नाम :सुमित्रा के सी
ठेगना : मुसिकोट नगरपालिका ३, रुकुम
पेशा :पत्रकारिता

हिजो आज कता व्यस्त हुनुहुन्छ ?
हिजो आज पत्रकारितामै व्यस्त छु, सँग सँगै पढाई पनि छ । त्यसका साथै अन्य सामाजिक संघ संस्था सँगको साझेदारीमा विभिन्न सामाजिक कार्यहरु गरिरहेको छु ।

तपाई पत्रकारीतामा क्षेत्रमा आबद्ध हुनुहुन्छ ,तपाईको बिचारमा पत्रकारिता क्षेत्र के जस्तो लाग्छ ?
पत्रकारिता एउटा पेशा हो, जुन निकै चुनौतिपुर्ण छ । निकै सुझबुझका साथ सर्बसाधारणलाई सुसुचित बनाउन गरीने काम हो । यसलाई राज्यको चौथो अंग पनि भनिन्छ ।

त्रकारीता क्षेत्रमा तपाईको रुची कसरी आयो ?
रेडियो सुनिन्थ्यो सानै देखि । त्यसरी नै बोल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । बाटोमा हिडदा एक्लै बर्बराउदै हिडथे,कोई एक्लै बोल्छे पागल भई की पनि भन्थे । यसरी रुचि जागे पछि के सँभव छैन र ? यो सम्बन्धी ज्ञानहरु बटुलियो अनि निरन्तरता दिईयो ।

अब प्रसंग बदलौं आहा टकमा हामी ब्यक्तिको पेशागत कुरा सगै ब्यक्तिगत रमाईला घटनाक्रमको पनि कुरा र्छाैं, तपाईको बाल्यकाल कसरी बित्यो ?
खासमा मेरो बाल्यकाल भन्नु पर्दा हाम्रो छिमेकी देश भारतमा बितेको हो । जहाँ भारतिय जीवनशैली र त्यहाँको सँस्कृति,सामाजिक परिवेशलाई नजिकबाट नियाल्ने अवसर मैले पाए । बाल्यकाल अविस्मरणिय रह्यो । अहिले सम्झँदा पनि रमाईलो अनुभुति हुन्छ ।

तपाईको बिचारमा महिला हिंसालाई कसरी अन्त्य गर्न सकिएला ?
महिला हिंसा अन्त्य गर्ने प्रमुख उपाय भनेको आर्थिक समृद्धी हो । जब सम्म महिला आत्मनिर्भर हुदैन । आफनो खुटामा आफै उभिदैनन् तब सम्म हिंसा अन्त्य हुदैन । हिंसाको कारक तत्व भनेकै आर्थिक समस्या हो । आर्थिक समृद्धि भएमा हरेक समस्याको अन्त्य हुन्छ । त्यसैल महिला हिंसाको अन्त्यका लागि हरेक महिला आत्मनिर्भर हुन जरुरी छ । सबैले समालोचनात्मक तरीकाले सोच्नुपर्छ ।

बिहे आवश्यक कि अनिवायर्ता ?
विहे आवश्यता हो, अनिवार्यता हैन । कसैलाई बिहे गर्नु पर्छ भन्ने आवश्यता महसुस भयो भने गर्न सकिन्छ । छैन भने बाध्यकारी प्रावधान छैन हाम्रो कानुनमा, स्वतन्त्रता छ । बिहे गर्नु पर्छ भन्ने कुरा संविधानमा लेख्या छ र अनिवार्यता हुनलाई ?

मान्छे किन प्रेममा धोका खान्छ ?
प्रेममा धोखा भन्ने शब्दनै हुदैंन । धोखा केलाई भन्ने कसैले कसैलाई मन परायो,बिहे गर्न पाएन । विभिन्न अवस्थाहरु सिर्जना भए । के यहि हो धोका ? आँफुले चाहेको हुनै पर्छ भन्नु त स्वार्थ मात्र हो । प्रेममा धोखा भो भन्नेहरु मलाई स्वार्थी लाग्छन ।

मागी बिवाह, भागी बिवाह, प्रेम बिवाह मध्य कुन बिवाह मन पर्छ र किन ?
यो सम्बन्धी त मेरो कुनै अनुभव नै छैन । यो प्रश्न विवाहितहरुलाई सोध्दा राम्रो जवाफ पाउन सकिएला की ।
बिबाह सम्बन्धी तपाईको योजना के छ ?
बिहे को सँग गर्ने, किन गर्ने, कहिले गर्ने, कुन विधि प्रक्रिया र संम्यन्त्र अपनाउने, जब यी प्रश्नहरुको जवाफ भेटिन्छ त्यतिबेला देखि योजना बनाउन थाल्ने हो म त ।
कति वर्ष को हुनुभयो, उमेरको ऐना हेर्दा कस्तो लाग्छ ?
२० पुगेर २१ वर्षमा लागे वर्षमा । तर बच्चै छु जस्तो लाग्छ । अझै पनि उटपट्याङ कामहरु गर्न मन लाग्छ भने अहिले भविष्यको पछि लागेर दौडि राछु । बाल्यकालमा कुनै कुराको चिन्ता थिएन अहिले चिन्तै चिन्ता छ ।

बालक अबस्थामा देखेको सपना र आजको यर्थाथ बिच अन्तर के छ ?
निकै अन्तर छ । बाल्यकालको सपना र अहिलेको यर्थात । बाल्यकालमा फटयाङग्राको पछि लागेर दौडिन्थ्यो अहिले समाज सेवा र पत्रकारिताको पछि ।

तपाईले आमाबुवाबाट पाएको सबैभन्दा ठुलो उपदेश के हो ?
हरेक व्यक्तिको पहिलो गुरु र प्रेरणाको स्रोत भनेको आमा बुवा हो । उहाहरुबाट जीवन र जगतमा काम लाग्ने धेरै ठुला ठुला उपदेश र संस्कारहरु सिकेको छु । बुवाबाट मर्यादा र मेहिनत गर्न सिके आमाबाट अनुशासित हुन र धैर्य गर्न सिके । कुनै गुरुले सिकाउनु नसकेको । किताबी ज्ञानबाट पाउन नसकेको उपदेश उहाँबाट पाएको छु । म शब्दमा बयान गर्न सक्दिन ।

सामाजिक सेबाको अनुभव र आगामी यात्रा कस्तो तय गर्नु भएको छ ?
पत्रकारिता पनि एउटा समाजिक सेवा हो । त्यो मात्रै नभएर विभिन्न संघसंस्था सँगको साझेदारीमा सामाजिक रुपान्तरणका विभिन्न अभियानहरुमा सक्रिय छु । त्यसका साथै दिर्घकालिन समय सम्म पनि सामाजिक सेवा गर्ने लक्ष्य लिएको छु । प्रस्तुती : सुवास बटाला

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto