• खेमराज खड्का

रुकुम जिल्लाको परिबेशमा क्रान्तिकारी राजनीति सगै २०४६ सालको जनआन्दोलनको जगबाट उभिएर संघर्षको धरातलका एक जुझारु संघर्षका सिपाहि तथा एक क्रान्तिकारी परिर्वतनका संवाहक ब्यक्ति जो की यो मुलुकको आमुल परिवर्तनका खाँतिर रुकुमेली धर्तीमा जन्मिए । सिज अभियानसगै मितेरी गाँस्दै मुक्तिमा मृत्युको प्रवाह नगरी देश र दुनियालाई बदल्ने सपना र साहस बोकेर मालेमाबादको ५२ सालको महान जनयुद्धको थालनी सगै क्रान्तिको मार्गमा लम्केर एक रक्तपात युद्धमा मुक्तिको मृत्युको बलिदान अर्पन गर्ने मेरो दाजु तथा रुकुमेली महान सहिदको नाम हो पुर्णबहादुर खड्का कमरेड तराई ।

रुकुम जिल्लाको एरिया नं १० छिबाङ गाबिस वडा नम्बर ५ थुमचौरमा मध्यम बर्गीय परिवारमा बुवा माथबरसिंह खड्का र आमा साउनी खड्काको कोखबाट बि.स. २०३२ साल साउनको १४ गते निस्पठ कालोरात र हुरी अनी कालो बादलको गर्जन सगै यस धर्तिमा जन्म लिनुभएको थियो । परिवारको ५ भाईहरु मध्य माईलो रहनुभएका हाँका एक दिदि र एक बहिनी पनि हुनुहुन्छ । उहाँको बाल्यकाललाई अनुसरण गर्दा गम्भिर चेतना र एक नयाँ बिचार अनी मार्गदर्शकका क्रान्तिकारी सोचको ब्यक्ति हुनुहुन्थ्यो । पुरानो रुडिग्रस्त परम्पराको पर्दाफास गरि नयाँ चेतनामुलक सुशासनको सृष्टि गर्दै जातिय भेदभावपुर्ण पुरानो रितिरिवाजलाई च्यातेर नयाँ नेपाल माक्सबादी बिचार र बिज्ञानको मार्गदर्शक अगाल्ने एक पर्खर ब्यक्तित्व हुनुहुन्त्यो उहाँ । बाल्यकालको ५ बर्षको उमेरबाट पठनपाठनको क्षेत्रमा प्रबेश गरि रुकुमकै साधारण माबि मुरुबाट शिक्षा लिनुभएको थियो । बिद्यार्थी र माओबादी आन्दोलनमा संलग्न भएपछि अन्डर एसएलसी सम्मको शिक्षामा मात्र सिमित हुनुपरेको थियो । २०४६ सालको जनआन्दोलनको शुरुवातबाटै बिद्यालयमा अध्ययनको क्रममा अनेरास्वबियू बिद्यार्थी संगठनका आवद्ध भएर आफ्नो राजनीतिक यात्रामा सम्मिलित हुदै बिद्यार्थी मोर्चाबाटै सक्रिय र जुझारु रुपमा संगठनिक काममा संलग्न भएको पाईन्छ । राजनीतिक जीवनमा आईपरेका आरोह अवरोहका गम्भीर चुनौति र प्रतिकुलताको सामना गर्दै क्रान्तिमय धरातलमा उभिएर हातेमालो गर्दै २०५२ फाल्गुन १ गते नेकपा माओबादीले घोषणा गरेर थालनी गरेको महान जनयुद्धको छलांङसगै रक्तपातपुर्ण युद्धको आँधिबेहरी संग जुध्दै र भिड्दै वाईसिएल, डब्लुटिको शसक्त संगठनलाई अंगाली युद्धमोर्चामा कम्मर कसेर अगाडि बढ्ने एउटा होनहार योद्धा हुनुहुन्थ्यो उहाँ । अमेरिकी साम्रज्यबाद र निरङकुशताको ज्वारभाटाहरु चुडाल्दै प्रतिक्रियाबादी र सिआईडि दुस्मन अनी बैरीको बन्दुकको गोला र बारुद छिचोलेर आफ्नो राजनीतिक धरातलमा अघि बढ्दै २०५४ सालमा घरपरिवार त्यागेर पुर्ण रुपमा भूमिगत हुनुभएको थियो । वाईसिएल, डब्लुटिबाट मोर्चा बिस्तार गर्दै मालेमाबाद र प्रचण्डपथलाई नियालेर ऐतिहासिक जनयुद्धको संघारको क्रमसगै आफ्नो राजनीतिक कार्यक्षेत्रलाई बिस्तार गर्ने क्रममा आफ्नो संघर्षशिल जीवनलाई महान पार्टीमा झन निकटताको परिचय दिदै जानुभएको थियो ।

रुकुम जिल्लाकै निरङकशताबादीको अखडा क्षेत्र सदरमुकाम खलंगा गाजस उपप्रमुख सम्म बनी बिशेष कमिटि अन्तगत कार्य व्यस्ततालाई बहन गर्दै कठिन परिस्थिति र राज्यसत्ता सेना र प्रहरीको घेरा र पर्खाल छेक्दै तोड्दै आफ्नो मार्गदर्शनलाई निरन्तर अगाडि बढाउने क्रमकै सिलसिलामा बि.स. २०६० मंसिर १५ गते रुकुम जिल्लाको चौखाबाङ हिला भन्ने ठाउँमा प्रतिक्रियाबादीहरुको सिआईडि सुराक र सरकारी सैन्य फौजको गोली प्रहारबाट सहिद बन्न पुग्नुभएको थियो । आफ्नो संघर्षशिल जीवनसगै हुर्किएका उहाँका श्रीमति, एक छोरा र तिन छोरीहरु त्यसबेला बुवाको माया, स्याहारसुहार र सद्भावबाट टाढै भएर बाँच्न बिवस भए । ती साहदत भएका स्मरणबाट छियाछिया भएका आफन्तजनहरुको छातिहरुलाई केहि साहस र दुखेका घाउहरुमा मलम लगाई सहानुभुति र सम्मान गर्ने जिम्मा पार्टी अनी राज्यको हो । यसरी देश र जनताको खाँतिर रक्तपातपुर्ण युद्धमा लामबद्ध भई कालो शासनको अन्त्य र नयाँ जनबादको उदय गर्ने महान सपना बोकेपनि आफ्नो ज्यान नै गुमाएर अधुरा भएका सपना पुरा गर्ने जिम्मा पनि पार्टी र राज्यकै हो । सहिदहरुको रक्तबीजलाई सम्मान गर्दै बाँकी कार्यभार पुरा गर्न क्रान्तिकारी ब्यक्ति र राज्यबाट साथ, सहयोग सगै ध्यय र आँट जुटाउन आवश्यक छ । उहाँहरु जस्तै हजारौं सहिदहरुको रगतले गर्दा आज देशमा शान्ति स्थापना भएको छ, नयाँ व्यवस्था र परिवर्तन आएको छ । लेखक खड्का सहिदको सहोदर साईलो भाई हुनुहुन्छ । उहाँको सम्झनामा २०६४ सालमा यो सहिद गाथा तयार पारिएको थियो । उहाँको स्मृति साताको अवसरमा यहाँ प्रकाशित गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto