आहा टक

मनिषा बुढामगर, बांफिकोट गाउपालिका १०, रुकुम पश्चिम

हिजो आज कता व्यस्तहुनुहुन्छ ?
म आफ्नै व्यापार तथा सिलाई कटाइ व्यवसायमा व्यस्त छु ।

यस क्षेत्रमा काम गर्ने अवसर कसरी मिल्यो ?
यस क्षेत्र मेरो रुचिको क्षेत्र भएकोले २०६५ सालमा खलगाको दिल टेलर्समा ६ महिना तालिम सिकेर र अन्य टेलर्समा काम गरी आफ्नै लगानिमा २०६८ सालमा लेडिज टेलर्स स्थापना गरी काम गर्न सुरु गरेकी हु ।

बिशेषगरी पुरुषहरुले नै अधिकांस यस सिलाईकटाई व्यवसाय गरेको पाईन्छ, तपाई महिला आफैले गर्दा प्रतिक्रिया कस्तो पाउनुभयो ?
यस क्षेत्रमा काम गदै गर्दा सुरु सुरुमामा त कठिनाइ पनी भयो तर महिलाले पनी कपडा सिलाउछन र ? भनेर हेपे जस्तो लाग्ने र जातीय कुराले पनी अली कस्तो कस्तो खालको हिंसा गरेको जस्तो लाग्थ्यो ।

सुरुमा पसल स्थापना गर्न आर्थिक व्यवस्थापन कसरी गर्नु भो ?
मैले सिकेको सिपलाई आत्म बिश्वास गदै अब म पसल स्थापना गर्छु भनेर सोच बनाए अनी दिदिको आर्थिक सहयोग बाट मैले पसल स्थापना गरेको हु ।

पसल स्थापना पछी चुनौति कस्ता आए ?
यस विषयमा त केहि चुनौति र बाध्यता छन किनकी कतीबेला पसल सञ्चालन गरे पनी कोठा भाडा तिर्ने सम्म पनी पैसा हुदैन्थ्यो तर पनी मैले निरन्तरता दिई राखे अहिले आत्मनिर्भको पाटो बनेको छ ।

election adv.

तपाइको घर परिवार र श्रीमान बाट कस्तो खालको प्रेरणा मिल्यो ?
सुरुमा सिलाइ कटाई तालिम सिक्दै गर्दा श्रीमानको साथ सहयोग निकै मिल्यो किनकी साना बच्चाहरु थिए । श्रीमानले बच्चाको हेरबिचार गरीदिए पछी मलाई काम गर्न सहज मिल्यो र घर परीवार बाट पनी सहयोग मिल्यो अनी म काम गर्न थालेकी ह्ु ।

काम गदैगर्दा पछिल्लो समयमा कस्तो खाल्को अनुभुती लिनुहुन्छ ?
म खुसी छु आत्मनिर्भर भए र आफ्ना सबै खाले समस्या आफैले हल गर्छु । पछिल्लो समयमा काम गदै गर्दा अझ थप उर्जा शतिm मिलेको छ । सबै खाले लेडिज कपडाको सिलाइ गर्छु । सबैको साथ सहयोग मिलेको छ ।

तपाई जस्तै अन्य महिलाहरुले पनी यस क्षेत्रमा काम गर्ने रुची होला उहाँहरुलाई के सल्लाह दिनुहुन्छ ?
म उहाहरुलाइ के सल्लाह दिन्छु भने अरुको भरमा नपरौं । सानातीना समस्याहरुलाई आफै हल गर्न सिकौ । महिलाहरुले गर्न सक्ने कामहरु पनी धेरै छन । म जस्तै सिलाई कटाइ काम गर्न चाहानु हुन्छ भने पनी म साथ सहयोग दिने छु । अझ भन्ने हो भने सिलाई कटाई क्षेत्र भनेको महिलाको लागी सजिलो र सुरक्षित व्यवसाय हो । त्यसैले कुनै पनी सिप सिक्न आवश्यक छ । पछिल्लो समयमा महिलाहरुले पनी कपडा सिलाउदा महिलाहरुलाइ सजिलो भएको छ । किनकी उनीहरुले आफुले चाहेको जस्तो सिलाई गरेको कपडा लगाउदा खुसि छन । पुरुषहरुले भित्री कपडा सिलाउदा महिलाहरु लाई अली असजिलो हुने गर्दथ्यो । उनीहरुले पुरुषले सिलाएको कपडालाई मनै देखि सिलाइ नमीलेमा खुलेरै समस्या बताउन नसक्नु जस्ता थिए ।

पहिले अरुले सिलाएको कपडा लगाउदा र अहिले आफैले सिलाएको कपडा लगाउदा कस्तो अनुभुती लिनुभएको छ ?
म खुसि छु किनकी आफुमाथी भएको सिप लाइ पहिचान गरी आफुलाई मन परेको कपडा कस्तो सिलाई मा सुहाउछ उस्तै सिलाई गदै प्रयोग गर्दा खुसि नै छु । मेरो लागी यो जिबिकोपार्जको लागि अत्यन्तै खुसिको कुरा हो । किनकी यसले मलाई आत्म निर्भरको बाटो देखाएको छ । यस्तै काम र सीप नसिकेका थुपै महिला दिदिबहिनीहरुको अवस्था हर्ने हो भने एकदमै समस्यामा छ । त्यसैले म यसै कामले नै आत्म निर्भर बन्न सक्छु जस्तो लाग्छ ।

तपाई को बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल खासमा भन्ने हो भने अली कठिनाइपूर्ण रह्यो किनकी बिद्यालय जाने रहर हुदाहुदै मलाई संकट कालले गर्दा कक्षा ८ मा पढ्दै गर्दा मेरो पढाईलाइ छोड्नु पर्ने बाध्य भयो किनकी २०६० सालको संकट कालमा पढाई छोडि म बिवाह गरी म इन्डिया गए अनी त्यहाको ४ बर्षको बसाई पछि म नेपाल आए अनी आफ्नो घर व्यबसाय सञ्चालन गर्न लागे । बिस्तारै बाच्चाबच्ची ठुलाहुदै गए आधारभूत आवश्यकता बढ्दै गयो त्यसैले मैले अब केहि गर्नु पर्छ भन्ने सोचका साथ सिलाई कटाइ तालिम लिए बिस्तारै काम सिप सिके पछी म आफैले पसल खोली व्यवसाए सञ्चालन गरेकी हु ।

कुरा कानीको अन्त्यमा केहि भन्नु छ ?
मेरो मनमा लागेका केहि कुरा लाइ तपाईको आहा सञ्चार पत्रिका मार्फत सबैको सामु पु¥याइदिएको मा पत्रिका परीवारलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु । प्रस्तुती ः सुवास बटाला

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto