यु.के.लाल

बहुबिवाहले बिथोलिएको पारिवारिक पृष्ठभूमि
महान बिचारक हेनरी फेइल्डिङले भनेका छन्– “आफुले असल काम गर्दै गर्नोस । कसैले खराबै–खराब गरेको छ भनेर त्यसप्रति दुःखी बनिराख्नु उचित हुँदैन । एक्लै परिराख्दा पनि असल कामलाई निरन्तरता दिनु नै महानता हो । गलत कामलाई तत्कालिन मानव समुहले समर्थन गरेकै किन नहोस् समयक्रमले त्यसलाई उल्ट्याइदिन्छ ।” यो भनाइसंग मेल खाने बाल्यकालदेखि नै बुबा–आमाको ममतादेखि बञ्चित भएर राक्षसी स्वभावका बाबुको चरम यातनाबाट बाँचेर भारत प्रवासमा भौंतारिदै अन्ततः दयालु मान्छेको धर्मपुत्र बनेर भारतीय सेनामा भर्ती भई सेनाको जागीरे जीवनबाट पनि अवकाशप्राप्त गरेर सुबिधायुक्त पारिवारिक जीवनयापन गरिरहेका भारतको महाराष्ट्र राज्य पुणेको साइनाथ नगरमा घर बनाएर बस्दै आएका राजेश घिमिरा पनि संघर्षमय प्रवासी जीवन कहानीका एक नमुना पात्र हुन् ।

रुकुम (पश्चिम) जिल्ला मुसिकोट नगरपालिका वडा नं ८ घोरखानी जन्म घर भएका आमा धन कुमारीको कोखबाट २०३३ बैशाख २० गते जन्मिएका टिकारामका जेठा छोरा राजेश घिमिराका बाबु पट्टिबाट तीन भाई र एक दिदी रहेका छन्् भने आमा पट्टिबाट दुई भाइहरु रहेका छन् । सुनिता बस्नेतसंग २०५६ मा बैवाहिक सम्त्रन्धमा जोडिएका राजेश घिमिराका एक छोरा कमल घिमिरा र एक छोरी पद्मा घिमिरा रहेका छन । राजेशका बाबुले आफ्नी आमा उपर कान्छी श्रीमती सौता ल्याइदिएपछि संगै बस्ने अवस्था नहुँदा आमाले एक छोरी र छोरा भएको अवस्थामै सम्बन्ध बिच्छेद गरेर खोपीचार माइतमा गई त्यहीबाटै दोश्रो बिहे गरेको हुँदा आफुलाई सानैदेखि स्कुलमा पढ्ने वातावरण नबने पनि उनले आफ्ना दुई छोरा–छोरीलाई अहिले भारतको महाराष्ट्र राज्य पुणेको आर्मी पब्लिक स्कुलबाट स्नातक तह सम्मको पढाइ गराइरहेका छन् । बहुबिवाहले गर्दा आफ्ना बाबु–आमाको पारिवारिक सम्बन्ध बिथोलिएपछि बाल्यकालदेखि नै घरदेशबाट परदेशसम्म राजेशले भोग्नुपरेको कष्टकर जीवन संघर्षको कहानी निकै दुःखदायी र प्रेरणादायी रहेको छ ।

(क) बाबुको राक्षसी ब्यवहार– आमा र मामाबाट उद्धार
आफ्नो बुबाले भारतको आन्ध्रा प्रदेश बिजयवाडामा चौकीदारी जागीर गर्न गएको बेला त्यहींबाटै तेलगुभाषीलाई कान्छी श्रीमतीको रुपमा आमा उपर सौता ल्याइदिएपछि संगै बस्नसक्ने अवस्था नहँुदा आफु दुईबर्षको हुँदा नै बाध्यताबस आमाले सम्बन्ध बिच्छेद गरेर माइतमा गइ केही बर्षपछि खोपीचारमै दोश्रो बिहे गरेर बसेको स्थितीमा बुबाले आफुलाई आमासंग बस्न नदिएर सानैमा कान्छीआमासंगै भारतको आन्ध्राप्रदेशमा लिएर आएको उनी बताउछन् ।
आफुलाई सानैमा आमाको ममताबाट बुबाले बञ्चित गराएर कान्छी आमालाई नै आमा भनेर बोलाउनु पर्ने बाध्यता गराइएको थियो भने एक बर्षपछि भारतबाट घोरखानी घरमा परिबार सहित फर्केर आएको केही समयमा खोपीचारमा आमासंग बस्दै आएकी दिदीसंग भेट भएपछि दिदीको सम्पर्कबाट लुकेर खोपीचारमा रहेकी आफ्नी आमासंग भेटेर आएको कुरा आफ्नो बुबाले थाह पाएपछि चरम यातना दिने क्रमको शुरुवात भएको रहेछ । छ–सात बर्षको बालकलाई अन्जानबस हुने साना–तिना गल्ती हुँदाखेरी उनका बुबाले मरणासन्न हुनेगरि कुटेर चरम यातना दिने गरेका थिए । कुनै दिन गाई–बाख्राहरु वनमा चराउन लैजादा गाई–बाख्रा बाघले खाइदिएमा वा समयमा घरमा आएनन् भने बुबाबाट कुटाई खानुपर्ने डरले गर्दा आफु जंगलमै एक्लै रुखको हाँगामा बसेर रात बिताएको हुँदा उनलाई बुबाको राक्षसी ब्यवहारका कारण घरमा भन्दा जंगलमा एक्लै बस्दाखेरी नै बढी सुरक्षित लाग्ने गरेको उनको अनुभव रहेको छ । कान्छी आमाबाट जन्मेको भाइ बीर बहादुरको हेरचाह गर्ने धरालो रहेको बेला घरको कुकुरले बिरालोलाई झम्टेर मारिदिएको थाह पाएपछि उनका बाबुले कुकुरलाई डोरीले बाँधेर झुण्ड्याई मार्नुका साथै बिरालोलाई किन बचाउन नसकेको भनेर राजेशलाई पनि डोरीले घाँटीमा कसेर लतार्दै गर्दा डोरी घाँटीमा कस्सीन नदिन दाँतले च्यापेको बेला आफ्ना दुईवटा दाँतहरु फुक्लिएर झरेको उनी बताउछन् । हरेक दिन कुनै न कुनै निहुँमा कहिले खाना नदिएर रातभर भोकै घरको खाँबोमा बाँधेर राख्ने, कहिले हात सिलौटामा राखेर लो¥हाले औलाहरु थेचिदिने जस्ता चरम यातना दिदै आउदा आफ्नो बुबाको क्रुर ब्यवहारले आजित भएर उनी यातनाबाट बच्न देशै छोडेर भाग्ने मनस्थिति बनाएको बेला खोपीचारमा रहेकी उनकी आमा र दिदीको सल्लाह अनुसार आठ बर्षको उमेरमा नै घरबाट भागेर मावली पट्टिका मामा नाता पर्ने दर्शन मामासंग भारतको हिमाचल प्रदेशमा आएको उनी बताउछन ।

(ख) बाल मजदूर हुँदै धर्मपुत्रको सुखद अनुभव
बाबुको यातनाबाट बच्न २०४१ सालमा घरबाट भागेर दर्शन मामासंग भारतको हिमाचल प्रदेश सोलनको राजगढमा आई दर्शन मामाका परिवारले जमिदारको जग्गा लिएर गरिरहेको कृषि फर्ममा बाल मजदूरको रुपमा रहेर काम गरेको उनी बताउछन् । दर्शन मामा दयालु भएपनि उनकी श्रीमती सा¥है कडा र खराब स्वभावकी भएको हुँदा दिनभर काममा जोताउने र कुनैदिन बिरामी भएर काम गर्न नसक्ने अवस्था भएपछि गाली गर्ने र कुटपिट पनि गर्ने गरेको उनको भनाई छ । एकदिन वनमा दाउरा लिन गएको बेला दर्शन मामाकी श्रीमतीले वनमा छोडेको नाम्लो किन नल्याएको भनेर कुटेपछि उनी भागेर रामकली दिदीको सम्पर्कमा गएको र रामकली दिदी दयालु स्वभावकी हुनाले उनलाई केहीदिन आफ्नो घरमै राखी नुहाइ–धुवाइ गरिदिएर राजगढका डाक्टर अनिल मल्होत्राको घरमा बच्चा हेर्ने काममा लगाइदिएकी रहिछन् ।
डाक्टर अनिल मल्होत्राको घरमा सानीछोरी बच्चासंगै खेल्ने, रमाउने सजिलो काम पाएपछि राजेशलाई निकै आनन्दको अनुभूति त भयो तर घरमा उनका बुबाले दिएको शारीरिक यातना र आमासंग बिछोड हुनुपर्दाको मासिक पिडाले मुटु सम्बन्धी रोगले बिरामी भएका रहेछन् । रामकली दिदीले डाक्टर अनिल मल्होत्रासंग राजेशको घरको दुखदायी कहानी बताएर उपचारमा सहयोग गर्न अनुरोध गरेपछि डाक्टरले आफ्नै खर्चमा मुटुको उपचार पनि गरिदिएको र डाक्टरकी श्रीमती पनि स्कुलकी प्रिन्सीपल भएको हुँदा राजेशलाई आठ कक्षासम्म पढाइदिएका रहेछन् । राजेशको उमेर बाल्य अवस्थाबाट जवान हुँदै आउने क्रममा आठबर्षपछि सोलनबाट दर्शन मामाले उनलाई आमासंग भेट्न नेपाल जाने भनेर खबर पठाएपछि डा. अनिल मल्होत्राका दम्पतीसंग नेपालमा गइ आमासंग भेटने इच्छा ब्यक्त गरेको र उनीहरुले पनि छिट्टै फर्किएर आउन सुझाव दिएर सिमलाबाट गाडीभाडा दिएर सोलनको राजगढमा रहेकी रामकली दिदीको सम्पर्कमा पठाइदिएछन् । सिमलाबाट सोलन रामकली दिदीको सम्पर्कमा आएपछि दर्शन मामासंग भेटेर नेपाल घरमा जाने भन्दा उनले टमाटरको सिजन सकेर जाउँला भनेपछि त्यहि सोलनमै एकबर्ष जति बिजयकुमार जमिनदारको घरमा काम गर्नुपरेको उनी बताउछन् ।

(ग) काठमाण्डौको फुटपाथमा भोकै सुतेको– त्यहिँबाट भागेर दिल्ली पुगेको
सोलनको राजगढमा जमिनदारको घरमा काम गरिरहेको अवस्थामा सुर्खेतबाट आएको एकजना नेपालीले प्रसंगबस काठमाण्डौमा एउटा जापानी कम्पनीले राम्रो जागीर दिंदैछ रे भन्ने कुरा गरेपछि उनी सोलनबाट दिल्ली, नेपालगञ्ज हुँदै काठमाण्डौ आएछन् । नचिनेको शहर काठमाण्डौमा आएर केहीदिन भौतारिंदै घुम्न थालेछन् । एकजना मान्छेले काठमाण्डौको जोरपाटीमा रहेको गलैंचा कारखानामा काम लगाइदिएपछि उनले तीन महिना जति काम गर्ेछन् । उचित पारिश्रमिक नहुँदा त्यहाँबाट भागेर उनी काम खोज्न काठमाण्डौको सुन्दरीजलतिर गएछन् । कामको लागी घुम्दै गर्दा पैसा सकिएर त्यतिबेला आफुसंग बीस रुपैयाँ मात्रै भएको र त्यो पनि बिहानको नास्ता खाँदाखेरी सकिएछ । दिनभर भोकै घुमेर राती काठमाण्डैको फुटपाथमा आएर भिखारीहरुको लाइनमा बसेर पर्खालको भित्तामा आड लागेको अवस्थामा रातको करिब दुईबजेतिर एकजना मान्छेले उनको काँधमा हातराखेर सोधपुछ गर्दा आफुले सबै बृतान्त बताएपछि उसले आफ्नो बाबुको होटलमा लगेर बचेको खाना खुवाएर सुताएको उनी बताउछन् ।
बिहानपख कामको खोजीमा निस्केर दिनभरी भोक–भोकै घुम्दै जाँदा साँझतिर भोटेबहालको होलिडे होम होटलमा जुठाभाँडा माझ्ने काम पाइएको रहेछ । त्यस होटलमा उनले अढाइ बर्षजति काम गर्दापनि पारिश्रमिक नदिएर श्रम शोषण गरिरहेकाले त्यहाँबाट कसरी भागेर जाने भन्ने उपायको खोजि गरिरहेका राजेशलाई एकदिन त्यस होटलमा बिदेश जाने भनेर सातजना ग्राहकहरु आएका मध्यबाट एकजनाले राजेशको दयनीय अवस्था देखेर साइडमा लगेर सोधपुछ गर्दा उनले आफ्नो सबै वृतान्त बताएपछि उसले दिल्लीमा लगेर चप्पल फ्याक्ट्रीको राम्रो काममा लगाइदिन्छु भनेपछि आफुले पाउनुपर्ने बा¥हहजार त्यत्तिकै छोडेर भोलीपल्ट त्यहाँबाट भागेर उनीहरुसंगै दिल्लीमा आएको उनको भनाइ छ ।

(घ) बिश्वास कमाएर बनेका धर्मभाई– भाग्यले दिएपछि सेनाको सेवा कर्मलाई
काठमाण्डौबाट भागेर बिदेश जानेहरुसंग दिल्ली आइपुगेपछि दिल्लीबाट बिदेश पठाउने म्यानपावरको दलाल पञ्जावी सरदार बलबिन्दर सिंहको सम्पर्कमा पुगेर दिल्लीको फरिदावादमा रहेको बलबिन्दर सिंहको चप्पल बनाउने कारखानामा काम लगाइदिएका रहेछन् । आफु म्यानपावर कम्पनीको दलाल र चप्पल बनाउने कम्पनीको मालिक पनि भएकोले घरमा काम गर्ने इमान्दार मान्छेको आवश्यकता परेको हुँदा राज्ेशलाई धर्मभाई बनाएर घरको कामकाज सम्हाल्ने जिम्मा दिइएको रहेछ । बलबिन्दर सिंहको जेठी श्रीमतीसंगको सम्बन्ध बिग्रेपछि सम्बन्धबिच्छेद नहुँदै अर्की कान्छी श्रीमती लिएपछि जेठी श्रीमतीले बहुबिवाह सम्बन्धी मुद्दा दिएको हुँदा पुलिसले बलबिन्दरलाई घरमा नभेटाउदा त्यहि घरमा काम गर्ने राजेशलाई पक्राउ गरेर हिरासतमा एकहप्ता जति राखेका रहेछन् । एक हप्तापछि सरदार बलबिन्दर सिंह पुलिस ठानामा गइ राजेशलाई छुटाएर मुद्दाको प्रकृया भुक्तानी गरि दिल्लीको सबै सम्पति बेचेर दिल्लीबाट राजेशलाई पनि लिएर पञ्जावको पटियालामा आएका रहेछन् ।
दिल्लीबाट पञ्जावको पटियालामा आएपछि अमनदीप क्लिनिकमा नर्सको जागीर गर्ने बलबिन्दर सिंहकी कान्छी बहिनी जसबिन्दर कौंरलाई स्कुटीमा चढाएर ड्युटीमा पु¥याउने र ड्युटी सकिएपछि घरमा ल्याउने काम गर्दै आएका रहेछन् । बलबिन्दर सिंहको धर्मभाई बनेर सन १९९२ देखि १९९६ सम्म चार बर्षसम्म गर्दै आउने क्रममा बलबिन्दर सिंहसंग पार्टनर भएर काम गर्ने साथीको छोरा भारतीय सेनाको कर्णेल भएको हुँदा आफुले कर्णेलकी आमासंग सेनामा भर्ती हुने इच्छा राखेपछि उनले आफ्नो छोरा जम्मु कस्मिरबाट पल्टन सहित सरुवा भएर महाराष्ट्रको पुणेमा जान पञ्जावको लुधियानामा आएको बेला कर्णेलकी आमाले उनीसंग भेटगर्ने तारतम्य मिलाइदिएर गरेको शिफारिस अनुसार कर्णेलले राजेशलाई त्यतैबाट पुणेको सैन्य क्याम्पमा लिएर तीन महिना जति आफ्नो घरमा काम गराएको र सन १९९७ जनवरीमा सैन्य भर्ती खुलेपछि प्रतिस्पर्धाबाटै उनी भारतीय सेनामा प्रवेश गरेको बताउछन् । भारतीय सेनामा भर्ती भएको तीन बर्षपछि राजेशले नेपाल घरमा जाने सोंच बनाएछन् तर आठ बर्षकै उमेरमा घरबाट आएको मान्छे भारत प्रवासमा रहेको समय पन्ध्रबर्ष बितिसकेको हुँदा घरमा जाने बाटो र ठाउँको मार्गचित्र नै उनले भुलिसकेका रहेछन् । घरमा चिट्ठी–पत्र आदान–प्रदान गरेर एक अर्काको अवस्था बुझ्नुपर्ने त्यस बेलाको समयमा घरबाट भागेर आएदेखि पन्ध्र बर्षको अवधीमा राजेशले एकपटक पनि घरमा पत्राचार नगर्दा सम्पर्क बिहिन हुने कुरा स्वभाबिक नै थियो । तरपनि आफ्नो सरकारी सेनाको जगीरे जीवनमा प्रवेश गरेको सफलताको खुसी आमा र दिदीसंग बाँड्ने चाहनाले जितेको हुँदा जसरी भएपनि नेपालमा गएर आमासंग भेटेरै फर्कने अठोट गरेर एक महिनाको छुट्ठी लिइ नेपाल आएछन् ।

(ङ) आशा मारिसकेको छोरालाई– देखेर पनि चिन्न धौ भो आमालाई
बाबुले गर्ने क्रुर दानवी ब्यवहारबाट आजित भएर भागेको छोरा पन्ध्र बर्षसम्म सम्पर्क बिहिन भएर मरे–ज्युँदो अवस्था थाह नभएपछि घर फर्केर आफुलाई भेट्न आउने आशा मारिसकेकी ६५ बर्षिय बृद्धा आमा धनकुमारीलाई २०५७ श्रावण १७ गते साँखको एकजना महत साथीसंग आएको देखेपछि छोराले चिनेर ढोग गर्दापनि आमाले चिन्न नसकेर केहीबेर अक्मकिएको र पछि आफुले बाल्यकालको नाम लाले छोरा हुँ भनेर परिचय दिएपछि केहीबेर आमा–छोरा र दिदी–भाईको बीचमा अंगालो मार्दै रुवावासी भएको भावुक क्षण कुनै सिनेमाको कथा जस्तै भएको उनी बताउछन् । त्यसदिन रातभर आमा–छोरा र दिदी–भाइको बीचमा घर छोडेर गएदेखि प्रवासमा भोग्नुपरेको कष्टकर जीवन संघर्ष र भारतीय सेनामा भर्ती भएर सरकारी जागीरे जीवनको शुरुवात गरेको जीवन कहानीको बृतान्त सुनाउदै गर्दा आमा, दिदी र आफु भावुक बनेर रुने गरेको उनी बताउछन् । छोटो छुट्ठी लिएर आएको छोरा फेरी भारत गयो भने फर्केर आउदैन कि भन्ने डरले मामाकी छोरीलाई बिहे गरेर मात्र जानुपर्छ भन्ने दवाव आमा र दिदीले दिएपछि घरमा आएको एकहप्ताभित्रै सुनितालाई फकाएर मागी बिवाह गरिदिएका रहेछन् ।

(च) युद्ध मैदानमा सकुशल बचेको ज्यान– मोटरसाइकल दुर्घट्नामा झण्डै गयो प्राण
नेपाल घरमा आएको बेला सुनितासंग बिवाह गरेर श्रीमतीलाई माइतमै राखेर आफु भारतको महाराष्ट्र पुणेको सैन्य क्याम्पमा हाजिर भइ एकबर्ष पुणेमै बसेको अवस्थामा माइतमा रहेकी श्रीमती सुत्केरी भएर छोरा जन्माएको खबर आएपछि आफुले छुट्ठी लिएर नेपालमा गइ श्रीमती र छोरालाई साथमै लिएर आएका रहेछन् । सेनाको जागीर सरुवा भएर बिभिन्न ठाउँका ब्यारेकहरुमा जानुपर्ने र लडाइँहरुमा पनि सहभागी हुनुपर्ने जीवनको जोखिमयुक्त काम भएको हुँदा सेनामा भर्ती भएदेखि उनको पल्टन महाराष्ट्र, गुजरात, दिल्ली , जम्मु कश्मिरमा सरुवा हुँदै आउँदा सन १९९९ मा जम्मु कश्मिरको कार्गिलमा पाकिस्तानी आतंकवादीहरुसंग रातको नौ बजेदेखि बिहान चार बजेसम्म सात घण्टासम्मको लडाइँमा पर्दा पनि आफु सकुशल बच्न सफल भएको उनको अनुभव रहेको छ ।

सन २००२ बाट उनी महाराष्ट्रको पुणेमा रहेको सैन्य ब्यारेकमा स्थायी रुपमा बस्दै आएको अवस्थामा सन २००९ मा घरमा खाना खाएर मोटरसाइकलमा चढी ड्युटीमा जाँदै गरेको बेला पछाडिबाट आइरहेको कारले ठक्कर दिएपछि सडकमै पछारिन पुग्दा टाउकोमा गम्भीर चोट लागेर बेहोस भएको र त्यतिबेलै आर्मी स्टाफ टेक बहादुर क्षेत्रीले देखेर ब्यारेकमा खबर गरि एम्बुलेन्समा राखेर अस्पतालमा पु¥याएपछि डाक्टरहरुले टाउकोको शल्यक्रिया मार्फत सत्रवटा टाँका लगाइदिएर एक महिना जति अस्पतालमै बस्नु परेको भयानक दुर्घटनाले झण्डै ज्यान जाने अवस्था आएको रहेछ । त्यसपछिका दिनहरुमा कुनै त्यस्तो अप्रिय घटना बेहोर्नु नपरि सन २०१७ बाट राजेश घिमिराले बीसबर्षको सैन्य सेवा अबधी पुरा गरेर अवकाशप्राप्त गरेका रहेछन् ।
जीवनमा भएको निकै ठुलो आरोह–अवरोहसंगै बिभिन्न समयमा महत्वपूर्ण सहयोग गरेर बिर्सनै नसकिने गुण लगाएका ब्यक्तिहरुलाई सम्झनु पर्दा आमा, दिदी र श्रीमतीपछिका ब्यक्तिहरुमा आफुलाई घरबाट साथमै भारतमा लिएर जाने दर्शन मामा, धर्मछोराको रुपमा आफुलाई हुर्काउने–पढाउने सिमलाका अनिल मल्होत्राका दम्पती, धर्मदाइ बनेर आफुलाई आश्रय दिने सरदार बलबिन्दर सिंह, सरकारी सेनाको जागीरमा जोडिने अवसर प्रदान गर्ने कर्णेल एल.बि.एस.गिल र मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते हँुदा तत्कालै अस्पतालसम्म पु¥याएर जीवन बचाउन मद्दत गर्ने टेक बहादुर क्षेत्री यि ब्यक्तिहरुको भूमिका आफ्नो जीवनका लागी अति महत्वपूर्ण भएको उनको भनाइ छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto