एमएल ओली
बडादशैं पछिको बडात्यार याने कि तिहार कात्तिक कृष्ण पक्षको तीतृया अर्थात कागत्यारदेखि कात्तिक शुक्ल पक्षको द्वितीया भाइत्यारसम्म पाँच दिन मनाइन्छ । हिन्दु धर्म शास्त्रानुसार सूर्यका छोरा यमराज आफ्नी बैनी यमुनाको निम्तो स्वीकार गरी बैनीया घरमा गई पाँच दिनसम्म बस्दा प्रशन्न भएछन् गरे । ह्वाँट, बैनीलाई वर माग भनेछन् गरे । बैनी यमुना पनि खुशी भईकन यस्तो वर माङिछिन् ः “दाज्यू, यस्तै गरी हर वर्ष आजकै दिन आइस्योस्, दाजुभाइ र दिदी बैनीको प्रेम सदा अटल रहोस्, दाजुभाइ र दिदीबैनीको आयु बढोस् ।” यमराजले खुशी भइकन तथास्तु भनेछन् गरे । त्यईभइकन सोही दिनदेखि पाँच दिनसम्म बडात्यार मनाउन थाल्याछौं । पहिलो दिन कागत्यार, दोस्रो दिन, कुकुरत्यार, तेस्रो दिन गाईत्यार, चौथो दिन गोरुत्यार र पाँचौं दिन भाइत्यार एवम् भाइटिका मनाइन्छ । ती दुई भाइबैनीलाई गोप्या रुपबाट धेरै धेरै धन्यापात छ । खुल्ला रुपमा दिंदा असन्तुष्टहरूले घेराबन्दी गर्लान भन्ने डर छ भन्नु हुन्छ । असन्तुष्टहरू को को हुँन भन्नेबारे तवाँइन था नहुँन सक्छ चिन्नेल्नोई, बेला मौकामा काम लाग्ला । गुना–बाँदर, चिम्पान्जी–गोरिल्ला, हात्ति–गैडा, बाघ–भालु, राँङा–भैसा, भेरा–साँरा, बोक्या–बाख्रा, घोरा–खच्चर, स्याल–व्वाँसा, मुसा–बिराला, चिल–गिद्ध, ढुकुर–जुरेली, न्याउँली–कोइली, गौँथली–भँयारा, साँप–छेपारा, अजिङ्र–गोही, माछा–भ्याउता, जुका–पिउसा, उपियाँ–उरुस, लिखा–जौरा, अरिगाँल–बच्छियौं, मौरी–बारुल्लो, झुसिल्ले–बिच्छी लगायतले हाम्रो त्यार खोई ? भनिकन एकसूत्रीय माङ राखी सरकमा आपचि यमराज र यमुनाका बाको पनि मान्क्या लागैन ।
बडात्यारको पैचान भनेको तवाँइको देउसी भैलो हो । बेलामौकामा देउसी भैलो गीतले गर्दा मात्र जुनकिरी बायकका असन्तुष्ट जीवहरू रस्त्यिा छन् । नत्र क्या क्या हुँन्थ्यो है ? यिनीहरूले मात्र बिरोद स्वरुप पुच्छ्रामा राँको बालेका बालेई छन् । यिनको माङ कसैले सुङ्या छैनन् । सप्पैले कानमा तेल र मुखमा सेल कोच्या छन् । अरुले भित्रभित्रै क्या सोच्या छन् ? तवाई हाम्रो मात्रै क्या चिलायो ? होइन्तो ? असन्तुष्ट जमातौं सम्भावित बिद्रोह रोक्न बेलैमा यो भैलो चलालौ हेर्ने ः च्याउतै तराईपहाड – नभनेर, च्याउतै हिमालपर्वत – नभनेर, च्याउतै पूर्वपक्षिम – नभनेर, च्याउतै उत्तरदख्खिन – नभनेर, च्याउतै गाउँशहर – नभनेर, च्याउतै लेकबेसी – नभनेरं, च्याउतै धनीगरिब – नभनेर, च्याउतै ठूलोस्यानो – नभनेर, च्याउतैै सुखीदुखी – नभनेर, च्याउतै रोगीदग्दी – नभनेर, च्याउतै नेतानेत्री – नभनेर, च्याउतै रुनेहाँस्ने – नभनेर, च्याउतै तल–माथि – नभनेर, च्याउतै यताउता – नभनेर, च्याउतैै जातिपाती – नभनेर, च्याउतै भित्रभाइर – नभनेर, च्याउतै घरगोठ – त्यार पस्यो, च्याउतै जताततै –त्यार पस्यो, च्याउतै सबको मुखमा –त्यार पस्यो ।
सबै घरमा त्यार आउँछ भनेर
बसेका छन् दस औला गनेर
घर मुलीले डलर गन्दैछन
भैलेराले सेलरोटी भन्दैछन् ।
च्याउतै लोभ गर्नेको – ट्यार बढ्छ, नदिनेको – प्यार घट्छ, च्याउतै मागेजति – दिनैपर्छ, च्याउतै भैलेराको – आयु बढ्छ, च्याउतै आशिकैले – मान बढ्छ, च्याउतै दर्दी पनि – धनी हुन्छ, च्याउतै साहु पनि – कंगाल हुन्छ, च्याउतै स्यानो पनि – ठूलो हुन्छ, च्याउतै नदिएमा – श्राप लाग्छ, च्याउतै दिनैपर्छ – भैलेरालाई, च्याउतै ऋणै कारी भए पनि – भैलेरालाई, च्याउतै नभए पनि – दिनैपर्छ, च्याउतै ढोका थुनी लुके पनि – दिनैपर्छ । दिनैपर्छ भैलीको दान, गारोपिरो कसैले नमान ।
अहै केराकेटी – भैलेरा, अहै तरुनतरुनी – भैलेरा, अहै बुराबुरी – भैलेरा, अहै सबैै जना – भैलेरा अहै आकाछौ है – भैलेरा, अहै मीठै खाउँला – सबैले, अहै राम्रै लाउला – सबैले, अहै वर्षै दिनको – सबैले, अहै खर्चपर्च – टारौला, अहै ऋणदान – थार्रियोस्, अहै कालकष्ट – टार्रियोस् ।
संघीय गणतन्त्र आकैछ, गाउँघरले सिङ्दरबार पाकैछ
भोकाले पेटभरी खाकैछ, चाहेजति कर तिर्न पाकैछ ।
लौ है नेपालमा – बबाल भो, लौ है नेताज्यूको – कमाल भो, लौ है लड्दै भिड्दै – उहिले, लौ है गर्छौं भन्नेले – सबै बिर्सिए, लौ है मौरीहरू – अल्छी भए, लौ है चिनीमा डुबे – कठै ! बिचरा ! लौ है गणतान्त्रिक शासन – चर्को भो, लौ है संघीय व्यवस्था – जर्को भो, लौ है जनतालाई कर – थोरै भो, लौ है घरज्वाई पनि – घोरै भो ।
संघी यता संघ पर्यो उता प्रदेशी यतानउता,
मीठोखाने राम्रोलाउने सबैमा क्या राम्रो बलबुत्ता ।
देशविदेश बस्नेहरू, भट्टीभित्र पस्नेहरू, रिसले दारा कस्नेहरू, गाईजस्ता सोजा, बल्लस्ता छुल्याहा, जर्मिदै फुल्या, बाँसजस्तै निउर्या, दक्षिणा सिउर्या, बाँकाइनी कोक्काउने, ओछ्यानमा ओक्काउने सप्पैका चन्द्र दाइने होऊन । यो विदिवाचा पुरा गरी नाम्रो मेस्सैबाट धोतीसोती फाली, धूपबत्ति बाली, जिनो बोक्या ढाली, घैटोभित्र चुच्चो हाली, दुबै बङरामा हड्डी फाली, बड्डीयौ पेटीको टाली देउसी भैलो मच्चाएमा बिरोदीहरू जत्ताबाट आपनि उई मुख्खाभर पर्जान्चन् हेर्ने । समाप्त