आहा टक

श्रृजना खडका (अध्यक्ष)
अन्तरपार्टी महिला सञ्जाल
रुकुम
नारी दिबस कसरी मनाउनु भो ?
नारी दिबस गाउ गाउमा गठन भएका विभिन्न समुहका महिलाहरुलाइ सक्षम समानता र संरक्षणका लागी सबै महिलाको रोहबरमा रहि नारी दिबस मनाइयो । खास गरी महिलाहरुको हकहितको लागी पीडितहरुको आवाज सम्बन्धित निकायमा पु¥याउनको लागी यो दिबस मनाइन्छ । रुकुममा पनि बिभिन्न कार्यक्रमका बिच नारीहरुका आवाजलाई, पिडाहरुलाइ गीत, कबिताहरुका रुपमा संयोजन गरेर नारी दिबस मनाइयो ।

तपाइले यो दिबसलाइ कसरी लिनुहुन्छ ?
यो दिबसलाइ सकारात्मक रुपमा लिन्छु र लिनुपर्छ । महिलाहरुको नेतृत्व बिकास गर्ने उदेश्यले यो दिबसलाइ लिइन्छ । यो नारी दिबलाई महिला दिदिबहिनीको हकअधिकार सुनिश्चित गर्नको लागी पनि यो दिबस लाई लिने गरिन्छ ।

तपाई रुकुमको महिला नेतृत्व भएको हैसियतले जिल्लामा महिलाहरुको अवअस्थालाई कसरी लिनु हुन्छ ?
महिला र पुरुषमा समानता र सम्पतीमा वराबर हकअधिकारको रुपमा लिने गरेको भएको भएपनि ब्यवहारमा त्यो पाईन्दैन । रुकुमको सन्दर्भमा पनि पहिलेको तुलनामा नेतृत्व विकास र अन्य बिभिन्न बिषमयमा विकाशित भएको त पक्कै हो तर सोचेअनुसार हुन सकेको छैन । महिलाहरु पिडित छन । तर यसमा जुन दिनप्रतिदिन घटना घटेको देखिन्छ । महिलाहरु माथी घटेका बहुबिबाह, बालविबाह, पुरुषहरुले गरेको बहुविबाहका कारण यी समस्या हुनेगर्छन ।

स्थानीय तहको सरकारले महिलाको अधिकार कसरी सम्बोधन गरेको पाउनुभएको छ ?
मैले माथी पनि भने महिलाका हकअधिकारहरु लिखितरुपमा मात्र सिमित छन । स्थानीय सरकारले महिलाहरुको हकअधिकारलाइ सदुपयोगको लागी गाउपालिका ,नगरपालीकामा उपप्रमुख राखेको छ । उपप्रमुखलाई न्यायको जीम्मेबारी दिएको छ तर अहिले सम्म स्थानीय सरकार लागुभएको मितीले ९÷१० महिना हुदा पनि सोचेअनुसारको महिला अधिकारको क्षेत्रमा काम गरेको पाईएको छैन ।

महिला अधिकार मागीरहेको अवस्थामा पछिल्लो समयमा महिलाबाट पुरुष हिंसा पनि शुरु भयो भनिन्छ नी ? बिदेशीयका पुरुषहरुको घरमा यस्तो समस्या छ नी ?
यस बिषयमा म र हाम्रो अन्तरपार्टी महिला सञ्जाल जानकार छौं । श्रीमान पैसा कमाउन बिदेश जानु स्वभाबिक नै हो । घरव्यबहार सञ्चालनमा महिलाको ठुलो योगदान हुने गर्छ तर श्रीमानले बिदेशमा गएर श्रमशोसनमा परी आफ्नो परीवारलाइ खुसी पार्न भनी स्वास्थ्यको ख्यालै नगरी कमाएको पैसामा श्रीमतीले मोजमस्ती गरेको हामीले देख्ने गरेको छौ । महिला हिंसाको कुरा गरिरहँदा महिलाबाट पुरुषहिंसा पनि यो बिषयमा अली बढि देखिन्छ । त्यसैले पुरुषहरु श्रीमतीबाट पिडित छन र यसलाइ रोकथाम गर्न आवश्यकता मात्रामा खर्च पठाउने र बाँकी पैसा आफ्नै बैँक खातामा जम्मा गर्नु पर्ने देदिन्छ । यसो गरेमा श्रीमान पछि घर पुग्दा श्रीमतीले अर्को बिबाह गरे पनि पैसा सुरक्षीत गर्न सकिएला । त्यसका साथै श्रीमतीलाई पनि कानुनी प्रकृया अनुसार कार्बाही अगाडी बढाउन सकिन्छ जस्तो लाग्छ ।

अन्तरपार्टी महिला सञ्जालले स्थानीय तहमा गरेको योगदान के छ ?
थुपै योगदान गरेको छ । सम्बन्ध बिच्छेद, झैझगडा, बहुविहाह, पुरुष हिंसा, महिला हिंसा र सामाजिक क्षेत्रमा भएका सम्पुर्ण समस्याहरुलाइ रेखदेख गर्ने गरेको छ र माथी उल्लेख गरेका सस्याहरुमा हाम्रो सञ्जाल मार्फत समाधान गर्न सकिने मुद्वाहरुलाइ हामी आफै गछौ र नसके खण्डमा कानुनी प्रकृया अनुसार अगाडी बढाउछौ ।

महिला हिंसा अन्त्य गर्न के गर्नु पर्ला ?
यसमा सर्बप्रथमता महिला सचेत हुन जरुरी छ । महिलाको सोच परीवर्तन र पुरुषको लुलाईफकाइमा नपरेमा आत्म विश्वासमा निर्भरता रहेमा महिला हिंसा अन्त्य गर्न सकिन्छ । पूरुषले मात्र कमाइ गरे खाइन्छ भन्ने सोच परीवर्तन गर्ने देखि २० बर्ष पार गरेमा गरेमा मात्र बिहे गर्ने, पुरुषको तुलनामा आफुपनी केही गर्छु भन्ने सोच विकास भएमा केही मात्रामा महिला हिंसा अन्त्य गर्न सकिएला ।

अन्त्यमा केहि भन्नु छ ?
आफुसिकी गरौ, देखासिकी नगरौ । मैले समाजिक क्षेत्रमा काम गर्दा कतै असहजिलो भएको महसुस भएको छैन । किनकी सबैसंग सहकार्य गर्दै अगाडि बढिरहेकी छु । आगामी दिनहरुमा पनि सहयोग र सहकार्य गर्न म सबैलाई अनुरोध गर्दछु । त्यसका साथै यस आहा सञ्चार पत्रिकामार्फत मेरा मनमा लागेका कुराहरुको लागि स्थान दिनुभएकोमा पत्रिका परीवारलाइ बिशेष धन्यबाद दिन चाहान्छु ।
प्रस्तुती ः सुवास बटाला

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto