मेगराज खड्का
रुकुम पश्चिमका अधिकांस स्थानीय तहमा नाम र केन्द्र बिबाद देखिएको छ । जसका कारण केहि स्थानीय तहमा ताला लागेको छ भने केहि स्थानीय तहको केन्द्र सार्ने निर्णय बिरुद्ध अदालतमा समेत मुद्धा परेको छ । रुकुमको आठबिसकोट नगरपालिका बाहेक अन्य ५ वटा स्थानीय तहमा कुनै न कुनै रुपमा नाम र केन्द्रको बिषयमा कार्यपालिका र स्थानीयबिच एकमत हुन नसक्दा किचलो भईरहेको हो ।

रुकुमको मुसिकोट नगरपालिकाको कार्यालय वडा नम्बर १ बाट वडा नम्बर ५ सेरीगाउँमा सारिएपछि प्रकृयाबिनै गैरकानुनी हिसाबले केन्द्र सारिएको भन्दै उच्च अदालत सुर्खेतमा मुद्धा समेत दायर भएको छ । स्थानीय महेन्द्र केसी, प्रताब केसी र हेमराज श्रेष्ठ सहितको ११ सय बढी स्थानीयको हस्ताक्षर सहित खलंगाबाट नगरपालिका सेरीगाउँ सार्ने कामका बिरुद्ध मुद्धा परेको हो । रुकुम खलंगाको कालिकाथानमा रहेको नगरपालिका कार्यालय हाल सेरीगाउ स्थित जिल्ला कृषि विकास कार्यालयको नबनिर्मित भवनमा सारिएको छ । मुद्धा दायरकर्ता महेन्द्र केसी नरपालिकाकाले कुनै पनि प्रकृया नपु¥याएर ब्यक्तिगत तरिकाले कार्यालय सारिएपछि अदालतमा मुद्धा हालिएको बताए ।

‘खलंगा र साँख गाविस मिल्दा पनि कार्यालय खलंगामै गर्ने निर्णय भएको हो, स्थानीय तह बनेर बिभिन्न गाबिसहरुमा मिल्दा जिल्ला समन्वय समिति र सर्बपक्षिय बैंठकले पनि साबिकै ठाउँमा कार्यालय राख्ने निर्णय गरेको थियो’ उनले भने, ‘६ महिनाभित्र नाम र केन्द्र परिवर्तन गर्न कार्यापालिकाको बैठकबाट निर्णय गरेर राजपत्रमा छाप्ने प्रकृया पनि पु¥याएको छैन, अनी ब्यक्तिगत स्वार्थका लागि कार्यालय सार्नु उचित नभएका कारण स्थानीयले मुद्धा हालिऔं ।’ नगरप्रमुख देबिलाल गौतमको घर नै त्यस क्षेत्रमा पर्ने भएका कारण खलंगाको कार्यालय सारेर आफ्नै गाउँमा लिएको आरोप मुद्धा दायरकर्ताहरुको छ । अदालतले बिपक्षीलाई पनि बोलाएर बयान दिईसकेको छ भने चैत्र २६ गते पेसी राखेको बताईएको छ । त्यस्तै रुकुमको बाँफिकोट गाउँकार्यापालिकाले गाउँपालिकाको नाम परिवर्तन गरेर सहिद स्यार्पु गाउँपालिका राख्ने निर्णय गरेपनि चौतर्फी बिबाद भएपछि लामो समयदेखि कार्यन्वयन हुन सकेको छैन । त्रिबेणी गाउँपालिकाको केन्द्र पनि समस्याको रुपमा देखिएको छ । गाउँपालिकाको निर्णय बिरुद्ध सर्बोच अदालतमा मुद्धा समेत दायर भएको छ । हाल गाउँपालिकाको कार्यालय साबिकै मुरु गाबिस कार्यालयमा रहेको थियो भने गाउँपालिकाले वडा नम्बर ६ र ३ को बिचमा पर्ने खारानेटामा राख्ने निर्णय पछि रापजपत्रमा सूचना प्रकाशित हुँदा मुद्धा परेका कारण कार्यन्वयन भएको छैन ।

वडा नम्बर ७,८,९ र १० वडाका वडा अध्यक्ष सहित स्थानीयहरु गाउँपालिकाको निर्णय बिरुद्ध लागेका हुन । त्यसैगरी रुकुमको चौरजहारी नगरपालिकामा पनि केन्द्र कहाँ राख्ने बिषयमा बिबाद देखिएको छ । चौरजहारीमा मुद्धा हाल्ने, आन्दोलन गर्ने वा तालाबन्दी गर्ने जस्तो समस्या नभएपनि केन्द्र कहाँ राख्ने बिषयमा गाउँकार्यापालिका समेत एकमतका साथ निर्णय हुन सकिरहेको छैन । एक समिति बनाएर कहाँ गाउँपालिका हँदा सबैको उपयुक्त हुन्छ भनेर प्रतिबेदन समेत आईसकेको छ भने अझै केन्द्र तोक्न भने बहसकै बिषय बनिरहेको छ । हाल कार्यालय वडा नम्बर ३, बिजयश्वरीमा छ भने वडा ११ को चौफा, वडा नम्बर ६ को शान्तिबजार र वडा नम्बर ७ को नाजीगाउँमा पनि हुनुपर्ने पनि स्थानीयहरुको माग रहेको छ । रुकुमको अर्को सानीभेरी गाउँपालिकामा केन्द्र सार्ने बिषयमा गाउँपालिकाको निर्णय आउदा कार्यालयमा तालाबन्दी समेत भएको छ । गाउँपालिकाको कार्यालयका लागि हाल कार्यालय रहेको ठाउँभन्दा अन्य ठाउँमा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्ने निर्णय गरेपछि स्थानीयहरु आन्दोलित भएका हुन ।

कार्यापालिकाको बैठकले गाउँपालिकाको भवन निर्माणका लागि वडा नम्बर ७ द्वारेज्युलामा खरिद गर्ने निर्णय गरेको थियो । हाल गाउँपालिकाको कार्यालय वडा नम्बर ९ स्थित सिम्ली बजारमा रहेको छ । तर ४ दिन पछि गाउँ कार्यापालिकामा लागेको ताला भने खुलेको छ । गाउँपालिका अध्यक्ष नरबहादुर पुनले एक बिज्ञप्ती जारी गर्दै निर्णय कुनै एउटा ब्यक्तिको हितलाई केन्द्रबिन्दु राखेर भन्दापनि सबैलाई पायप पर्ने अवस्थामा कार्यापालिकाको बहुमतबाट निर्णय गरिएको बताएका छन । त्यस्तै गाउँपालिकाले गरेको निर्णयलाई तत्काल कार्यन्वयन नगर्ने र थप बिस्तृत अध्ययन र छलफलबाट समस्या समाधान गर्ने सहमति पछि ताला खोलिएको बताईको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto