मेगराज खड्का
गोलखाडाबाट फर्केपछि मुसिकोट : नयाँ जिल्ला बनेको रुकुम पुर्बको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिकामा पर्ने गोलखाडामा तोक्ने २०७४ माघ १२ गतेको मन्त्रीपरिषदको निर्णयले यतिखेर सम्म पनि त्यस ठाउँ चर्चामा छ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले नयाँ जिल्लाको सदरमुकाम घोषणा गरेको गोलखाडा त्यसअघि कुनै चर्चामा थिएन ।
रुकुम पुर्बको सदरमुकाम कुनै समयमा परिवर्तन हुने संभावना भएमा पनि राम्रो बस्ती र थोरै भएपनि भौतिक पुर्बधार भएका कोल, हुकाम, मैकोट र तकसेरा जस्ता गाउँहरुलाई सोचिएको थियो ।
तर एकएक सरकारको निर्णय गोलखाडा गरेपछि त्यहाँका स्थानीय आश्चार्यमा समेत गरे । त्यसअघि रुकुम पूर्बको सदरमुकाम रुकुमकोटमा थियो भने हाल पनि रुकुमकोटबाटै काम संचालन भैरहेको छ ।
रुकुमकोटबाट गोलखाडामा सार्नु सरकारको गलत काम भएको भन्दै रुकुमकोटबासीहरुले सर्बोच्च अदालतमा रिट हालेपछि अन्तरिम आदेश बाहेक अन्तिम आदेश नआउदा लामो समय सम्म पनि सदरमुकामको अन्योलता कायमै छ । तर अन्तरिम आदेशमा अर्को आदेश नहुञ्जेल सम्म रुकुमकोटबाट नै कार्यसंचालन गर्नु भन्ने सर्बोच्चको आदेशले रुकुमकोटबासीहरुलाई भने निकै राहत गरेको छ । यस बिषयको बहस पटक पटक सर्बोच्च अदालतमा सर्दै आएको छ ।
कस्तो छ गोलखाडा गाउँ
खोल्खाडा गाउँ रुकुम पुर्ब जिल्लामा रहेको पुथाउत्तरगंगा गाउँपालिका १२ मा पर्छ । यसअघि उक्त गाउँ कोल गाविसमा पर्ने गरेको थियो । कोलगाउँदेखि गोल्खाडा आधा घण्टाको पैदलमा पुग्न सकिन्छ । गोलखाडै सम्म स्थानीय सडक पनि पुगेको छ र साना सवारी साधानहरु संचालनमा छन ।
कोल हाल रुकुम पुर्बको पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र समेत रहेका कारण सदरमुकाम र केन्द्र पनि नजिकै छन । गोलखाडाबाट अर्को रुकुम पुर्बको चर्चित गाउँ रांसी पनि आधा घण्टाको पैदल दुरीमा पर्छ । मध्यपहाडी लोकमार्ग मार्फत काँक्रीमा पुगेपछि त्यहाँबाट रिकालेक काटेर क्यूवाङ, कोल हुदै त्यहाँ पुग्न पुगिन्छ । कोल गाउँमामा राम्रो मगर बस्ती छ । यसअघि गाउँ विकास समितिको कार्यालय नै कोल गाउँमा थियो । भौगोलिक रुपमा अति सुन्दर र समथर बस्ती छ । हिजोआजको समयमा समथर जग्गामा मकैबाली उम्रिएको दृष्य पनि मनमोहक छ । दुई दर्जन बढी घरधुरी रहेको त्यस क्षेत्रमा सरकारी भौतिक पुर्बधारको नाममा एउटा प्रारम्भीक बिद्यालयबाहेक अन्य छैन ।
हाल सदरमुकाम रहेको रुकुमकोट, पोखरा र चुनबांग जस्ता केहि क्षेत्रको लागि ५/६ घण्टाको दुरीमा यात्रा गर्नुपर्ने बाध्यता भएपनि समग्रमा रुकुम पुर्बको केन्द्र भागमा नै पर्छ । अहिले रहेको अस्थायी सदरमुकाम रुकुमकोट आउन पनि पुर्बी मैकोट लगायतका क्षेत्रबाट पुरै एक दिन लाग्छ । यो गाउँमा जिल्ला सदरमुकामका लागि निर्माण गर्न सकिने भौतिक पूर्वाधारका लागि जग्गा भने पर्याप्ता छ । तर यहाँको मौसम हाल सदरमुकाम बसेको रुकुमकोट भन्दा चिसो ठाउँ हो । रुकुम पुर्बका अधिकांस ठाउँमा बिभिन्न समयमा हिमपात हुने गरेको छ । पूर्वी रुकुमलाई हिमाली जिल्लामा घोषणा गरिसकेको छ ।