जयमान बुढा मगर
रुकुम पूर्वको सदरमुकाम अन्योलतामै रहेको छ । नयाँ जिल्ला बनेको रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिकाको १२ गोलखाडामा तोकेको २०७४ माघ १२ गतेको मन्त्रीपरिषदको निर्णयले यतिखेर सम्म पनि त्यस ठाउँमा चर्चाको विषय मात्र बनिराखेको छ । भने रुकुमकोटमा नयाँ जिल्ला बनिसके देखि अहिले सम्ममा जिल्लाको सबै कामकाज सञ्चालन भैराखेका छन् । रुकुमकाटबाट गोलखाडामा सार्नु सरकारको गलत काम भएको भन्दै रुकुमकाटबासीले सर्बोच्च अदालतम रिट हालेपछि अन्तरिम आदेश बाहेक अन्तिम आदेश नआउदा लामो समय सम्म पनि सदरमुकामको अन्योलता कायमै छ । रिट दर्ता भएको एक वर्ष सम्ममा पनि सर्वाेच्च अदालतमा पटकपटक पेशि छलफलले अहिले सम्म कुनै फैसला गरेको छैन् । सदरमुकामको विवादको विषयमा छलफल गर्न दुबै पक्षलाई सर्वाेच्चले आगामी माघ २७ गते बोलाएको छ ।

रुकुमकोटबासीले माघ १४ गते देखि पुनः आन्दोलनका कार्यक्रम सुरु गरिराखेका छन् । रुकुमकोट बजारक्षेत्रका चोक तथा सीमानामा राको जुलुस, सरकारी कार्यालयमा धर्ना, कोणसभा लगायतका कार्यक्रम गर्दै आएका छन् । शुक्रबार देखि यातायत साधन र बजार थप्प बनेको छ । भौगोलिक दुरीलाई मात्र नहेरी पूर्वाधार र जनसंख्यालाई समेत ध्यानमा राखी सदरमुकाम तोक्न स्थानीयले आग्रह गर्दै आएका हुन् । सदरमुकामको लागि आवश्यक संरचना रुकुमकोटमा बनिसकेको र विगत साढे एक वर्ष देखि यहिबाट काम भैराखेको कारणले यहाँबाट अन्यत्र सार्न नमिल्ने स्थानीय मन बहादुर विसीले बताए ।
सरकारले संघियताको मूल मर्म र पहिचानको आधारमा जिल्लाको सदरमुकाम गोलखाडामा तोकेकोले आगामी सर्वाेच्चले बोलाएको गतेमा यस जिल्लाको सदरमुकामको तुङ्गो गोलखाडामा गर्नु पर्ने पुथा उत्तरगंगा गाउँपालिका १३ का रवी बुढाले बताए । यस जिल्ला नयाँ जिल्ला बन्नुको मूल रुप भनेको नै संघियताले व्यवस्था गरेको अनुसारमा नै हाम्रो मौलिक भेषभुषा, रहनसहन, कला संस्कृति, पेशा व्यवसाय हाम्रो पहिचानको आधारमा जिल्ला पाएको र उक्त आधारमा रुकुम पूर्व जिल्ला बनेको कारणले संविधानमा व्यवस्था गरिएको संघियताको आधार व्यवस्थाको सदरमुकाम गोलखाडा नै हो बुढाले भने ।

सबै क्षेत्रबाट पछाडि परेको जातियताको आधारमा जनजाती रहेकोले यसको विकास र उथानको काम उक्त उद्गम स्थानबाट सुरुवाती भयो भने मात्रा सरकारको संघियता सहितको संविधान कार्यन्वयन हुने पुथा १० का सुरेन्द्र पुनले बताए । त्यसैले पुर्खा देखि नै यस क्षेत्रका नागरिक राज्यबाट पछाडि परिराखेको र जनयुद्धकालबाट जन सरकार सञ्चालनको सिकाई यस जनजाती बस्तीबाट सुरु भएकोले ‘पञ्चायतले गरेको कोट होइन संघियताले दिएको गोठ’बाट राज्य संचालन भयोभने मात्र जनताले चलाएको जन सरकार र संघियताको आधारमा नागरिकले अधिकार प्राप्त गर्ने पुनले जानकारी दिए । हाम्रो एउटै गोठ एउटै बगालको पहिचानमा नै नयाँ जिल्ला बनेकोले सबै जिल्लाबासीको हित हुने भनेको नै गोलखाडा रहेको उनले बने ।
सुगमताको आधारमा रुकुमकोट भएता पनि आफ्नो पहिचान र प्रतिस्थानको हिसाबमा गोलखाडा नै सदरमुकाम हुनुपर्ने भूमे गाउँपालिका १ का जितमान पुनले बताए । ‘व्यक्ति स्वार्थको कारणले कुनै व्यक्तिले यहाँका नागरिकलाई दुःख दिएका हुन् ।’ नयाँ जिल्ला बनेको नै खामबासीको आधारमा बनेको हो त्यसैले मध्यविन्दु गोलखाडा नै रहेको पुनले जानकारी दिए । सदरमुकामको लागि आफ्ूहरु शान्तिपूर्ण आन्दोलनमा लाग्ने र हस्तक्षेप गरेमा प्रतिकारमा लाग्ने जनाएका छन् ।
्र

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto