यु.के.लाल

माओवादीबाट बिस्थापित द्वन्दपीडित परिवार

हरेक मानिसलाई आफ्नो जन्मभूमि प्यारो लाग्दालाग्दै पनि परिस्थतीले प्रवासी जीवन जिउन बिवस बनाएको हुन्छ । प्रवासमा कडा परिश्रम गर्दै सम्पति आर्जन गरेर भौतिक रुपले सम्पन्न एवं सुबिधायुक्त जीवनयापन गरेको भएता पनि आफु जन्मेको घर, बाल्यकालका साथी–संगीहरु, घुमेका वनपाखाहरु, दुःखको भारी बिसाउने चौतारी, गाई चराउदै सुसेली हालेर बिभिन्न भाकामा गुनगुनाउने साइली–माइलीका गीतहरु, शिशिर यामको जाडो, बर्षा यामको झरी र बसन्त ऋतुको गर्मी सहँदै प्रकृतिसंग रमाउदै खेलेका क्षणहरु मानसपटलबाट कहिल्यैपनि हराउदैनन् । दैनिकी काममा ब्यस्त रहँदा आफुलाई सम्झने फुर्सद नभएपनि कहिलेकाँही राती सुतेर निदाएको बेला सपनामा बिगतका तस्विरहरु देखिए भने ब्युँझदाखेरी ति सपनाले निकै भावुक बनाउने गर्दछन् ।  यो प्रायः नेपालीहरुले जीवनमा भोगेर  आएका नियति र अनुभूतिका बिषय हुन सक्छन् । तर माओवादी जनयुद्धकालमा आफ्नो बुबाको कुनै कसुर बिना फरक बिचार राखेकै कारण क्रान्तिको वर्ग दुश्मनको रुपमा चित्रित गरी अपहरण गरेर दिएको मानसिक यातनाले सिङ्गो परिवार नै बिस्थापित भइ भारतमा गएर कडा परिश्रम गरि गरेको प्रगति र पाएको ख्याति बारे चर्चा गर्न लायक एक उदाहरणीय युवाहरु मध्ये भरत बुढाथोकी पनि एक हुन् ।

रुकुम (पुर्व) जिल्ला सिस्ने गाउँपालिका वडा नं ५ भैंसीखाल जन्म घर भएका आमा मनकुमारी बुढाथोककिोे कोखबाट २०४३ पुस ६ गते जन्मिएका डिल बहादुर बुढाथोकीका जेठा छोरा भरत बुढाथोकीका एक भाई रमेश बुढाथोकी, तीन बहिनी बिष्णु, दिब्या र चन्द्रीका रहेका छन ।  २०६६ सालमा गंगा बुढाथोकीसंग मागी बिवाह गरेर बैवाहिक सम्बन्धमा जोडिएका भरत बुढाथोकीका एक छोरा बबी बुढाथोकी र छोरी रीमा बुढाथोकी रहेका छन् । खोपीचारको प्राथमिक बिद्यालयमा कक्षासम्म अध्ययन गरेका भरत बुढाथोकीका बुबालाई माओवादी जनयुद्धकालमा कसैले माओवादीको बिरुद्धमा लागेको भन्ने गलत रिपोर्ट दिएकै कारण माओवादीको अपहरणमा परेर मानसिक यातना दिएपछि स–परिवार घरबाट बिस्थापित भइ भारतमै गएर कष्टकर समस्या झेल्दै बस्नुपर्दा पढ्ने अवसरबाट बञ्चित हुनुपरेको पिडादायी अवस्थाको कहानी जोडिएको द्वन्दपिडित परिवारको उनी एक नमुना पात्र पनि हुन् ।

(क) भाँडा पसलको बाल मजदूरदेखि यातायात ब्यवसायीसम्मको यात्रा

गाउँघरमा भद्र भलाद्मी भएर सामाजिक काममा क्रियाशिल हुँदै आएका भरतका बुबा डिल बहादुर बुढाथोकीलाई माओवादी जनयुद्धकालमा माओवादी बिरुद्धमा लागेको भन्ने गलत सुराकी दिएका कारण अपहरणमा परेर मानसिक यातना पाएपछि २०५३ मंसिरमा परिवार सहित बिस्थापित भएर   भारतको हिमाचल प्रदेशको सोलनमा आएको उनी बताउछन् । सोलनमा आएपछि उनका बुबाले जमिनदारको जग्गा भाडामा लिएर खेतीपातिको काममा परिवारलाई जोडेको र खेतीपातीले मात्र पारिवारिक खर्च धान्न गा¥हो हुँदा बाबु–छोराले मजदूरी काम पनि गर्ने सल्लाह गरेपछि आफु दश बर्षको उमेरमा सोलनमा रहेको शम्भु गोयलको भाँडा पसलमा मासिक रु १५० तलबबाट सेल्समेनको काममा जोडिएर दश बर्षसम्म काम गरेका रहेछन् । त्यसपछि उनी आफ्ना बाबुसंग नेपालमा आएर रुकुम जिल्ला प्रशासन कार्यालय मुसिकोटमा गइ नागरिकता बनाएर रुकुमकोट भैंसिखालमा रहेको घरमा नगइ मुसिकोटबाटै फर्केर भारतको सोलनमा गएको उनी बताउछन् ।

नेपालमा गइ नागरिकता बनाएर भारतमा फर्केर आएपछि हिमाचल प्रदेशको सोलनमा रहेको अनुराग मित्तलको गणपति डिपार्टमेन्टल स्टोरमा म्यानेजर भएर तीनबर्ष काम गरेको र यसै बीचमा यातायात ब्यवसायीहरुसंग सम्पर्क बढाएर केही कमिसन लिएर नेपाल जाने यात्रुहरुलाई सम्पर्कमा पठाइदिने सम्पर्क ब्यक्तिको काम पनि गर्दै जाँदा सन २०१५ मा कमलताल टुर एण्ड ट्रावल्स दर्ता गरेर पहिलोपटक भारतको हिमाचल प्रदेशको ठियोगबाट नेपाल–भारत यातायात काउन्टर राखेर सेवा सूचारु गरेको उनी बताउछन् । अहिले उनी स्वर्गद्वारी यातायात समितिसंग पनि जोडिएर २३ वटा गाडी सञ्चालन गरेर नेपाल–भारत यातायात सेवा दिंदै आइरहेका छन् ।

 

  (ख) द्वन्दमा बिस्थापित हुँदा र दुर्घट्नामा घाइते हुँदाको पीडा

भारत प्रवासमा रहेर जीविकोपार्जनका लागी कठिन परिश्रम र संघर्ष गर्दै आउने क्रममा भएको प्रगतिसंगै भरत बुढाथोकीका लागी सम्झदा भावुक बनाउने त्यस्ता केही अविष्मरणीय घट्नाहरु रहेका छन् । ति मध्ये पहिलो घट्ना माओवादी जनयुद्धकालमा आफ्नो बुबा डिलबहादुर बुढाथोकीलाई परिवार सहित बिस्थापित गराएर भारत प्रवासमा जान बाध्य बनाएपछि दशबर्षको उमेरमा आफुले जन्मघर छोड्नुपर्दाको भावुक क्षण र गंगा बुढाथोकीसंग बिवाह गरेको १ बर्षपछि सोलनमा बाइक दुर्घट्नामा परि देब्रे खुट्टा भाँच्चीएर छ महिनासम्म थला परेर उपचारमा बस्नुपर्दाको कठिन पीडादायी क्षण उनको लागी जीवनभर बिर्सनै नसकिने दुई ठुला घट्नाहरु भएको उनी बताउछन् ।

 

(ग) प्रवासकै मान्छेबाट पाएको सम्झनलायक सहयोग

समाजमा बसेपछि कतिपय हानीकारक ब्यक्ति तथा परिस्थितीजन्य कारणले मानिसले दुःख–कष्ट बेहोर्नुपर्ने हुन्छ भने हरेक मानिसका समस्या र पीडासंग जोडिएर कुनै न कुनै रुपमा सहयोग पु¥याउने ब्यक्तिहरु पनि हाम्रो समाजमा हुने गर्छन । समस्या एवं पीडाको अवस्थामा साथ–सहयोग गरेर सकारात्मक भूमिका निर्वाह गर्ने मान्छेहरु साँच्चीकै सम्झनलायक पात्रको रुपमा रहेका हुन्छन् । भरत बुढाथोकीको हकमा आफु बाइक दुर्घट्नामा परि छ महिनासम्म थला परेर उपचारमा रहेको बेला अस्पतालमा आफ्नो बिरामी कुरुवा भएर सहयोग गर्ने मण्डी जिलाको साथी रामचन्द्र राङ्डा र उपचारमा आर्थिक सहयोग गर्ने गण्पति डिपार्टमेन्टल स्टोरका मालिक अनुराग मित्तलको गुनलाई उनले जीवनभर भुल्न नसकिने बताउछन् भने नेपाल–भारत यातायात समिति बनाउदा चण्डीगढमा बस्ने दाङ तुलसीपुर नगरपालिकाका साथी गगन बस्नेतले ब्यवसाय दर्ता प्रकृयामा गरेको सहयोग पनि उनको लागी अविष्मरणीय क्षण रहेको छ ।

 

(घ) भारतमा भएको प्रगति स्वदेशमा सम्पती

तत्कालिन राज्यपक्ष र बिद्रोही माओवादी द्वन्दरत पक्षबाट भएका भयावह युद्धको मारमा आफ्नो परिवार पनि परेर बिस्थापित हुनुपर्दा भारत प्रवासमै आफ्नो बुबाको मृत्यु भएको र आफुले पनि पाँच कक्षा भन्दा बढी पढ्न नपाएता पनि बाबु–छोराको मेहनेतले गर्दा भारतमै रहेर पनि आफ्ना भाइ–बहिनीहरुलाई दश कक्षासम्म पढाउन सफल भएका भरत बुढाथोकीले दाङको घोराहीमा डेढकरोड बराबरको जग्गा किनेका छन् भने आठलाख भारु पर्ने निशान कार किनेर ब्यक्तिगत प्रयोजनमा चलाइरहेका छन् । नेपालबाट परिवार सहित आएका केही नेपालीहरु बिकृतिमा लागेर बिग्रेका घट्नाहरु आफ्नै आँखाले देखिरहेका भरत बुढाथोकीले नेपालीहरु सबैभन्दा बढी हेपिने भनेको भारतको हिमाचल प्रदेश नै भएकोले लामो समयसम्म भारत प्रवासमा नबसेर स्वदेशमा आइ भविष्यमा कुनै उद्योग खोल्ने सपना रहेको उनी बताउछन् ।।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto