डिकेन्द्र शाह
५२ पोखरी ५३ टाकुरी भनेर हाम्रो देश नेपालमा चिनिएको ठाँउ, पुथा,सिस्ने हिमालको मन्द मुस्कानमा कमल ताल हाँसेको गाँउबस्ती, ढोरपाटन, बुकीपाटन जडीबुटी हुर्केका पशुपन्छी नाँचेका रमणिय जिल्ला हो रुकुम (पूर्व) । यहाँ सानीभेरीमको मुहान सँगै रुकुमगार लगायत अनेकौँ जलस्रोत रहेका छन् । जिल्लाभर प्राय ठाँउमा हरीयाली वनक्षेत्र रहेको छ । कोईली र न्याउलीहरुले गीत गुञ्जाउने देउराली ओडार गुफारुपी रहेका छन् । अग्ला अग्ला पहाड पर्वतहरु रहेका छन्,चिसो समशितोष्ण हावापानी यहाँ रहेको छ । यहाँ विशेषगरी मगर जातिको बाहुल्यता भएकाले रमाईलो संस्कृति रहेको छ,तथापि विभिन्न जातिहरुको मौलिक संस्कृति र परम्परा रहेका छन् ।
नेपालको संविधान २०७२ ले सिङ्गो रुकुम जिल्लालाई विभाजित गरेर नयाँ हिमाली जिल्लाको रुपमा रुकुम (पूर्व) उदय भएको हो । वास्तबमा रुकुम जिल्ला सिङ्गो हुदाँ पनि यस रुकुम (पूर्व) जिल्ला कै नामबाट प्रसिद्धि भएको कुरा यथार्थ हो किनकी विगतमा सिङ्गो रुकुम जिल्लाको पनि मुकाम यस रुकुम (पूर्व) मा नै रहेको कुरा इतिहास २०१८ साक्षी छ । विभिन्न जालझेल,षडयन्त्र गरेर यस रुकुम (पूर्व) को मुकाम पश्चिममा लगिएको व्यहोरा २०३० साल इतिहास बोलेको छ । यहाँको भूगोल र जनतालाई वास्तवमा सधैँ प्रयोगशाला जस्तो बनार्ईएको छ । चाहे १०४ बर्ष चलेको राणा शासन होस्,चाहे २४० वर्ष चलेको राजतन्त्र होस् यहाँको भूगोलमाथि टाँठाबाठा कलाउनेहरुले आँखा लगाउने जनतालाई भेडा सम्झने, खेलौना सम्झने र प्रयोगमा ल्याईरहने तर हाम्रो देश नेपालमा यस्ता नालाइक, निङ्कुश तन्त्रको अन्त्य भयो । संघीय लोकतान्त्रिक गणतन्त्र देशकोे स्थापना २०६४ सालमा भयो त्यसपछि रुकुम (पूर्व) लाई केही राहात मिलेजस्तो भो छुट्टै जिल्लाको रुपमा घोषण गरियो । वि.सं.२०७४ सालमा यस जिल्लामा फटाफट सरकारी गैरसरकारी संघसंस्थाहरुको कार्यालयहरु स्थापना गरियो ।
त्यतिवेलासम्म मान्छेहरुले यहाँ जनतामा हर्षोउल्लास र खुसी नै थियो । कतिपय बाह्य तत्वले यो जिल्ला बनेको देख्नै नचाहने त्यस्ता मान्छेहरुले विगतमा पनि यो जिल्लाको प्रगति र उन्नति चाहेनन्,अहिले पनि नराम्रो राजनैतिक खेल खेलेर यो रुकुम (पूर्व) जिल्ला स्वतन्त्र ढङ्खले समृद्ध बनाउन दिएनन् विडम्वना आन्तरिक कलह र द्वन्द्वमा फसाई दिएका छन् । किनकी त्यतिखेर उनिहरु केन्द्र सरकारसँग पहुँचमा थिए र कतिपय आन्तरिक तत्व जुन कम मात्रामा रहेका यो झगडाको खेलमा केही फाइदा हुन्छ भन्ने कुविचारले लागेका पनि छन् यस्तो नराम्रो खेल जसले सबैको मन दुख्छ अनि घायल बनाउँछ,के यो न्यायपूर्ण छ ? विगतको घाउमा मलमपट्टी लाग्ने बेलामा झन किन रुवाउँछ । हिजो जनयुद्ध लडेको किन हो ? त्यसको परिणाम त आयो भनौँ तर देशमा आए पनि रुकुम (पूर्व) मा किन नआएको जस्तो महशुस गराईन्छ । सिँहदरबारको अधिकार स्थानीय तह गाँउगाँउमा आएकै त होनी किन मुकामको लागि तलमाथि दायाँबाँया भनेर द्वन्द्व गराउने कतिपय पुरानो सोचका छिमेकी जिल्लाका गिद्धेनजर लगाउँछन पञ्चेनेताहरुले यो जिल्ला रुकुम (पूर्व) लाई प्रयोगशाला बनाउने खोज्ने ? यो पहिलेको जस्तो लाटो समय होईन पञ्चेनेतागण ! यो समय २१ औँ शताब्दीको वैज्ञानिक युग हो यस्तो बेला साँगुरो सोचका नेता हुनुको काम छैन,सकिन्छ भन्ने विश्व संसार चिन्ता,चासो र राजनिति गर्न सक्नुपर्छ, सक्नुहुन्छ विश्वको नेता बन्नुहोस् । केवल गाँउघर र जिल्लामा झगडा मचाएर कोही ठुल्लो मान्छे हुने छैन् । त्यसैले गर्दा पञ्चे नेताहरुको जमाना आजभोली खासमा छैन ।
हाम्रो देशमा अहिले गणतन्त्र,लोकतन्त्र आईसकेको छ । नेपालको संविधान अनुसार स्वतन्त्रता छ,आफ्नो हक, अधिकारको वकालत गर्न पनि पाईन्छ । देशमा अहिले बहुमतको सरकार चलेको छ । सरकारले अहिले समृद्धको कुरा गरिरहेको छ । यस्तो बेलामा हाम्रा गणतन्त्र,लोकतन्त्रका नेताहरुले आफ्नो गाँउठाँउ जिल्ला समृद्ध बनाउने समयमा रुकुम ( पूर्व) जस्तो पर्यटकिय, धार्मिक र प्राकृतिक स्रोत साधनले सम्पन्न जिल्लालाई विकास गरी ७७ औँ स्थानमा पर्ने जिल्लालाई नमुना बनाउने छोडेर आन्तरिक द्वन्द्वमा फस्नु हुदैँन । यहाँका जनप्रतिनिधिहरुले यो जिल्लालाई समृद्ध बनाउनका लागि महत्वपूर्ण नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छ,जसले सबैमा एकताभाव सिर्जनाहोस् । सबै एकतामा आबद्ध भएर अगाडि बढेमा यो जिल्ला छिमेकी जिल्लाहरुको तुलनामा नमुना जिल्ला बन्नसक्छ ।
यस जिल्लामा रहेका प्राकृतिक तथा धार्मिक सम्पतिहरु निम्न छन् ।
पुथा हिमाल ड्ड सिस्ने हिमाल ड्ड कमल ताल
ढोरपाटन सिकार आरक्ष ड्ड देउराली ओडार
टक्सार खानी हरीयाली भूमे ड्ड बराह मन्दिर
शिवथान मन्दिर ड्ड कोटघर भ्यू टावर
बुर्कीपाटन ड्ड सानीभेरी नदी ड्ड उत्तरगंगा
रुकुमगार ड्ड रुजीखोला ड्ड रमणीय बस्ती तकसेरा ड्ड तातोपानी ड्ड डिग्रे मन्दिर(राङ्सी)
गुरिल्ला टूेकिङ्ख पदमार्ग ड्ड सहिद मार्ग
यी माथी उल्लेख गरिएका प्रतिनिधि मुलक रुकुम पुर्व जिल्लाका सम्पतीहरु हुन । अझ गहिरिएर खोज अनुसन्धान गर्ने हो भने कति हो कति प्राकृतिक र धार्मिक दृष्टिकोण बोकेका महत्वपुर्ण ठाउ वस्तीहरु पाउन सक्छौ । समग्रमा के भन्न सकिन्छ भने आन्तरिक कलहमा नपरेर यो नयाँ जिल्ला रुकुम पुर्वलाई समृद्ध वनाउनु पर्छ । सबै तह र तप्काका जनताहरु मिलेर राज्यले विगतमा उपेक्षा गरेको यो जिल्लालाई सरोकार वाला निकाय र सम्पुर्ण गाँउ वस्तीका समुदायहरु एकतावद्ध भै यो जिल्ला समृद्ध वनाउँन सक्छौँ । खाली छिमेकी जिल्लाहरुका कुरा सुनेर विकास निर्माणमा ढिला गर्नु हुदैन । यहाँको जनशक्ति प्रयोग गरेर सवै युवा शक्ति परिचालन गरेर यो जिल्लालाई विकसित गराउन सकिन्छ अनि मात्र आर्थिक रुपमा सम्पन्न जिल्ला वन्न सक्छ । अन्तत्वगत्व यो रुकुम पूर्व जिल्लाको शिक्षा, स्वास्थ्य, यातायात, संचार, विकासका पुर्वाधारमा अगाडी जान सक्छ अनि गरिवी, अशिक्षा, वेरोजगारी को अन्त्य हुन्छ । त्यसैले गर्दा समृद्ध जिल्ला रुकुम पूर्व हुनलाई यहाका सवै महानुभावहरु एकतामा प्रतिवद्ध भएर मात्र सम्भव छ ।
