै बुर्रियो छ हेर्नोई । बराठै, स्यानो र ट्याम्मै जम्र्यास्तो भया प सोज्जै निक्लोई । निक्निे ठाउँ बिर्सिकन अर्कै बाटो मोड्न लाइयो छ भन्नु हुन्च । जानमानका झारफुकको बिदिले गर्दा बल्ल जर्मियो । थोरै दिनौं भया भन्नु फुल्लि–फाल्लि, पाक्कि–पुक्की ठिक्क भयाउँ जर्मियो भन्नु हुन्च । धाँमा धन्दा गर्नै नपर्ने तमाँइका बृद्ध बच्चाउ नवार्नी, पास्नी, वर्तबन्द, दानपुन्य, भोज भत्यार लगाइत कर्मकाज्र्य गर्पमै भइएछ हेर्नेई । समाप्त

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto