नवराज बुढा
बिवाह भनेको दुई व्यक्तिहरू प्रायः पुरुष र महिलाबीच हुने गर्दछ तर जातजाती, भुगोल, समाज र संस्कृतिका आधारमा यो फरक हुन सक्छ बीच कानुनी, सामाजिक, सांस्कृतिक, र धार्मिक रूपमा मान्यता प्राप्त सम्बन्ध हो । यो सम्बन्धले परिवारको आधार निर्माण गर्दछ र व्यक्तिहरूलाई जीवनभर साथ दिने वाचा वा सम्झौतामा बाँध्छ । बिवाह एउटा बिचार पनि हो जो समाजमा रुपान्तरणका निम्ति कडी सावित हुने गर्दछ । बिवाह गर्नका लागि दुई जोडीबीच व्यक्तित्व र मूल्यहरू मिल्ने, भरोसा र इमानदारी, भावनात्मक स्थिरता, प्रेम र आकर्षण, आफ्नो अन्तर्ज्ञानलाई विश्वास र स्वास्थ्य र जीवनशैली भए बिवाह गर्न उपयुक्त्त हुन्छ । आफ्नो जीवनसाथी चयन गर्दा एकदम ध्यान दिएर चयन गर्नु पर्दछ । जीवन दुई दिनको होईन बाँचुन्जेल तथा मानिसहरुले याद गरुनजेलसम्म अर्थात जन्मेदेखी मृत्यु अगाडीसम्म हो । जीवनको यात्रा लामो छ, जसमा सही निर्णयले जीवनभरि खुसी ल्याउन सक्छ । बिवाह जीवनमा जन्म पछि दोस्रो ठुलो घटना र मानिसको जीवनभर तेस्रो ठुलो घटना मानिन्छ ।
मैले व्यक्तिगत रुपमा बिवाहबारे आजभन्दा १० बर्ष अगाडीबाट दृष्ट्रिकोण निर्माण र सचेत रहने कार्य थालनी सरु गरेको थिए । तत्कालीन समयमा समकालिन र कक्षा सहकर्मी साथिहरु बाल बिवाह गरिरहेका बेला बालबिवाह संवयम आफैंमा हानिकारक छ भन्ने स्कुल पढ्दा थाहा भएकोले मैले बालबिवाह गर्दैन भन्ने निर्णय गरे । हामीलाई कक्षामा सामाजिक र नैतिक बिषयमा बाल बिवाह शारिरीक मानसिक सामाजिक शैक्षिक र बिकासका निम्ति बाधक छ भन्ने पढेपछि यो राम्रो होइन भन्ने निश्कर्ष निकालेको थिए । घरमा मैले आमाबुवाबाट बालबिवाह गर्न हुन्न भन्ने दबाब थियो तर भाषा र शैली फरक थियो । म आमासँग बुवाभन्दा नजिक थिए । त्यसैले मैले आमासँग १० बर्ष अगाडी बचन दिएको थिए कि मैले २५ बर्ष पुग्नु अगाडी बिवाह गर्ने छैन भनेको आजसम्म पनि आमाले याद गर्नु हुन्छ । मैले यतिसम्म कि आफ्नो प्रेम सम्बन्ध बारे घरमा गोप्य राख्ने बारे सोच्ने गरिन बरु प्रेमबारे घरमा कसरी बनाउन सकिन्छ भन्ने कुराहरु सोच्ने गरे । मैले प्रेम घरमा स्वीकार्य बनाउन केही सोचहरु निकाले परिपक्व उमेर स्पष्ट दृट्रिकोण बिश्वासनीयता इमानदारीता र आत्मनिर्भरता चाहिन्छ । म त्यहीँ अनुसार आफुलाई तयार पार्दै हालसम्म आइपुगेको छु ।
अहिले म २६ बर्षको भए समकालिन समयका साथिहरुले आजभन्दा करिब एक दशक अगाडीदेखि बिवाह गरिरहेका छन । अहिले केहीका त ९-१० बर्षका छोराछारीहरु भइसकेका छन । साहेद त्यसैले होला आफन्त साथिभाई र शुभचिन्क सबैले मलाई भेट्न बित्तिकै बिवाहको बारे पहिलो र हतारमा गरिने प्रश्न हो । म प्रायलाई सञ्चो र आराम सोध्ने हुन्छ भने बर्षौं पछि भेटेकाहरु सबै छोडेर बिवाहबारे सोध्ने गरिन्छ । धेरैले अनौपचारिक रुपमा के कुरा गर्छन सकरात्मक नकरात्मक केही मत्लब छैन । यद्दपी सबैलाई प्राय म प्रत्यक्ष रुपमा सरल जवाफ दिने गर्दछु । मैले एक समय बिवाह गर्नेछु तर अहिले तत्कालिन रुपमा म सम्भावना छैन । तपाईहरु हतार हतार सोध्नु हुन्छ तर योग्य उमेर भर्खर सुरु भइरहेको छ । त्यसकारण म उपयुक्त समय चयन गर्नेछु र तपाइहरुलाई मैले हतारमा केही भन्न चाहन्न । केही अति नजिकका आफन्तहरु भन्नु हुन्छ ‘तिमी अब बिवाह बारे निर्णय लिनु हिततक हुन्छ’ । तिमी अब कसैलाई आफ्नो जीवनसाथीको रुपमा कसैलाई छान्ने समय भइसक्यो । यदी तिमीले निर्णय लिन ढिलाइ गरेको खण्डमा त्यो धेरै पर हुनसक्छ । उहाँहरु अगाडी थप्नु हुन्छ प्रेम सम्बन्ध तिम्रो कहिले हामिले थाहा पाएनौं । अहिले कोहीसँग प्रेम सम्बन्धमा छौं भने हामीलाई भन अथवा कुनै मन पर्छ भने पनि भन भन्नुहुन्छ । एक किसिमले गत बर्षदेखी मलाई बिवाहको बारेमा दबाब पाइरहेको छु । यद्दपी मैले आफैंलाइ हेर्दा धेरै फरक नपाए पनि उहाँहरुलाई जवाफ दिने केही गतिलो उत्तर दिन शब्दहरु थिएनन् । मेरो जवाफ धेरैले पत्याउदैनन् र मलाई उहाँहरुको अविश्वास मन पर्दैन । यद्दपी उहाँहरुलाई थाहा छ म ढटुवा होईन सत्य बोल्छ तर प्रेम सम्बन्ध प्राय सबैले लुकाउछन । म सबैलाई ढाट्न सक्छू आमाबुवालाई ढाट्न सक्तैन । यसबाट सबैले बुझ्न र बिश्वास गर्न सक्नुपर्छ ।
१. बिवाह सम्बन्धी लामो संकल्प पुरा
बिगत लामो समय १० बर्ष अगाडी मैले आमाले चाडै बिवाह गर्नु हुन्न किनभने यसले जीवनमा घात गर्दछ । मैले पनि बोलेर भन्दा व्यवहारमा उतार्ने बचन दिए र मैले प्राय गरेर देखाउछु भन्नुको अर्थ जसरी पनि पुरा गर्नुपर्छ भन्ने मानसिकता राख्ने हो । आज म २६ बर्षको भए बिगत १० बर्ष अगाडी फर्केर हेर्दा मैले आफ्नो थोरै दिएका बचन मध्ये एक पुरा भएको ठान्दछु । मैले २५ बर्ष पुरा नभएसम्म बिवाह गर्ने छैन र मेरा हरेक गतिविधीहरु हजुरहरुलाई थाहा दिनेछु । अहिलेसम्म मैले आमाबुवालाई धेरै कुराहरु जानकारी गराइरहेको छु । हामीमा अधिकांश बिषयमा छलफल भइ एक मत बनाउने गर्दछौं । हाम्रो अहिले बिवाहको गम्भिर भएर कुराकानी गर्दै एकार्काको ध्यान दिने गर्दछौं । आमाबुवा भन्नुहुन्छ हामी बचन पुरा गरेकोमा खुशी छौं बाबु तर अरुको जस्तो गुनासो गर्नेछैनौं । म पनि आफ्नो प्रतिबद्बता वा बाँचा पुरा गरेकोमा खुशी छू तर आगामी दिनमा धेरै चुनौती र समस्याहरु आइपर्ने छन । साच्चिकै अब म बिवाह बारे खुलेर स्पष्ट बचन दिन सक्ने अवस्थामा छैन । अहिले म जीवनकै ठुलो चिन्तामा छु । म न घरमा स्पष्ट बचन दिन सक्छु न त कसैलाई तपाईलाई नै यो मितिमा बिवाहका लागि बचन नै दिन सक्दछु ? यद्यपी म हिजो जस्तो निश्चित उमेर तोक्ने छैन र उपयुक्त वातावरणमा बिवाह गर्न सक्नेमा खुल्ला रहनेछु । उमेर जतिसुकै भए पनि हतारमा बिवाह गर्न हतार गर्नु हुदैन जसले जीवनलाई सहि दिशा र सुखी बनाउन मद्बत गर्दछ ।
२. आफन्तहरुको जोड र दबाब
हुन त समकालिन साथीहरुले १६-१७ बर्षमा बिवाह गरिरहेका बेला मलाई पनि थोरै व्यक्तिहरुले उनीहरुलाई देखाउदै बिवाह बारे सोध्ने गरिन्थ्यो । जब म २० बर्ष भएको थिए त्यसपछि बिवाहबारे आफन्त र शुभचिन्तकहरु कहिले गर्ने हो, अब बिवाह गर्ने समय भयो, ढिला बिवाह गर्दा सन्तानको सहयोग बेलैमा पाइन्न, समकालीनहरु उपलब्ध नहुने, आफुभन्दा जुनियरसँग बिचार नसमान नहुने र जोडी पनि नमिल्ने, समाजले कुरा काट्ने र खिस्सी तथा खिल्ली उडाउने सम्भावना बारे सचेत गराउदै आउनुभएको छ । गत बर्षदेखी भने मलाई आफन्तसँगै साथिभाई र शुभेक्षा राख्नेहरुले पनि बिवाह बारे उल्लेख्य रुपमा जोड र दबाब समेत आउन थालेको छ । यद्यपी उहाँहरुलाई मैले फर्काउने जवाफ छ मलाई हतारमा निर्णय लिनुपर्ने बाध्यता छैन । म बिवाह बारे सतर्क छु तपाईहरुको चासो र चिन्ता स्वभाविक छ । अब बिवाह गर्ने बारे ठोस र दर्घकालिन योजना बनाउनेछु । म बाल बिवाह (Child Marriage) र चाडो बिवाह (Early Marrage) का पक्षमा थिएन त्यसैले हाल सम्म अबिवाहित छु । म ढिलो बिवाह (Late Marrage) को पक्षमा थिए त्यसैले हालसम्म अबिवाहित छु । यो बिवाह प्रकृया २५-३५ बर्षको हुन्छ र म यस समयावधी भित्र बिवाह गर्न चाहन्छु । म बिवाहबारे सबैलाइ दिर्घकालिन निराश बनाउने छैन तर आजीवन बिवाह नगरे पनि त्यो सुखद नै हुनेछ । म सबैलाई बिवाहको निर्णय लिदा आश्चार्य चकित तुल्यान चाहना राख्दछु । त्यसकारण म बिवाह बारे बोलन रुचाउदैन किनकी यो सजिलो छैन ।
३. प्रेम सम्बन्ध हालसम्म कसैसँग भएन
प्राय बिवाहको कुरा कोट्याउने सबैले बिगत ६/७ बर्ष अगाडीबाट सोध्ने गरिन्थ्यो तिमी कोसँग प्रेम सम्बन्धमा छौं ? ४-५ बर्षबाट त प्रेम सम्बन्धमा छैन भन्दा अधिकांशले पत्याउदैनन् र अहिलेसम्म प्रेम सम्बन्ध कसको हुन्न र ? यो उमेरमा सबैको हुन्छ । तिम्रो पनि कोहीसँग होला भन्थे । सत्य कुरा के हो भने अहिलेसम्म कसैसँग प्रेम सम्बन्धमा बस्ने कार्य गरिन । उहाँहरुले के कारण भनि सोध्दा जवाफमा मैले भन्ने गरेको छु कि म एक व्यक्ति, एक प्रेम र एक बिवाहको पक्षमा छु । अहिले बिवाह गर्ने समय भएको छैन । साथै लामो प्रेम सम्बन्धमा रहने इच्छा कहिले पनि थिएन र महत्त्वपुर्ण कुरा कुनै कसैसँग मेरो आफ्नो भविष्य योजना, बिचार, सोच र चाहना बारे दोहोरो छलफल भएकै छैन । यद्यपी कोही कसैले मनपर्छ तिम्रो व्यक्तित्व र व्यवहार मनपर्छ । यतिसम्म कसैले भनेपनि म धैर्यता र इमान्दारीतामा बिश्वास गर्दछु त्यसैले मैले जवाफ स्वरुप आफ्ना बास्तविक जीवन र घरायसी यथार्थता बारे बताइदिन्थे । मैले आफ्ना बस्तुनिष्ठ योजना र आधुनिकतावादी योजना समेत सुनाउने गर्दथे । मलाई थाहा थियो अधिकांश मानिसहरु यो मन पराउदैनन् र नभन्दै ठुला ठुला कुरा गर्नेहरु टाढिन्थे । केही आफन्तले पनि यो या त्यो व्यक्तिको नाम लिदै मन पराउछ देखी बिवाहको अफर र केहीसँग जबर्जस्त नाम जोडिदिने गर्दथे । म कहिल्यै कसैसँग प्रेम सम्बन्धमा रहिन । मैले आश्वासन बाँडेर कसैको भावना, दिल र जीन्दगीसँग खेलेको छैन । होला मैले कसैले राखेको आकांक्षा पुरा गरिन होला तर म पनि उनिहरु झैं एक मानिस हुँ । मैले यस बिषयमा एक जना बाहेक अन्यलाई अंगाल्न सक्तैन । म आफुलाई न अभागी ठान्दछु न त भाग्यमानी नै ठान्दछु । मैले चाहेरै हालसम्म प्रेम सम्बन्धमा नरहने र आगामी दिनममा दबाबमा आएर त्यसो नगरी सहि विवेकमा ढिलो चाडो निर्णयमा पुग्ने विश्वास राखेको छु । अहिलेसम्म प्रेम सम्बन्ध कसैसँग नराखेकोमा म खुशि छु किनकी केहीलाई हेर्दा मलाई बोलचाल गर्न र तिनीहरुको तुलनामा हिड डुल गर्न सहज भएको छ ।
४. अर्काको प्रेमिका खोसर आफ्नो बनाउने कहिले पनि सोच राखिन
प्राय मैले आफ्नो हित र आनन्दका लागि कसैलाई दुखमा पारेर होइन बरु दुबैको हित हुनुपर्छ । प्रेम वा बिवाहको सवालमा मेरो स्पष्ट रुपमा मैले कसैको सम्बन्ध टुटाएर वा भ्रमित पारेर नभइ स्वतन्त्र र यथार्थमा आधारित भएर सम्बन्ध मेरो चाहना रहेको छ । म चाहन्छु कि हाम्रो सम्बन्ध एक सन्देश र उदाहरणीय बनाउनु थियो । मेरो कारण कसैको दुख होस म चाहन्न किनकी त्यो म होइन । म त्यो हो जसले अर्काको सम्मान र इज्जत गरेपछि मैले आफ्नो हित हुनेमा बिश्वास राखेको छु । कसैलाई रुवाएर वा दुख दिएर मैले आफ्नो घर बनाउन सक्तैन भन्ने थाहा छ । मलाइ जतिसुकै राम्रो लागे पनि उहाँ अर्काको प्रिय व्यक्ति हो भन्ने थाहा भएपछि कसैलाइ आफ्नो बनाउन सोच्न पनि नसक्तैन । मलाई थाहा छ अरुलाई खाने बाघले मलाई पनि निश्चित खानेछ र म क्षणिक खुशि हा चाहन्न । त्यसैले मैले अन्य भन्दा ढिलो तर धेरै बिचार गरेर मात्र निर्णय लिने कुरामा आफुलाई तयार पारिरहेको छु । मैले बिगतमा गरेको निर्णय अर्काको प्रेमिका कसैको हो भनेर थाहा भएपछि आफ्नो बनाउने कुरा सोच्नु पनि हुन्न भन्ने कुरा आज पनि उत्तिकै महत्त्वपुर्ण र सान्दर्भिक भएको छ । केही मेरा निर्णय यस्ता छन जुन कठिन थिएतर असम्भव थिएनन् र आज मेरो व्यवहारमा छन ।
५. बिवाह सम्बन्धी प्रचलित संस्कृति भन्दा थोरै फरक सोच
बिवाहमा हाल धेरै खर्च गर्ने संस्कृति मौलाइरहेको छ । नेपालमा धेरै जातिय समुह र धर्महरुका आ-आफ्नै रहेका छन । तिनीहरुको आफ्नै संस्कृतिहरु रहेका छन । मानिसहरु बैवाहिक कार्य थालनी गर्दा आ-आफ्नै संस्कार अनुसार गर्ने गर्दछन । यद्दपी मलाई यदि मेरो बिवाह सम्भावना भएको खण्डमा हुबहु संस्कार होस भन्ने चाहना छैन किनभने म केही परिवर्तन चाहन्छु । त्यसको लागि विज्ञान र नियम कानुनलाई संलग्न गराउने मेरो रुचि रहेको छ । म यसलाई तत्काल अहिले नै खुलाउन चाहन्न । यस सोचलाई प्रगतिशील र गतिशिल रुपमा लिन सकिन्छ तर मेरो मात्रै निर्णयले पुग्दैन । मैले बिवाह सम्बन्धी र त्यसपछिका सैद्बान्तिक र व्यवहारिक पक्ष रुपान्तरणमा व्यापक परिवर्तन तथा स्तरिकृतमा जोड रहेको छ ।
६. प्रेम, बिवाह र पारिवारीक सम्बन्धबारे नवीन सोच
क. प्रेम
प्रेम भनेको एक गहिरो भावना हो, जसले मानिसलाई आत्मीय सम्बन्ध, आपसी समझदारी, र स्नेहको माध्यमबाट जोड्छ । यो केवल एउटा भावना होइन, जीवनको विविध पक्षहरूलाई समेट्ने गहिरो अनुभव हो । प्राय मैले देखेका प्रेम जोडीहरुको मान्यता भनेको तँ भनेर सम्बोधन, गाली, शंका, झगडा र गोप्य सम्बन्ध नै प्रेम बलियो बनाउने आधार हो । जुन कुरामा म सहमत छैन । म तपाई भनेर सम्बोधन असहमती व्यवस्थित रुपमा राख्ने बिश्वासलाई कसिलो बनाउन दुबैको सहमतीमा शंकास्पद कुरा टुंग्याउने र वैधानिक र केही विश्वसनीयतामा सम्बन्ध प्रगाढ बनाउने आधार हुन । मैले आफ्नो प्रेम सम्बन्ध बलियो दिगो बनाउन केही मानन्यता र दिगो सम्बन्धका लागि केही दुबै पक्षले अगिकार गर्नुपर्ने आधारभुत शर्त निर्माण गरेको छु । जसलाई बुदाँगत रुपमा उल्लेख गरिएको छ ।
विश्वास – प्रेम सम्बन्धको जग विश्वास हो । यदि दुई पक्ष एक-अर्काप्रति इमानदार छन् भने मात्र सम्बन्ध दीर्घकालीन र सुदृढ हुन्छ ।
आदर र समानता – दुबै पक्ष एकअर्काको विचार, भावना, र निर्णयलाई आदर गर्नुपर्छ । सम्बन्धमा कुनै पनि पक्षले आफूलाई अरूभन्दा उच्च वा नीच ठान्नु हुँदैन ।
सम्पर्क (Communication) – स्पष्ट र नियमित सम्पर्कले सम्बन्धलाई बलियो बनाउँछ । समस्या भए समाधानका लागि खुलेर कुरा गर्न आवश्यक छ ।
समझदारी र धैर्य – प्रेम सम्बन्धमा कहिलेकाहीँ मतभेद र चुनौतीहरू आउन सक्छन् । यस्तो अवस्थामा एक-अर्कालाई बुझ्ने र सहनशील हुने क्षमता महत्वपूर्ण हुन्छ ।
समर्पण र समस – सम्बन्धलाई समय दिनु र यसको लागि प्रयास गर्नु आवश्यक छ । दुबै जनाले आफ्नो समय र ऊर्जा लगानी गर्नुपर्छ ।
स्वतन्त्रता र व्यक्तिगत स्थान – दुवै पक्षलाई आफ्नो व्यक्तिगत जीवन र स्वतन्त्रता हुने स्थान दिनु पर्छ । अत्यधिक नियन्त्रणले सम्बन्धलाई बिगार्न सक्छ ।
प्रेम सम्बन्ध कस्तो हुनु हुँदैन?
प्रेम सम्बन्ध सम्मानको अभाव, नकारात्मक नियन्त्रण, ईर्ष्या र शङ्का,शारीरिक वा मानसिक हिंसा, एकपक्षीय प्रयास र झूटा अपेक्षा र धोका दिने खालको हुनु हुदैन ।प्रेम सम्बन्ध सन्तुलन, सहयोग, र पारस्परिक
आधारित हुनुपर्छ यस्तो सम्बन्धले मात्र व्यक्तिहरूलाई खुशी, आत्म-सन्तोष, र सुरक्षित महसुस गराउँछ ।
ख. बैवाहिक सम्बन्ध
नेपालमा विवाहका विभिन्न प्रकारका परम्परा छन्, जस्तै:परम्परागत हिन्दू विवाह गुरुङ, राई, लिम्बू लगायतका समुदायका जातीय परम्परा अनुसारका विवाह र आधुनिक कानुनी विवाह (Court Marrage) प्रचलनमा रहेका छन । विवाह सम्बन्ध भनेको दुई व्यक्तिबीच विवाहमार्फत स्थापित भएको कानुनी, सामाजिक, र पारिवारिक सम्बन्ध हो । यो सम्बन्ध दाम्पत्य जीवनको आधार मानिन्छ । विवाह सम्बन्ध विभिन्न पक्षहरूमा आधारित हुन्छ, जसमा प्रेम, आपसी समझदारी, सामाजिक जिम्मेवारी, र सांस्कृतिक मान्यताहरू पर्छन् । बिवाह सम्बन्धी केही नयाँपन भनेको सर्वप्रथम समानता हो । यसमा अधिकार र जिम्मेवारी रहेका छ । महिलाहरु भनेका कम्जोर र असहाय होइनन् भन्ने मान्यता व्यवहारमा लागु गर्न आपसी समझदारीका आधारमा र आवश्यक्ता अनुसार बैवाहिक सम्बन्ध अगाडी बढाउने सोच बनाएको छु । मैले अन्तरकृया गरेका प्राय बिवाहित जोडीको अधिकतम मानयता तँ भनेर आपसमा सम्बोधन गर्नाले बलियो सम्बन्ध हुन्छ, शंका बढी बिश्वास कम पनि बढी माया, समझदारी कम बिवाद बढीले आफ्नोपन झल्काउने, सबैका अगाडी गाली गर्ने सम्मान कमले नियन्त्रण हुन्छ, पुरुष कमाउने महिला जमाउने, मर्द र चरित्रहिन, बोक्सो नहुने तर बोक्सी हुने र सम्पत्तिको हकमा पुरुष मात्र योग्य हुने परम्परा रहेको छ ।
जब आफ्नो जीवनभरी साथ दिने व्यक्ति महिला हो र जो बिना आफु अधुरो हुन्छु भन्ने थाहा छ । जो आफु बाहेकका पुरुष भन्दा उनीको महत्त्व ज्यादा छ । जो बिना मानव जगत अगाडी बढ्न सक्तैन र भविष्यको सार्थकता छैन भन्ने स्पष्ट छ । त्यस्तो बेला मानवीय सम्बन्ध प्रेम हो जुन आपसी हित र कल्याणका निम्ति जरुरी छ । अब त्यसका लागि सम्भव हुने समानता र स्वतन्त्रता महिला वा श्रीमतिलाई किन नदिने ? पहिलो भेटमा तपाई र हजुर भनेर आपरी सम्बोधन पछि तँ सम्बोधनले बलियो सम्बन्ध हुन्छ भन्ने मान्यता प्रति सहमत हुन सकिन्न । म आपसी बिशिष्ट सम्बोधनले मात्र बैवाहिक सम्बन्ध प्रगाढ हुने बिश्वास राख्दछु । बिश्वास भनेको बलियो हुनुपर्छ जसको लागि अनावश्यक शंकाले झन सम्बन्ध बिग्रने सम्भावना रहन्छ । षुरुष कमाउने महिला महिला जमाउने कुरामा म केही हलसम्म असहमत छु किनकी दुबैले कमाउने दुबैले जमाउने हुनु पर्दछ । मैले देखेको षुरुषले कमाएर जमाउन वा बचत गर्न नसक्दा आर्थिक अवस्था कयौं परिवार कम्जोर भएको देखेको छु । महिलाले बचत गर्नै हुन्न भन्ने बिलकुल होइन तर कमाउन पनि अवसर दिनुपर्छ । बिवाद असहमती प्रकट गर्ने तथानाम गाली र झर्केर होइन सभ्य र अनुशासन प्रर्वक अथवा तर्कपुर्ण शैलीले सम्न्धमा आफ्नोपना ल्याउने मान्यता मेरो रहेको छ । सम्मान भनेको बोली र व्यवहारले हुन्छ किनभने केही यस्ता परिवार छन जहाँ झगडै हुदैनन् । महिलालाई बोक्सी भन्ने तर षुरुष बोक्सो नभन्ने र गरिब दुखी, पराई वा नजीकको नातेदार नभएका र श्रीमान नभएका महिलाहरुलाई भन्ने गरिन्छ । यो जसलाई चरित्रण गरे पनि त्यो गलत हो । समाजमा पुरुषलाई मर्द भन्ने तर महिलालाई त्यस्तै शब्दले सम्बोधन गरेको पाइन्न । वास्तवमा परम्परागत हाम्रो समाजमा मर्द भनेको बलिदानी र योगदानलाई नभएर गलत र असामाजिक कार्य जस्तै बहुबिवाह र महिलालाई सम्मान नहुने व्यवहार प्रदर्शन गर्ने पुरुषलाई मर्द भनिन्थ्यो । यो गलत हो त्यसैले सहि कार्य गर्ने कामलाई र महिला परुष दुबैलाई योगदानका आधारमा मर्द प्रयोग हुन जरुरी छ ।
ग. पारिवारीक सम्बन्ध
पारिवारिक सम्बन्ध एकदमै महत्वपूर्ण हुन्छ र यसले मानिसको जीवनमा गहिरो प्रभाव पार्छ । राम्रो पारिवारिक सम्बन्धका लागि केही महत्वपूर्ण पक्षहरू यस्ता छन् । पारिवारिक सम्बन्ध भनेको दुई वा दुईभन्दा बढी व्यक्तिहरू बीचको जटिल र आपसी सम्बन्ध हो जुन खूनको सम्बन्ध, विवाह, नातेदारिता, र अन्य आपसी बन्धनमा आधारित हुन्छ। यसमा आमा-बाबु र छोराछोरी, दाजुभाइ-बहिनी, हजुरआमा-हजुरबा, काका-मामा, र अन्य परिवारका सदस्यहरूको सम्बन्ध समावेश हुन्छ। पारिवारिक सम्बन्धहरू सामान्यतया प्रेम, आदर, समर्थन, र समझदारीमा आधारित हुन्छन् र यी सम्बन्धहरूले समाजका आधारभूत मूल्य र संस्कृतिहरूलाई पनि मोल गर्छन् ।
पारिवारिक सम्बन्धहरूको महत्त्व धेरै छ, जसले व्यक्तिको मानसिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्न सक्छ। साथै, पारिवारिक सम्बन्धहरू समस्या समाधान, खुशीको अनुभूति, र जीवनमा कठिनाइहरूको सामना गर्न मद्दत पुर्याउँछन् ।पारिवारिक सम्बन्ध भनेको परिवारभित्र रहेका सदस्यहरूबीचको सामाजिक, भावनात्मक, र जिम्मेवारीजन्य सम्बन्ध हो। यो सम्बन्ध रगत, विवाह, दत्तक ग्रहण, वा अन्य सामाजिक सम्बन्धहरूका आधारमा विकसित हुन्छ ।
पारिवारिक सम्बन्धका प्रकारहरू:
अ. रगतको सम्बन्ध
आ. वैवाहिक सम्बन्ध
इ. दत्तक सम्बन्ध
ई. सामाजिक सम्बन्ध
पारिवारिक सम्बन्धको महत्व
– परिवारभित्र स्नेह र प्रेमले मानवीय सम्बन्ध बलियो बनाउँछ ।
– कठिन परिस्थितिमा परिवारजस्तो बलियो सहारा अरू कुनै सम्बन्धले दिन सक्दैन ।
– परिवार समाजको आधार हो, जसले व्यक्तिको सामाजिक पहिचान दिन्छ ।
– व्यक्तिमा नैतिकता, अनुशासन, र संस्कार परिवारबाट सिकिन्छ ।
– पारिवारिक सम्बन्धलाई मजबुत बनाउन विश्वास, आपसी सम्मान, संवाद, र सहयोग आवश्यक हुन्छ ।
पारिवारीक सम्बन्ध प्रगाढ बनाउन परिवारका सदस्यहरुबीच आपसमा आदर र सम्मान, पारस्परिक विश्वास, माया र स्नेह, संचार, सहयोग र साथ, समय बिताउने, धैर्यता र सहनशीलता, आत्मनिर्भरता र स्वतन्त्रता दिनु पर्दछ । पारिवारिक सम्बन्ध बलियो बनाउने मुख्य सूत्र भनेको माया, विश्वास, र सहकार्य हो । यस्तो सम्बन्धले जीवनमा सुखद र सकारात्मक ऊर्जा ल्याउँछ ।
७. म भन्दा १० बर्ष बढी उमेर भएकी व्यक्तिसँग गर्न सकिन्छ
बिवाह प्राय केटी केटा भन्दा उमेरमा कम हुनुपर्छ भन्ने मान्यता नै परम्परागत समाजको बिशेषता हो । आधुनिक समाजमा उमेरको धेरै हदसम्म मत्लब हुदैन । विश्व र नेपाली समाजमा अहिले पनि धेरैजसो पुरुषहरुले उमेरमा कम नै छनोट गरेको देखिन्छ । विश्वको शक्तिशाली राष्ट्रका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पकी श्रीमति मेलिना ट्रम्प र नेपालको सन्दर्भमा महानायक राजेश हमालकी श्रीमति मधु भट्टराईको जोडीलाई धेरै बर्षको ग्याप भएको देख्न सकिन्छ । मलाई मनमा लाग्छ जतिसुकै सुन्दरी, क्षमतावान र प्रभावशाली भए पनि किन महिलाहरु आफुभन्दा १०-१२ बर्ष जुनियरसँग बिहे उदाहणबाट आफुलाई प्रस्कृत गर्दै म भन्दा १० बर्ष कम उमेर भएका परुषसँग किन बिवाह गर्न मान्दैनन् ? किन समाजले सहजै सिनियर महिला भयो भने खिस्सी गर्दछ ? के यो समानता छ ?
मैले अहिले पनि केही तय गरेको छैन तर कनै पात्र वा व्यक्ति जोसँग बिचार, योजना, व्यवहार, शैली, सामाजिक, आर्थिक, शैक्षिक र अन्य जीवन निर्वाहका सवाल समान भए उमेर केवल अंक मात्र भइ जिन्दगीभर सहकार्य गर्न ती पात्रको उमेरले छेक्ने छैन । अर्को तर्फ मानवतावादी सोच राख्नेलाई बढी वा कम उमेर बाधक बन्नु हुदैन र सबै ठिक भए उमेर गौण हुने गर्दछ । अरु सबै मिल्छ भने उमेर बराबर सेकेन्ड कसैको हुदैन त्यसैले म उमेर खासै केही मान्ने पक्षमा छैन । उमेरको प्रवाह महिलाले मत्लब गर्दैनन् भने पुरुषले पनि आफ्नो सम्मान जोगाउन र महिलाहरुको सम्मानका लागि उमेर ठुलो बिषय बन्नु हुन्न । त्यसैले सोच बिचार र व्यवहार भएको पात्र भेटिए सबै राम्रो भए उमेरमा अगाडीको व्यक्तिसँग बिवाह गर्न उमेर बाधाको रुपमा हेरेको छैन ।
८. सन्तान जन्माउन र बंशलाइ निरंतरता दिनको लागि मात्रै बिवाह गर्नु हुदैँन
मानिसहरु धेरैले बिवाह सन्तान जन्माउन र बंशलाई निरंन्तरता दिन हो भन्दछन । त्यसमा पनि छोरा भनेको सन्तान र बंश मान्दछन । यो मलाई गलत र पछौटेपन जस्तो लाग्दछ । यदि बिवाह गर्दा केही राम्रो हुन्न जस्तै सधैं कलह बिबाद सन्तानलाई उचति शिक्षा, लालनपालन, संस्कार र असल नागरिक बनाउन सकिन्न भने बिवाह गर्नु जरुरत छैन । कनै व्यक्तिसँग न्युनतम बिचार मिल्दैन आपसी सम्मान छैन सहयोग हुदैन स्तन्त्रता मन पराउदैन हित र खुशि चाहन्न स्नेहपुर्ण बोली बोल्दैन निर्णयमा सामुहिक हुन्न र केवल नामको मात्र बिवाह हो भने बिवाह मेरो लागि जरुरी छैन । सन्तान जन्माउन र बंशलाइ निरंतरता दिनको लागि मात्रै बिवाह गर्नु भनेको जीवको नाममा हानिकारक जीवाणु फैलाउनु हो जस्तो मलाई लाग्दछ । यसो गर्नु भनेको सिंगो मानवको अपमान गर्नु हो । मैले नारी जातीको सम्मान स्वरुप बिवाह गर्ने छैन । मलाइ सन्तान, श्रीमति र बंश चाहिदैन यदी उनीहरु बिनै राम्रो गर्न सक्छु भने मलाइ बिवाह गर्नु छैन ।
९. बिद्यार्थी जीवन रहदासम्म बिवाह गर्न सकिन्
बिद्यार्थी जीवन जटिल र कठिन हुने भएकोले यहाँ आर्थिक समस्या हुने व्याप्त हुने गर्दछ । वर्तमान समयमा आर्थिक बिनिमय प्रणाली अति महत्त्वपुर्ण बन्न पुगेको छ । मैले त झन आर्थिक अभावमा न्युनतम खर्चमा आफ्नो र बहिनीहरुको खर्च टारिरहेको छु । मैले प्रेमिकालाई खर्च गर्नुको सट्टा पर्ण रुपमा बहिनीहरुलाई केन्द्रित गरे । हरेक रुपमा जटिल हुने भएकोले बिद्यार्थी कालमा बिवाह गर्ने बारे कहिले पनि कल्पना गरिन । बिद्यार्थी जीवन कति गाह्रो छ भन्ने कुरा भोग्ने बिद्यर्थीहरुलाई थाहा हुन्छ । एउठा बिद्यार्थी जसको आर्थिक अवस्था राम्रो छैन तर उसले समान्यतया उसको परिवार धान्न नै धौंउ धौंउ हुने निश्नित हुने गर्दछ । उसले आफ्नो पढाइ खर्च श्रामतीको र बालबालिका हुर्काउन र अन्य खर्च व्यवस्थापन गर्न गाह्रो हुने गर्दछ । मेरो हकमा त्यसबाहेक अतिरिक्त महत्त्वाकांक्षा योजना चौपट हुने निश्चित थियो त्यसकारण म बिद्यार्थी अवधीमा बिवाह नगर्ने निर्णय गरेको थिए ।
१०. मैले धुम्रपान,मदिराजन्य पदर्थ, मद्यपान र नसालु पदार्थ सेवन गरेको छैन
मैले हालसम्म मदिराजन्य पदर्थ, मद्यपान र नसालु पदार्थ सेवन गरेको छैन किनभने यिनले स्वयंम व्यक्ति, परिवार, समाज र भविष्यलाई हानी गर्दछ भन्ने राम्रोसँग थाहा थियो । अर्कोतर्फ मैले मोज मस्ती र अनावश्यक खानेकुरा रमाइलोका लागि प्रयोग गर्न रुचि ममा छैन । मैले मदिराजन्य पदर्थ, मद्यपान र नसालु पदार्थ सेवन नगर्नुको अर्को कारण स्वास्थ्यमा स्थिरता र दिगो जीवनका लागि सही निर्णय हो । मदिराजन्य पदर्थ, मद्यपान र नसालु पदार्थ सेवन नगर्दा समाजमा गरिने व्यवहार हो । यिनको सेवन गर्ने व्यक्ति र नगर्ने व्यक्तिबीच निकै भन्न रहने भएकोले पनि सेवन नगर्ने सही बानी हो ।
मैले बाल्यकालदेखी धेरै अन्याय र घात बेहोरेको छु तर ती सम्झेर मदिराजन्य पदर्थ, मद्यपान र नसालु पदार्थ सेवन गरिन । त्यस्तै मैले प्रेम सम्बन्धमा कहिल्यै नभएको र बिछोड पनि हुने कुरै भएन त्यसकारणमैले सेवन गरिन । मैले मदिराजन्य पदर्थ, मद्यपान र नसालु पदार्थ सेवन नगर्दा आमा खुशि हुनुहुनछ र आमाको सम्मान स्वरुप उहाँको बचन नकाट्नु मेरो कर्तव्य हो । मदिराजन्य पदर्थ, मद्यपान र नसालु पदार्थ सेवन नगर्नुको अन्तिम कारण मेरो सहयात्रीको लागि ठुलो उपहारको रुपमा अर्थ्याउने गरेको छु । मैले तनाव समस्या र मन दुखेको बेला बरु कहिलेकाहीँ चिसो पानी पिउने भने गर्दथे ।
११. मेरो जीवन सहयात्री यस्तो बिशेषताको होस्
मेरो चाहना जीवन सहयात्री समयानुकुल परिवर्तशील, चेतनशील, इमान्दार, शिक्षित, आत्मनिर्भर हुन प्रयत्न गर्ने, व्यवहारिक, आधुनिकतावादी, गतिशिलता र बास्तविकतामा बिश्वास राख्ने अन्य सकरात्कम सोच भएको पात्रसँग बाँकी जीवन सहयात्रा गर्ने आकांक्षा छ । यद्यपी जसरी भएपनि बिवाह गर्नपर्छ भन्ने मानसिकता ममा छैन ।
१२. बिवाह पछिको हाम्रो सम्बन्ध
धेरै जोडीहरुको बिवाहपछि असमान खालको सम्बन्ध कायम गर्ने गरिरहेका देखिन्छन । बिवाह गरिसकेपछि सबै कुरा श्रीमान श्रीमतिबिच साझा हुनुपर्छ तर बास्तवमा पुरुष स्वतन्त्र र माथि हुन्छन । एउटा बिवाहित पुरुष मान्छे अन्य महिलासँग लागेमा हेरिने दृष्ट्रिकोण र एउटा बिवाहित महिला पर पुरुषसँग लागेको थाहा पाएपछि परिवार तथा समाजमा दिइने सजाय र माफी निकै भिन्न रहेको छ । म आफ्नो बैवाहिक जीवनमा समान र गलतको बिपक्षमा उभ्याउन चाहन्छु । आपसी सम्मान र बिश्वास, सहनशीलता र इमान्दारीता,धेरै भन्दा धेरै सञ्चार , आपसी सहयोग र सामुहिक निर्णय, प्रेम र स्नेहपुर्वक अभिव्यक्ति, समस्याको समधान, आपसमा प्रयाप्त समय दिनु,पारिवारीक जिम्मेवारी र सन्तुलन, विश्वासघात र ईगोबाट बच्नुपर्छ र दुई परिवारबीच पनि सम्बन्ध स्थापित गर्ने बैवाहिक योजना र चाहना रहेको छ ।
१३. श्रीमतिलाई प्रोत्साहन र समर्थन
श्रीमतिले केही गर्न सक्तैन, उनीहरुले सम्पत्ति पाउदैनन्, घरमै थन्किनु पर्छ, छोराछोरी हुर्काउने मात्र काम हो, सामाजिक काममा बिश्वास नगर्ने र घरेलु हिंसा हुने परम्परागत समाजका बिशेषता हुन । म आधुनिक समाजमा हुने स्वतन्त्रता र सम्मान आफ्नो बैवाहिक जीवनमा देख्न चाहन्छु । त्यसैले निकट भविष्यमा मैले यदि बिवाह गरेछु भने अरुको तुलनामा धेरै प्रोत्सहान र गर्न लागेका वा चाहेका प्रगतिशील कार्यहरुमा समर्थन गर्ने पक्षमा छु । म खासगरी घरभित्र र घर बाहिर समान रुपमा जिम्मेवारी बाँडफाड गर्नुपर्ने पक्षमा आफुलाई उभ्याउन चाहन्छु । सामाजिक काममा पनि आवश्यकता र भुमिका अनुसार कार्यमा प्रोत्साहित र समर्थन गर्न चाहन्छु । यस सोच मबाट कार्यन्वयन गराउन सके आम महिलाहरु प्रति सम्मान प्रकट भएको महशुस गर्नेछु ।
१४. शुन्य पुर्खेउली सम्पत्ति योजना
पुर्खेउली सम्पत्ति भन्नाले कुनै व्यक्तिको पुर्खाहरूबाट पुस्तान्तरण भएर आएको सम्पत्ति वा धनलाई जनाउँछ । यो सम्पत्ति बुबा, हजुरबुबा वा अन्य पूर्वजहरूको स्वामित्वमा भएको र उत्तराधिकारका माध्यमबाट सन्तानलाई हस्तान्तरण भएको हुन्छ । म घरको एउटा मात्र छोरा भए पनि मलाइ आफनो पौरख र मेहनतले सम्पत्ती जोडेर जीवन बेतित गर्न इच्छुक रहेको छ । त्यसकारण मैले मन मिल्ने जीवन सहयात्री भेटे भने यो सम्भव र गरेरै छोड्नेछु । मलाई यो नै बैवाहिक समानता हुन सक्दछ भन्ने लाग्दछ । सुरुमा हाम्रो नाममा सम्पत्ती चल अचल सम्पत्ति साथमा हुने छैन तर पछि दुबैले कमाउन सम्भावना देख्दछु । मसँग बिवाह गर्नेले दुख महसुस गरेपनि पछि भने उदाहरण बन्नेछ । हामी दुबैले पुर्खेउली सम्पत्ति आफनो नाममा नल्याउनु नै लैगिंक, बैवाहिक र पारिवारिक समानता हो भन्ने बुझाइ रहेको छ ।
१५. पर्खाइ र धैर्यता
मैले यस अगाडी नै मेरो प्रेम सम्बन्ध अहिलेसम्म कसैसँग भएन भन्ने कुरा स्पष्ट पारिसकेको छु । यद्यपी मैले काल्पनिक पात्रको पर्खाइमा हालसम्म बसिरहेको छु तर ती पात्र भविष्यका दिनहरुमा भेटेका वा देखेका पात्र हुन सक्दछन । मैले एक पात्र, एकपटक प्रेम र एक बिवाह एउटा बहुमुल्य उपहार हो जुन म मेरो जीवनमा एक जनालाई दिएर आश्चार्यचकित (Surprize) दिन चाहन्छु । यसकारण मैले भन्ने गरेको समाजमा प्रचलित भन्दा ठिक बिपरीत पर्खाइ भन्ने ठान्दछु । मैले धैर्यता पुर्वक सुनौलो क्षणको पर्खाइ भविष्यमा प्रतिफल पाउन सकिने बिश्वास राखेको छु । त्यस्तै मेरो हित र राम्रो पारिवारीक स्थिति ज्यादै राम्रो चाहनु हुने आफन्त साथीभाइ र शुभचन्तकहरुमा म झैं धैयता राख्न अनुरोध गर्दछु ।
१६. उहाँको याद आउँछ
प्राय याद गर्ने भन्न बित्तिकै प्रेम सम्बन्ध दरार र दुबै जना एक अर्काबाट टाढा रहेको बेला गरिने कल्पना वा सम्झनालाई जनाउदछ । यस मामिलामा मैले उहाँ भन्नाले नामिक पात्रको याद नभइ काल्पनिक पात्रको यादलाई संकेत गरेको हो । यसको मत्लब म कल्पना गर्दा यदि उहाँ मेरो साथमा भइ आफ्नो उत्कृष्ट व्यवहार भएको पात्रले जटिलता र समस्यामा समुचित भुमिका निर्वाह बारे कल्पिन्छु । म जब एक्लै हुन्छु तब भविष्यमा उहाँको याद गर्ने कल्पना र भाबुक भएको छु । मैले उहाँलाई धेरैजसो सकरात्मक र बलियो ढंगले भविष्को याद गर्ने गर्दछु ।
१७. कसैको साथको आवश्यक्ता महसुस नभएको भने होइन
म पनि कोमल हिर्दय भएको एउटा व्यक्ति हुँ । प्रेम सम्बन्धको बिगत नभए पनि जटिल समय र एक्लो महसुस भएको बेला भने कनै स्त्रीको न्यानो साथको अभाव खड्किन्छ । म धैरै त याद गरिन किनकी तर जब प्रेमिल व्यवहारको महससु हन्थ्यो केही अभाव भएको जस्तो लाग्थ्यो । यद्यपी मैले आफ्नो योजना र संकल्प नै ठुलो ठानेर पर्खिएर २५ उमेर पुरा गरे ।
१८. बाह्य सुन्दरता मेरो प्रथमिकतामा छैन
सुन्दरता भनेको केवल देखिने कुरामा मात्र सीमित छैन, यो महसुस गर्ने र अनुभव गर्ने कुरा हो । सुन्दरता भनेको एउटा यस्तो गुण हो जसले मानिस, वस्तु, प्रकृति, विचार, वा अनुभवलाई आकर्षक, मनमोहक र रमणीय बनाउँछ । यो व्यक्तिको नजर, भावना, र दृष्टिकोणमा निर्भर गर्ने कुरा हो । सुन्दरता बाहिरी रूप मात्र होइन, भित्री गुण र व्यक्तित्वसँग पनि जोडिएको हुन्छ । सुन्दरता दुई प्रकारका छन । ती भित्रि सुन्दरता र बाह्य सुन्दरता रहेका छन । बाह्य सुन्दरता शारीरिक रूप, अनुहार, शरीरको बनावट, रंग, र लुक्ससँग सम्बन्धित हुन्छ । भित्री सुन्दरता मानिसको मन, विचार, व्यवहार, गुण, दया, प्रेम, इमानदारी, र सहयोगजस्ता गुणहरूले भित्री सुन्दरतालाई जनाउदछ । मलाई ती दुइ मध्ये भित्री सुन्दरतासँग रुचि छ र म कसैसँग आकर्षित गुणको माध्मबाट हुने गर्दछु । यदि निकट भविष्यमा आफ्नो जीवन सहयात्री छनोट गर्ने अवस्था आए भित्री सुन्दरता प्राथमिक र बाह्य सुन्दरता सहायक रुपमा लिनेछु । मलाई थाहा छ महिलाहरु बाह्य सुन्दरता बढाउन धेरै प्रयत्न र मेहनत गरिरहेका हुन्छन । म बाह्य सुन्दरताको सम्मान गर्दछु तर मेरो लागि थोरै हुनेछ ।
१९. आमाबुवालाई गत महिना दिएको सन्तुलित बचन
घरमा आमाबुवाले मेरो बारे धेरै चिन्ता गर्नु हुन्छ । त्यसैले मैले पनि उहाँहरुको बारेमा चिन्ता लाग्छ किनभने मैले आफ्नो दायित्व र जिम्मेवारी कुशलतापुर्वक पुरा गरी खुशि बनाउन सक्छु वा सक्तैन । गत महिना मैले आमाबुवाको मेरो बिवाह सम्बन्धी खास चाहना छ भनेर बुझ्ने बिचार गरे । मैले सुरुका दुई तिन दिन त उहाँहरुको अगाडी भन्न लाज र केबाट सुरु गर्ने भनि अन्योलमा परे । घरबाट निस्कनु अगाडी भने आँट गरेरै गम्भिर भएर सोधेको थिए । मैले भने आमाबुवा मलाई तपाईहरुले धेरै दिनुभयो । मैले धेरै दिन सकिरहेको छैन तर आज तपाईहरुको इच्छा र चाहना बुझ्नु मेरो कर्तव्य पुरा हो । त्यसैले मेरो बिवाह सम्बन्धी हजुरहरुको के चाहना छ ? के मैले बिवाह गर्दा साच्चिकै खुशी हुनु हुनेछ ? तपाइहरु मैले बिवाह गर्न ढिला भएको जस्तो लाग्छ ? के बिद्यमान समस्या मैले बिवाह गरेपछि हल हुन्छ ? सन्तान जन्माउन नातिनातीना खेलाउन वा नातिनातीना भन्न र बंश जोगाउन बिवाह जरुरी छ ? मैले हतारमा भए पनि बिवाह गरिदियोस् भन्ने चाहनु हुन्छ ?
उहाँहरुले जवाफमा हामी छोराको सफलता र हित हाम्रो सबथोक हो । हामी चाहन्छौ अरुले कुरा नकाटुन र पक्कै पनि अरुका छोराछोरीहरुले बिवाह र नातिनातीना हुदाँ हामीमा ति चाहना सृजना हुन्छन । त्यो भन्दा ठुलो तिम्रो चाहना हो किनभने अब हाम्रो जिउने आभार तिमी हो । तिम्रा प्रश्नहरुको एउटै जवाफ तिम्रो विवेकी निर्णय हो । हामीले तिमीलाई बुझेका छौ र तिमीहरुलाई सबथोक ठानेका छौ ठिक त्यस्तै तिमिलाई माया गर्ने, बुझ्ने र हर अवस्थामा साथ दिने मानिस भएको क्षण हामी आनन्दित हुनेछौ । बिचार मन र व्यवहार नमिल्ने व्यक्ति बिवाह गरेर सन्तान जन्माउनु र बंश फैलाउनुको अर्थ हुदैन । हामी त्यस्तो सोच्न पनि सक्तैनौ । हामीले बुझेको तिमीले रोजेको बुझेको र छनोट गरेको मानिस कहिले पनि हाम्रो लागि अस्वीकार्य हुदैनन् । अहिलेसम्म तिमिले सबैको हित र खुशि चाह्यौ अब आफ्नो खुशिको लागि पनि खोजी गरिराख । बाबुको लागि हामी जे त्याग गर्न तयार छौ र आत्तिएर दबाबमा बिहे गर्दा हामी सबैले भोग्नुपर्छ । हामीलाई छोराले यत्ति धेरै महत्त्व दिएकोमा नै हामी सन्तुष्ट छौ तर हाम्रो बास्तविकता थाहा पाएर बिवाह गरन तयार हुने आफुलाई मनपर्ने मानिस रोज्नु भन्ने हाम्रो सुझाव छ ।
अन्त्यमा मैले म यहीँ गर्छु भनेर अहिले निश्चित बचन हजुरहरुलाई दिन चाहन्न किनकी मलाई केही सत्य थाहा छैन । मैले भर्खरै स्नातक तह (Bachelor level) को चौथो बर्षको परिक्षा गरिसकेको छु । बिद्यार्थी समयमा बिवाह गर्ने बारे निर्णय लिदैन भनेको थिए तर अब हजुरहरुसँग अहिलेको सल्लाह पछि आगमी बर्षदेखी अबको १० देखी १५ बर्षसम्म बिवाहको लागि म तयार हुनेछु । मैले यस समयावधिमा आफ्नो लागि उपयुक्त व्यक्ति र अवस्था महसुस गरेमा बिवाह गर्नेछु तर यसपछि मैले बिवाह गर्ने छैन । अहिले म बिवाह र अबिवाह दुबै बराबर सम्भावना देख्छु । म चाहन्छु मैले बिवाहको निर्णय लिएपछिका समय बिवाहको कारण नराम्रो नहोस् । म अर्को बर्षबाट बिवाहको लागि तयार हुनेछु तर त्यसको लागि उपयुक्त वातावरण हुनुपर्छ ।
२०. सम्भव भए आगामी बर्ष बिवाह गर्न चाहन्छु
जब म २५ बर्ष पुरा भए त्यसपछि उमरमा बिवाह योग्य भएको थिए किनभने यस अगाडी बनाएको सोच थियो । यद्यपी मैले सोचे जस्तो २५ पछि बिवाह सहज भएको पाएको छैन । अहिले आफन्त र साथिभाइहरु भेट भएको बेला बिवाह कहिले गर्छौं ? बिवाह गर्ने बेला भएन र ? धेरै ढिला भए आफ्नो उमेरका केटीहरु पाउन गाह्रो हुन्छ ? जस्ता प्रश्नहरु बढ्ता गर्दा उत्तर दिन जटिल लाग्छ । साथै मलाई पनि बिवाह बारे निर्णय लिन दबाब बढेको छ । म पनि अन्योलमा परेको छु किनभने मसँग प्रेमिका नभएकोले चाहेर पनि के गर्न सकिन्छ भन्ने लाग्छ । त्यसैले भित्रि सुन्दरता भएको पात्र पाए आगामी बर्षको असोज वा मंसिरसम्म बिवाह गर्नेबारे सकरात्मक छु । यसको लागि मैले उपयुक्त मानेको पात्र भएको खण्डमा यो सम्भावना हुन सक्दछ । मैले गत महिना घरमा पनि भनि सकेको छु कि म बिवाह गर्न हतार नगरे पनि छिट्टो समय भनेको आगामी बर्ष हुनसक्छ । म मन मिल्ने र हाम्रो परिस्थिती बुझने व्यक्तिसँग कुरा मिल्यो भने मानसिक रुपमा आफुलाई तयारी गर्दैछु । म सुरुमा हजुरहरुको धारणा बुझन चाहन्छु र त्यसपछि म बाँकी प्रकृया थाल्नेछु । आमाबुवाले मलाई अब बिवाह गर्दा राम्रो हुन्छ तर हामी भन्दमा जान्ने तिमी छौं । त्यसैले हामी पनि चाहन्छौं बाबुको बिवाह होस् र राम्रो पात्र खोजेर जीवनसाथी बनाउनु हाम्रो सुझाव छ । मलाई के लाग्छ भने अहिले मेरो बारेमा सबै बुझेर मलाई आफ्नो जीवनसहयात्री योग्य ठान्ने व्यक्ति उपलब्ध भएमा आगामी बर्ष बैवाहिक बन्धनमा रहन तयार हुनेछु । यो ममा मात्र निर्भर छैन किनकी मैले उल्लेख गरेको पात्र भेटिएर बिवाहको लागि उक्त पात्रको बराबर भमिका पक्कै छ ।
अन्तयमा मैले यी व्यक्तिगत र आफना रुचिका बिषय उल्लेख गरी सार्वजनिक गर्नुको कारण मेरो प्रेम सम्बन्ध र बैवाहिक योजनाबारे धेरेले सोध्ने गरिरहेकाले एकमुष्ठ जानकारी गराउनुनको लागि हो । केहीले मैले फर्काएको जवाफ चित्त नबुझउने र धेरैले जिज्ञासा राख्नु भएकोले मभित्र भएका कुराहरु सार्वजनिक गरेको छु । मैले धेरैलाइ लामो कुरा बनाउन नसक्ने र आफ्ना बिचारहरु एकैपटक जानकारी गराउन यो माध्यम उपयुक्त लाग्यो । धेरै बिषयबस्तुहरु माथि उल्लेख गरिएको छ ती सबै व्यक्तगत रुपमा कुराकानीका क्रममा बताउन सम्भावना हुदैन र मस्तिष्कमा सबै बिषय एकैपटक आउन सक्तैनन् । मैले आफ्नो बिगत र बर्तमान अवस्थालाई बढी केन्दित गरेर यहाँ उल्लेख गरिएको छ । कसलाई के थाहा मेरा बिगत, योजना र बिचारहरु पढेपछि कोही व्यक्तिले मलाई ………………… ।