• आहा टक

सीता खड्का केसी : कार्यपालिका सदस्य, बाँफिकोट गाउँपालिका
हिजोआज कता व्यस्त हुनुहुन्छ ?
अहिले विशेष गरेर वर्षातको समय भएकोले गाउँघरमा जनधनको सुरक्षा गर्नमा सचेतना फैलाउने देखि नियमित घरायसी कामकाजमा पनि ब्यस्त छु । बाँफिकोटमा अन्य पहिरोको समस्या नभएपनि खोलामा बगेर मृत्यु हुने समस्या यस बर्ष झनै

बढ्यो ।

राजनीतिक क्षेत्रमा काम गर्न लागेको झण्डै कति जति भयो ?
म बिद्यार्थी जिबन देखि यस राजनीतिक क्षेत्रमा लागे । २०६० साल देखी म पुर्ण रुपमा राजनीतिमा लागेर हालसम्म पनि यस क्षेत्रमै व्यस्त छु ।

तपाई राजनीतिक र सामाजिक क्षेत्रमा संलग्न हुनुहुन्छ,काम गर्ने क्रममा कस्तो अनुभव गर्नुहुन्छ ?
काम गर्दा धेरै चुनौतिहरु हुन्छन । यसमा काम गर्ने मान्छेले पुर्ण रुपमा जस नपाउदो रहेछ । सामाजिक क्षेत्रमा काम गर्ने मान्छेलाई विभिन्न खालको उतारचढाव र समस्या आउछन । तर अप्ठ्यारा चुनौतिलाई पार गर्दै लगातार काम गरिरहेको छु ।

स्थानीय तहले महिलाहरुको अधिकारलाई कसरी सम्बोधन गरेको पाउनु हुन्छ ?
महिलाहरुको अधिकारलाई सम्बोधन गरेको छ । सर्बप्रथम त राज्यका हरेक अंगहरुको सहभागीता बाट महिलाहरुलाई समान गरेको छ । गाउघरमा हुने बिकृति विसंगतीलाई न्युनिकरण गर्न न्यायिक समिती पनि महिलाकै नेतृत्वमा बनेको छ । बांफिकोट गाउपालिकामा पनि उपाध्यक्ष मनकला बुढाको अध्यक्षतामा उक्त समिति छ । यसमा महिलाहरुमा हुने हिंसाहरुको मेलमिलाप द्धारा हल गरिने व्यवस्था गरिएको छ ।

भदौ १ गत्ते देखि लागुभएको नयाँ कानुनलाई तपाईले कसरी हेर्नुभएको छ ?
नेपाली समाजमा महिला बलात्कृत हुने समस्या निकै गम्भिर देखिएको छ । बलात्कारीहरुलाई फाँसी दिनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । मेरो विचारमा पनि उक्त बलात्कारीहरुलाई फाँसीको सजाए भएमा यस्ता घटना कम हुन्थेकी भन्ने लाग्छ । नयाँ कानुनमा फाँसीको ब्यवस्था नभएपनि बलात्कारी, महिला हिंसा, बहुविबाह गर्ने व्यक्तीलाई पनि कडा भन्दा कडा कार्वाही गरी उसको बिहे वदर हुने व्यवस्था छ । यसलाई सहज र कार्यान्वयनमा जादा महिला माथि हुने घटनाहरु कम गर्न सकिन्छ ।

महिला बिरुद्ध हुने घटना कम गर्न स्थानीय सरकारको कस्तो भूमिका हुन्छ ?
हामीले विधेयक कानून बनाएका छौँ, यी कुराहरुलाई कार्यान्वयन गर्दा दोषी उपर कार्बाहि गरेर यसलाई रोकथाम गर्न सक्छ । राज्यले पनि यसलाई विशेष गरी महत्व दिन आवश्यक छ । हाम्रो बाँफिकोट गाउँपालिका पनि महिलाहरु माथि हुने हिंसा रोक्न बिभिन्न रचनात्मक कार्यक्रम गरेर लागि परेको छ । विशेष गरी कार्यापालिकाको सदस्य अन्र्तगत म सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजक भएको हैसियतले आफ्नो गाउँपालिकाका क्षेत्रमा पर्ने महिलाहरुको लागि सिप विकास जस्ता तालिम आयोजना गरि दिनको लागि म कार्यपालिकामा कार्यक्रमहरु पेश गरेर कार्यन्वयन गर्दै आएकी छु ।

राजनैतिक क्षेत्रमा काम गर्ने अवसर कसरी मिल्यो ?
समाजलाई चेतनशिल तथा विकास निर्माणका निम्ति म सबै भन्दा पहिले अनेरास्ववियु क्रान्तिकारी बिद्यार्थी संगठनबाट राजनैतिक क्षेत्रमा प्रवेश गरेकी थिए । त्यसमा सर्वप्रथम त मलाई रुकुम चौरजहारीकी मनसरा मल्लले राजनैतिक प्रेरणा दिनुभएको हो । २०६० सालमा पार्टि सदस्य प्राप्त गरि बिभिन्न चरण पार गर्दै पार्टिको एरिया सदस्य आठबिसकोट, अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सचिव हुदै काम गर्दै अहिले यहाँ सम्म आएकी छु ।

वेलावेला तपाई व्यक्तिगत रुपमा पनि सहयोग गरिराख्नु हुन्छ, कसरी पलायो यस्तो सोच ?
मलाई यहाँ सम्ममा पु¥याउनको लागि मलाई जनताले नै साथ सहयोेग गरेका हुन र जनताका समस्याहरुलाई अलीअलि राहत गरि दिउ जस्तो लाग्छ । मैले चुनाव वेला जनता सामु तपाइको सेवक भएर काम गर्ने छु, भनेकी थिए । जनताले विश्वास गरि मलाई निर्बाचित गराए अनी जनताको हितमा काम गर्न पाएकी छु । मैले बेला बेला ब्यक्तिगत रुपमा सहयोग गर्दै आएकी छु । केहि समय अघि बाफिकोट ४, की चन्द्रकला घर्तिको घर आगलागी भएको थियो । घर जलेर नष्ट भएको अवस्थामा मैले पाँच हजार आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गरेको थिए । त्यसपछि पनि बाफिकोट गाउँपालिकाकै एक बिद्यालय सबै भन्दा जिर्ण भएको थियो । जसमा बस्ने कुर्सी, टेवल, र वेञ्च तथा फर्निचर जस्ता सामाग्री केहि पनि थिएनन् । त्यसका लागि पनि ५३ हजार बढी रकमको सामाग्री त्यहाँ प्रदान गरे । अझै पनि जनताका समस्याहरुमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै जाने छु ।

धनमाया स्मृति प्रतिस्ठानको तपाई सचिव पनि हुनुहुन्छ, संस्थाबाट के कस्ता गतिबिधि भैराखेका छन ?
बाफिकोटमा धनमायाँ स्मृति प्रतिष्ठानको शाखाको रुपमा स्थापना गरेका छौँ । त्यसको म महासचिव छु, यस संस्थाको नाम नेपालको प्रथम जनयुद्धको महिला शहिदको नामबाट राखिएको हो । उहाँ रुकुम पूर्व भूमे गाउँपालिका ७ गुनामकी हुनुहुन्छ धनमायाँ श्रेष्ठ । यसले मुख्य उदेश्य महिलाको हित अधिकारको लागि आवाज उठाउँने नै हो । गत महिनामा हाम्रो गाउँपालिकाले यसै संस्था मार्फत एक हप्ते आधारभूत पत्रकारिता तालिमको आयोजना गरि हाम्रो गाउँ घरतिरमा लुकेर रहेका घट्ना, जनताका समस्या संकलन गरि सरोकारवाला समक्ष महिला पत्रकारहरुले नै वस्तुनिष्ठ समाचार संम्प्रेसन गरिराखेका छन् । गत आर्थिक बर्षको महिला लक्षित बजेटबाट महिला भवन समेत निर्माण गरेका छौँ । त्यस्तै नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा चेतनामुलक तीज गीत काँक्री फलेन बोलको गीत पनि बजारमा ल्याएका छौं ।

हाल समाज सेवा र राजनीतिमा हुनुहुन्छ, बाँकी जीवन कसरी बिताउने योजनामा हुनुहुन्छ ?
हो, युबा अवस्था देखि नै समाज सेवा र राजनैतिक विचार बोकी अहिले यहाँ सम्म आइएको छ । समाजको विकास तथा मृद्धिको बाटोमा अगाडि बढ्ने अठोटका साथ बाँकी जीवनमा पनी जनताकै सेवक भएर नै काम गरि राख्ने छु ।

अन्त्यमा केहि छुटेको भए, ?
सर्वप्रथम त मलाई राजनैतिक जीवनको सुरुवात गर्नको लागि प्रेरणा दिनुहुने राजनैतिक गुरु मनसरा मल्ललाई हार्दिक धन्याबाद भन्न चाहान्छु र समाज सेवा गर्न अवसर प्रदान गरी मलाई यो स्तर सम्म जनताले आफ्नो अमूल्य मत दिएर सहयोग गर्ने बाँफिकोट गाउँपालिकाका ४ नम्बर वडाका सम्पूर्ण जनसमुदायलाई हार्दिक धन्याबाद दिन्छु । मलाई मेरो आफ्नो भनाई तथा बाँफिकोट गाउँपालिकाको गतिविधि बारे कुरा राख्ने अवसर दिनु भएकोमा आहा सञ्चार परिवार प्रति आभार प्रकट गर्दछु । धन्यबाद ! प्रस्तुती:सुवास बटाला

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto