• हस्तबहादुर केसी

हरेक कम्युनिष्टले सो सच्चाईलाई आत्मसाथ गर्ने पर्छ कि राजनीति सत्ता बन्दुकको नालबाट जन्मन्छ । –माओत्सेतुङ
मिलेराँवाद माक्र्सवाद विरोधी एक दार्शनीक प्रणाली हो । मिलेराँवाद भनेको मन्त्रिमण्डलवाद (संसदवाद) भन्ने हो । यस विचारका प्रवत्ता अलेक्सान्द्रा एत्सन मिलेरा (सन १८५९–१९४३) हुन् ।)

अलेक्सान्द्र एत्सन मिलेराँ फ्रान्सीसी राजनीतिज्ञ थिए । १९ औं शताब्दीको अन्त्यतिर उनी समाजवादी पक्षधर बनेका थिए । फ्रान्सीसी राजनीतिज्ञ थिए । १९ औं शताब्दीको अन्त्यतिर उनी समाजवादी पक्षधर बनेका थिए । फ्रान्सीसी समाजवादी आन्दोलनमा उनले एक अबसर बाढी धाराको प्रतिनिधित्व गरेका थिए । उनी मन्त्रीमण्डलवादका पक्षपाती थिए । उनी फ्रान्सको प्रतिक्रियावादी बुर्जुवा सरकारमा सामेल भएका थिए ।
सन १९०४ मा उनलाई समाजवादी पार्टीबाट निस्काशन गरिएका थियो । सन १९२० देखि १९२४ सम्म उनी फ्रान्सीसी गणराज्यका राष्ट्रपति समेत बनेका थिए । मिलेरा मन्त्रीमण्डलवाद (संसदवाद) का प्रणेता हुन उनी विश्वभरका प्रमुख संशोधनवादी गद्धारहरुको कोटाभित्र पर्दैछन् । सन १९४३ मा ८४ वर्षको उमेरमा अलेक्सान्द्रा एत्पन मिलेराको मृत्यु भएको थियो ।

मिलारे दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रिका एक नेता पनि थिए । मिलेराद्वारा प्रतिपादित र पयोग गरिएको मन्त्रिमण्डलवाद अर्थात संसदवाले तत्कािलन विश्व कम्युनिष्ट आन्दोलन भित्र र विशेष गरि रुसी कम्युनिष्ट आन्दोलन भित्र ठूलो प्रभाव पारेको थियो । रुसका मेन्सेविकवादीहरु लोकवादीहरु एसेरवादीहरु अर्थवादीहरु मिलेराद्वारा प्रतिपादन मन्त्रिमण्डलवादको गहिरो प्रभावमा परेको थिए । सन् १९०३ मा रुसी कम्युनिष्ट पार्टीमा फुट आउन र बोल्सेविक र मेन्से विक बन्नुमा मिलेराको मन्त्रिमण्डलवाद संसदवादले पनि ठूलो काम गरेको थियो । दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रियका नेता एडवर्ड बर्नस्टिन (सन१८५०–१८३२) शास्त्रीय संशोधनवादका प्रणेता मानिन्छन् । सन १८८९ मा फ्रेकरिक एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको स्थापना गरिएको थियो । सन १८९५ मा फ्रेड रिक एंगेल्सका निधन भयो । त्यसको उक वर्षपछि सन १८९६ मा एडवर्ड बर्नस्टिनले माक्र्सवाद पुरनो भयो यसको पुरै पुनर्लेखन गर्नु पर्दछ भन्दै सिंगो माक्र्सवाद प्रति आक्रमण गर्दै धावा बोलेका थिए । वर्नस्टिन जर्मनका सामाजिक जनवादी क्रानितकारी मजदुर आन्दोलनका स.शोधनवादी प्रवक्ता हुन । सन १८९६–१८९८) मा बर्नस्टिनले समाजवादको समस्या भन्ने लेख श्रृखला प्रकाशित गरेका थिए । त लेखहरुमा उनले दर्शनशास्त्र राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजवादका सिद्धान्तका क्षेत्रमा माक्र्सवादको आधारभूत प्रस्तावनाको खुलेआम आलोचना गरेक ाथिए । फ्रेडारिक एंगेल्सको मृत्यु पश्चात सन १८९६ मा दोस्रो इन्टरनेशनल भित्र माक्र्सवादका विरुद्ध पहिलोपटक संशोधनवादको प्रस्ताव पेस गर्नेपहिलोव्यक्ति एडवर्ड बनेस्टिन हुन । उनले द्वन्द्वात्मक भौतिकवाद वैज्ञानिक समाजवाद सर्वहारावर्गको अधिनायकत्वलाई अस्वीकार गरि वर्ग संघर्षलाई समाप्त पार्दै लैजाने सिद्धान्त प्रतिपादन गरेका थिए । बर्नस्टिन माक्र्सवादका खुला संशोधनवादी थिए भने मिलेरा भने माक्र्सवाद भित्र घुसरे संशोधन वादलाई मलजल गर्नेचरम अवसरवादी थिए । मिलेराले कम्युनिष्टहरुले संसदमा भाग लिएर त्इसमा बहुमत हासिल गरेर सरकारमा जाने त्यस पछि संसदबाटै जनवादको घोषणा गरेर कम्युनिष्टहरुले सर्वहारा वर्गको राज्यसत्ता प्राप्त गर्न सकिन्छ भन्ने विचार अगाडि सारेका थिए ।
दोस्रो इन्टनेशनलका अर्का नेता कार्ल काउरस्कीमा मिलेरावादको गहिरो प्रभाव परेको थियो । कार्ल काउस्एकी जर्मन सामाजिक जनवादीको तर्फबाट दोस्रो इन्टरनेशनलका नेता बनेका थिए । उनले सर्वहारा अधिनायकत्वको आलोचना गर्दै संसद वर्ग संघर्षदेखि मुक्त हुनुपर्छ भन्नेचिन्तन अगाडि सारेका थिए । संसदीय जनवादको पक्षधरभएर सर्वहारा वर्गको अधिनायकत्वको विरोध गरेका थिए ।
जर्मन कम्युष्टि पार्टी तथा दोस्रो यन्टरनेशनलका चर्चित नेता काउत्एकी कुनैबेला धगडान माक्र्सवादी नेता थिए । जब उनी माक्सवादी सिद्धान्तवाद विचलित हुन पपुगे तब उनी लेनिनको शब्दमा गद्दारको रुपमा प्रस्तुत हुनु पगे । उनी विश्व साम्राज्यवादी युद्धका (सन १८१४–१९१८) मा मध्यवाद अर्थात् सामाजिक अन्धराष्ट्रवादी विचार धारा अपनाएर यस िवचार धारालाई उनले अन्तर्राष्ट्रिवादी शब्द डम्बरले ढाकछोप गर्थे उनी प्रतिक्रियावादी सिद्धान्त अतिसाम्राज्यवादका पति पादक समेत बने । उनले महान रुसी अक्टुवर समाजवादी क्रान्ति प्रति खुला रुपमा सर्वशारा क्रान्ति, सर्वहारा अधिनायकत्व र सोभियत सत्ताको विरोध गर्नु पुगेका थिए ।
सन १९१८ मा लेनिनले सर्वशारा क्रान्ति र गद्दार काउत्स्की नामक पुस्तक रचना समेत गर्नु भएको थियो । स्टालिनको मृत्यु पश्चात रुसी कम्युनिष्ट पार्टी (बोल्सेविका भित्र मिलेरावादको गहिरो प्रभाव पर्न गयो । सन १९५३ मा स्टालिनको मृत्यु भयो । त्यस पछि र तत्कालिन सोभियत सत्ता सम्हाल्न रुसी नेता निकिता खु्रश्चोभ मिलरावादका खुला र इमान्दार प्रवक्तलाका रुपमा देखा परे । स्टालिनको मृत्यु पश्चात खुश्चोभ सोभियत संघका नेता तथा राष्ट्रपति बन्न पुगे । सन १९५६ को फ्रेबुअरीमा अखिल संघीय कम्इुनिष्ट पार्टी बोल्सेविक को बीसौ महाधिवेशन सम्पन्न हुँदै गर्दा तत्कालिन राज्य प्रमुख निकिता खुश्चोमद्वारा २४–२६ तारिखको मध्यरातमा स्टालिनको विरुद्ध धावा बोल्दै गोप्य रिपौट पेश गरे । उनले सम्पूर्ण जनताको पार्टी सम्पूण्र्न जनताको राज्य रशान्ति पूर्ण संक्रमणको सिद्धान्त अबलम्वन गर्दै तथा वर्ग संघर्ष सर्वशारा वषर््को अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भिषण हमला बोल्दै रुसमा पुँजीवादीको स्थापना गरे ।
निकिता खश्चेम मिलेरावादका असल र इमान्दार चेला थिए । उनलाई आधुनिक संशोधनवादका प्रवक्ता भनिन्छ । खुवचीभी आधुनिक संशोधनवादका विरुद्ध कमरेड माओले विश्व कम्युनिष्ट आन्दोलन भित्र महान बहस चलाउनु भयो । सन १९५६ मा चीनीया कम्युनिष्ट पार्टीले आठौ महाधिवेशनकोृ आयोजना गर्यो । त्यहि महाधिवेशनले मिलरा तथा खुश्चोमका असल चेला ल्भूशाखोचिले पेश गरेकोपुँजीवादी कार्यदिशा पारित ग¥यो र चिनया पनि पत्रि क्रान्तिको विजारोपन गरियो । सन १९७६ मा माओको निधन भएको १ महिना पछि चीनमा पनि प्रतिक्रान्ति भयो ।
रुस र चीनमा भएकोप्रतिक्रान्तिले विश्व कम्युनिष्ट आन्दोलनमा गम्भिर क्षति पुग्यो । नेपाली कम्युनिष्ट आन्दोलन पनि आफ्नो शैवकालदेखि नैम न्त्रिमण्डलवाद संसदवालको प्रभावमा माग पर्दै आएको छैन कि त्यसको शिकार समेत बन्दै आएको छ । वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो स्थापनासँगै नेकपाले नौलो जनवादीक्रान्तिको कार्यक्रम प्रस्तुत गरेको थियो । २००८ सालमा काठमाडौंको महानगरपाकिालको चुनाव गरियो त्स चुनावमा नेकपाले भाग लियो । बहुमत पनि ल्याएको थियो । त्यस्तै २०१५ सालकोपहिलोसंसदीय व्यवस्थाको निर्वाचनमा पनि नेकपाले विनासर्त भाग लिएको थियो र काठमाडौं उपत्इका लगायत ४ स्थानमा विजय हासिल पनि गरेको थियो । २०१७ साल पुस १ गते तत्कालिन राजा महैन्दले सैनिक कुगरि बहुदलीय व्यवस्थालार्य अपदस्त गरि निर्दलीय तथा तानाशाही पञ्चायती व्यवस्थाको स्गथापना गरे पश्चात २०१७ सालको फागुनमा नेकपा भारतको दरभंगामा चर्चित प्लेन बसेको थियो । त्यस दरभंगा प्लेनभले विघटित संसदको पुनस्र्थापनाको प्रस्तावले एक मतले पारित गरेको थियो ।

२०१९ सालमा सम्पन्न गरिएको नेकपाको तेसूो महाधिवेशन त तुलसीलाल अमात्यले प्रस्तुत गरेकोराष्ट्रिय प्रजातन्त्र नाम दिइएको खुश्चोभी विचारको प्रस्ताव पारित गरेको थियो त्यो दस्तावेज पँुजीवादी संसदवादी कार्यक्रम थियो । यसको मुल सैद्धान्तिक सेत मिलेरावाद नै थियो । त्यस पछि नेपाल कम्युनिष्ट पार्टी फुटेर छिन्न छिन्न अवस्थामा पुग्यो । माले, माक्र्सवादी, नेमकिपा लगायत सात वामशक्ति मिलेरबनेकोसंयुक्त वाममोर्चा २०४६ सालमा नेपाली कांग्रेससँग ३० वर्षे पञ्चायती व्यवस्था विरुद्ध संयुत्तः जनआन्दोलनमा सहमागी भयो र २०१७ सालमा अपदस्तमा परेका बहुदल्यि व्यवस्थाको पुनस्र्थापनाको मागलाई स्वीकारेर संसदवादलाई पनि स्वीकार्न पुग्यो । २०४८ सालको आम निर्वाचनमा भाग लियो । २०४९ सालमा नेकपा (एमाले)का तत्कालिन महासचिव मदन भण्डारीले ख्रुश्चोभ पन्थी जनताको बहुदलीय जनवाद नाम विचार ल्याएर त्यसैलाई एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको गिथया त्यसरी जनवालमा बहुदवाद घुसाएर मदन भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई पुरै संसदवालमा पतन गराउने बाटो कोरिदएका थिए ।

२०५२ साल फागुन १ गतेदेखि युद्ध गरेर दश वर्षसम्म सञ्चालन गरिएको महान जनयुद्धको नेतृत्व गर्दै आएका पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराईले पनि शान्ति प्रक्रियामा प्रवेश गरे पछि पार्टीको निर्णय बमोजिम संविधान सभाबाट सामन्तवाद तयार सामाजवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधन निर्मााण गरेर नेपाली क्रान्त्रि सम्पन्न गर्ने यमा प्रतिक्रियावादी पक्षबाट षडयन्त्र भएमा जन विद्रोह मार्फत क्रान्ति सम्पन्न गर्ने भन्ने २०५६ मंसिरमा सम्पन्न खरिबाटे राष्ट्रिय भेला र २०६७ मंसिरमा सम्पन्न पालुङटार प्लेनभका निर्णयका विरुद्ध धावा बोल्दै शान्ति र संविधान नाम दिएको स ंसदवादी पुँजीवादी कार्यदिशालाई आत्मसाल गर्दै महान दश वर्षे जनयुद्धको प्रक्रियामा अन्तरग निर्णय गरिएका जन मुक्ति सेना विघटन गर्ने र हतियार समेत प्रतिक्रियावादी सरकारलाई बुझाएर पहिलो संविधान सभालाई २०६९ जठ १४ गते मध्यरातमा विघटन गरेर साम्राज्यवादी तथा विस्तावादीहरुको निर्देशन र ग्राण्डडिजाइनमा कथित दोस्रो संविधान सभाको निर्वाचन २०७० साल मंसिर ४ गते सम्पन्न गराएर २०७३ असोज ३ गते प्रतिक्रियावादी संविधान जारी गर्ने कुरामा महत्व पूर्ण भूमिका निर्वाह गरेका थिए ।

संसदस्य व्यवस्थालाई बलियो बानउन र प्रतिक्रियावादी संविधानलाई कार्यन्वनमा ल्याउनु पर्छ भन्ने पार्टीमा माके नै अग्रपत्तिमा उभियो । र एमालेसँग कथित वामगठबन्न गरेर सरकार गठनका लागि प्रयाप्त बहुमत हासिल गर्न पनि सफल भयो र माके एमालेका बीचमा पार्टी एकता हुने भयो। एमाले पनि संसदबाटै समाजवादी व्यवस्था स्थपना गर्ने भनेकोछ । माओवादी केन्द्रले पनि संसदवाटै समाजवादी व्इवस्था स्थापना गर्ने र मुलुकको समृद्धि गर्ने भनेको छ । उनीहरुले उत्तल्े पश्चागमी र प्रक्रियावादी संविधानमा पनि समाज उन्मुख भन्ने पदावली राखेका छन् । यो मनाथ र दृष्टिकोण नै मिलेरावादी विचार हो । खुश्चोभ पन्थी विचार हो ।
मिलेरावाद तथा खुश्चोभको विचारबाट दुमखित रहेका इन्डोनेशिया कम्युनिष्ट पार्टी चिली कम्युनिष्ट पार्टी हुन । दुवै संसदबाट समाज वाद ल्याउने भन्दै संसदीय चुनावबाट सत्तामा पुगे । तर प्रतिक्रियावादी पक्षबाट भिषण प्रकारकोृ प्रतिक्रिया भयो र यन्डोनेसिया कम्युनिष्टको नाममा १४ लाख जनताको हत्या गरियो भने चिलीमा ३ लाख जनताको हत्यार गरेर कम्युनिष्ट आन्दोलनलाई निर्भम ढंगले दवाइयो । विश्व्का क्रान्तिकारीहरुका लागि चिली र इन्डोनेशियाको परिघटनाहरुको ठूलोशिक्षा प्राप्त भएकै छ ।
एमाले, माकेले भन्ने गरेको समाजवाद मिलरावादी समाजवाद हो । खुश्चोभपन्थी समाजवाद हो जनु मन्त्रीमण्डलवाद संसदवादमा आधारित सामसाज हो । नेपालकै सन्दर्भमा भन्ने हो भने नेपाली काग्रेसका संस्थापन नेता विश्वेश्वर प्रसाद कोइरालाले भन्ने गरेको प्रजातान्त्रिक समाजवाद हो । उनीहरुले भन्ने गरेको समाजवाद सोभियत मोडेलको समाजवादको पतन पश्चात सोसलडेमोक्रेटिक पार्टीहरुमा रुपान्तर हुनु पुगेको पूर्वी युरोपका सोसलडेमोक्रेन्याहरुले लाुग गर्दै आएको समाजवाद हो । फेरडिक संगेल्सल प्रष्टै रुपमा भन्नुभएको छ । समाजवाद दुई प्रकारका हुन्छ । काल्पति समावाद र वैज्ञानिक समाजवाद । त्यसो भएर माके एमाले दक्षङ फुक्ने गरेको समासजवाद त्यही काल्पनिक समाजवाद हो र नेपाल काग्रेसले भन्दै आएको प्रजातान्त्रिक समाजवाद ।
वैज्ञानिक समाजवाद भनेको त सर्वहारावर्गकैं अधिनायकत्व अन्तैगत निर्माण गरिने सञ्चालन गरिने राज्यव्यवस्था हो । बुर्जुवा तथा प्रक्रिक्रियावादीसंसदमा बहुमतले ल्याएर प्रतिक्रियावादीहरुको सुत्रामा गएर समाजवाद लागु गर्दछौ भनेको जनतालाई ढाट्ने झुक्याउनु बाहेक अर्को केही पनि होइन । शान्तिपूर्ण ढंगले संसदीय बाटोबाट कही पनि कतै पनि समाजवाद आएको छैन र आउँदैन पनि समाजवाद वर्ग संघर्षको भट्टीबाट सर्वहारार वर्गले स्थापना गर्ने राज्य व्यवस्था हो जो वैज्ञानिक समाजवाद हो र यसले वैज्ञानिक साम्यबाद सम्म पुग्ने बाटो तय गर्दछ । त्यसो भएर विश्व सर्वहारा वर्गका महान नेता चीनिया कम्यनिष्ट पार्टीका शिक्षध्यक्ष कमरेड माओ सेतुङले राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ भन्नु भएको छ यही कुरा नै साँचो हो ।

हाल नेपालका माकेका नेता पुष्पकमल दाहाल प्रचण्ड र एमालेका नेता केपी शर्मा ओली फ्रान्सीसी अलेक्सान्द्र रात्उन मिलेरा र रुसी निकिता ख्रुश्चोभका असली तथा इमान्दार चेला भएकोले उनीहरु प्रतिपादन गरेको मन्त्री मण्उडलीय संसदवादी समाजवद नेपालमा स्थपना गर्ने हल्ला मच्चाइ रहेका छन र यो बाहेक नेपालमा वैज्ञानिक समाजवादका बारेमा जान्ने कोही पनि छैनन् भन्ने जस्तो गरि छाति फुल्याएर कुर्लि रहेका छन् । वस्ताविकता त्यस्तो यहाँ त महान नेपाली नयाँ जनवादी क्रान्ति बाँकी कार्यभार पुरा गरेर जनताको जनवादी अधिनायकत्व हूँदै वैज्ञानिक समाजमा पुगेर मात्र वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्नु पर्ने छ र क्रान्तिकारी माआवादी कम्युनिष्टहरु त्यो कठिन र गहन कार्यमार काँधमा राखेर अगाडि बढिरहेका छन् ।
दक्षिण पन्थी संशोधनवाद, नवसंशोधनवाद नेपाली क्रान्तिको बाधक बन्दै आएको छ । संसदवाद, मन्त्रीमण्डादवाद नेपाली क्रान्तिको बाधक बन्दै आएइको छ । र आज दक्षिण पन्थी संशोधनवाद तथा नवसंसोधनवाद नेपालमा हावी बन्दै आएको छ । अझै अगाडि बढी हेर्दा मिलेरावादीहरु र खुस्चोभपन्थीको हैकम चलिरहेको छ । यस्ता तत्वहरुलाई परास्त गरेर नै महान नेपाली क्रान्ति विजयको शिखरसम्म प्रचाउन सकिने छ । यहानेर मनन् गर्ने पर्ने कुरा के छ भने मिलेरा पनि कम्युनिष्ट नै थिए । कलं काउरस्की पनि पहिलो कम्युनिष्ट नै थिए । निकिता खुश्चोभ पनि पहिलो कम्युनिष्ट नै थिए । पनि प्रतिक्रान्तिकारी बनेर विश्व कम्युनिष्ट आन्दोलनमा गारि क्षति पु¥याउन पुगे ।
नेपालका केपी शर्मा ओलीहरु पनि पहिलो कम्युनिष्ट नै थिए र झापा विद्रोहमा सरिक भएका थिए । पुष्पकमल दाहाल पूचण्ड पनि पहिले कम्इुष्निट नै थिए । दर्श वर्षे जनयुद्धको नेतृत्व समेत गरेका थिए । अहिले उनीहरु संसदवादी संशोधनवादी भएर मिलरावाद र खुश्चोभवादको जामा पहिरिएर नेपाली आगनमा छमछमी नाचेर नेपाली जनतालाई झुक्याँदै छन् । सबैले बेलैमा विचार पु¥याउन र तिनिहरुलाई चिन्न जरुरी छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto