लालबहादुर केसी
तीज सौभाग्य र समृद्धिको लागि धार्मिक परम्परा अनुसार हिन्दु नारीहरुले भगवान शिव पार्वतिको पूजाआजा गरी भाद्र शुक्ल तृतीयाका दिनमा आफ्नो गक्षअनुसार दानदक्षिणा गरी धुमधामका साथ खुशियाली साटासाट र दुखेसो पोखापोख गर्दै दीदिबहिनीहरुले मनाउने महिलाहरुको बर्षदिनभरिकै एक महान् पर्व हो ।
यस पर्वलाई हरितालिका तीज भन्ने पनि गरिन्छ । साथी संगीनी द्धारा हरेर जंगलमा पूर्याईएकी पार्वतीले विष्णु सँग आफ्नो विवाह नहोस्, महादेव सँग नै आफ्नो विवाह होस् र आफ्ना पति महादेव नै बनुन् भनी गरिएको निराहारव्रत हो भनेर पनि भनिन्छ । सौभाग्यको स्थिरताको लागि भदौ महिनाको शुक्ल तृतीयाका दिन नेपालै दीदिबहिनी महिलाहरु निराहार व्रत बसेर भगवान शिवको आराधना गरी हरितालिका तीज पर्व मनाइने हिन्दु नारीहरुको महान् चाड पनि हो ।
हरितालिका तीज किन मनाउने भन्ने सन्दर्भमा सनातन परम्परा, रीतिरिवाज र बहुचर्चित कला, साहित्य, पर्व र संस्कृति समाजबाट लोप भएमा, हराएमा वा मासिए भने यो पृथ्वीबाट होस् अथवा संसारबाट नै किन नकोस् मजनिसका पनि अस्तित्व नै हराउने छ । त्यसकारण मानिसको अस्तित्व जोगाउनका लागि र बचाउनका लागि पनि यस्ता सनातन र परम्परागत चाडपर्वहरुको जगेर्ना गर्दै हरितालिका तीज जस्ता मालिाहरुको महान् चाड मनाउन आबश्यक देखिन्छ । त्यसकारण रितिरिवाज र धर्म संस्कृति भनेको मेरो मानसपटलमा नजर अन्दाज गर्दा मनोरञ्जनका साथै पौराणिक अनुशासन र कानुनको परिपालन गर्न गराउन रितिथिति बसालिएको र परम्परा सनातन रितिरिवाजलाई आत्मै देखि नबिर्सेर एक प्रकारको निधिको रुपमा जोगाई बचाई राख्न र नेपाली नारीहरुको पहिचान, सौभाग्य र सम्बृद्धिको लागि पनि हरितालिका तीज मनाईरहन पर्दछ भन्ने लाग्दछ ।
हरितालिका तीज मनाउँदा तडक भडक धेरै नगरी आफ्नो गच्छे अनुसार गरगहना, लत्ताकपडा जोर जम्मा गरी लगाउनु पर्दछ । साथ संगेनीहरु र दुनियाँलाइृ देखाएनका लागि ऋण कर्जा कारी तडक भडक गर्नु हुँदैन । खानपिनमा पनि आफ्नो स्वास्थ्यको ख्याल राखी कसरी व्रत बस्ने र के के चिजविजहरु व्रत बस्नु अगाडि दर खाने समयमा के के खाने र के के नखाने भन्ने कुरामा पनि ठूलो विचार पूर्याउनुपर्दछ । अरु घोडामा चढ्यो भनेर आफु मुढामा चढ्ने प्रवृति देखाउनु हुँदैन ।
व्रत बस्दा निराहारै बस्नुपर्छ भन्ने केही छैन, यो त परम्परा देखि चलाएको एउटा रितिथिति मात्र हो । बिरामी अवस्थाको व्रतालुहरु छन् भने आफ्नो स्वास्थ्यको ख्याल गरी कति समय सम्म व्रत बस्ने औषधी प्रयोग गर्ने नगर्ने आफुले नै स्वयं विचार गर्न सक्नुपर्दछ । खानपानका कुराहरुलाइ पनि मनोगत रुपले ध्यान दिन सक्नुपर्दछ र आफ्ना संगीनीहरुलाइ पनि जानकार महिलाहरुले सरसल्लाह दिई सहयोग गर्न सक्नुपर्दछ ।
कुनै पनि चाडपर्वहरु मनाउँदा आयो पर्व ढोल बजाउँदै गयो पर्व ऋन बोकाउँदै भन्ने उखानलाइृ नबिर्सि अर्काको ऋन कर्जा कारेर गहनापात बनाउने र महंगा कपडा किन्ने पनि गर्नुहुँदैन । जति आफ्नो कमाईको धन सम्पतिले भ्याउँछ त्यति नै खर्च गर्न सक्नुपर्दछ । गक्ष हिन महिलाहरुले आफ्नो धनसम्पतीले भ्याउने सम्मको खर्च गरेमा केही फरक पर्दैन । तापनि उसको देखासिकिले अरुहरुलाइृ पनि प्रभावित बनाई प्रभाव पार्ने भएकोले सार्है महंगा गहनापातहरु र लत्ताकपडाहरु पहिरण सामाजिक संजालमा देखाउन पनि उचित हुँदैन र खानपिनमा पनि आफ्नो स्वास्थ्यले धान्ने र पचाउन सक्ने खानपिनहरु गर्न सक्नुपर्दछ । यति गरेर चाडपर्व मनाउँदै गरेमा सामाजिक रितिरिवाज र धर्म संस्कृति परम्परा जोगिने र आफ्नो अस्तित्व पनि बचाउन सकिने भएकोले धेरै तडकभडक नगरी चाडपर्व मनाउन उचित देखिन्छ ।
हरितालिका तीज मनाउँदै गर्दा गीत संगीतका माध्यमद्वारा रमाईलो गर्दै घर परिवार देखि राष्ट्र सम्म हुने गरेका राम्रा कामकुराहरुको समर्थन गर्दै र नराम्रा काम कुराहरुको विरोध गर्दै नारीप्रति भईराखेका र पहिलेदेखि चलिचलाउ गर्दै आएका विकृति विसंगति कुसंसकार र महिलाप्रति अपनाईने दमनचक्रको भण्डाफोर गर्दै गीत संगीतका माध्यमबाट प्रस्फुटन गरी गाउँघर हुँदै समाज र राष्ट्र सम्म उजागर गर्दै र जून नारीप्रति भैराखेका दमन शोषण अन्याय अत्याचार बलात्कार गरी हत्या गर्ने जस्ता जघन्य अपराधको विरोध गर्दै महिलामा पहिलेदेखि लगाईएका हतकण्डा देउकी प्रथा, छाउपडि प्रथा र दाईजो प्रथा जस्ता कुकार्यहरुको पनि गीत संगीतमार्फत र महिला सचेतना कार्यक्रम मार्फत महिला सचेतना र जागरण कार्यक्रम गरी गराई महिलाहरुलाई पनि परपूरुषहरुसँग नचाहिंदो प्रकारको हाँसो ठट्टा र मजा नगर्न र स्वयं आफै सजग रही महिलाप्रति हुने गरेका हिंसा हत्या र बलात्कार गर्ने व्यभिचारी पुरुषहरुलाई कडा भन्दा कडा कानुन निर्मााण गरी कारवाही गर्न गराउन सरकारलाई पनि दरिलो तरीकाले घच्घच्याउन सुझाव दिन चाहन्छु । नारीहरुको सम्मान गर्दै र नेपालमा अझै सम्म पनि नारीहरुको सुरक्षा र सम्मान हुन नसकेको कुरा सबै सरोकार पक्ष प्रति जगजाहेर गर्दै र नारीहरुको सुरक्षा र सम्मान गर्ने गराउने जिम्मेवारी र दायित्व सरकारकै हुने भएकोले नारीहरुको सुरक्षा र सम्मानको ग्यारेन्टी गरी सरकारले जिम्मा लिन सक्नुपर्दछ भन्ने कुरा राख्दै २०७५ सालको हिन्दु नारीहरुको हरितालिका तीजले सफलता पाओस् र हिन्दु नारीहरुलाई पनि मोक्ष प्राप्त भई सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु । लेखक केसी रुकुमका शिक्षक हुन ।