सुबर्ण गहतराज
सुन्दर भविष्यको खोजीमा गाउँबाट हराएको करिब एक दशक भए छ । सयौं बर्ष बसी रहन मन लाउने ति सुन्दर वनपाखा खोलानाला गाउँघर लेक वेँसी सुन्दर सिस्ने हिमालको मुस्कान उकाली ओराली भञ्ज्याङ्ग चौतारीवाट बिरानो भएको १० बर्ष नै भएछ, अल्लारे उमेरमा शहर रंगिन लाग्छ जति परिपक्व हुँदै गयो त्यति रंगिन शहर मधुरा हुदै जाँदो रहेछन । हुन त प्रकाशले गोरखाको अनकन्टार चुमभ्यालीमा ३४ बर्ष आफ्नो सिङ्गो जीवन नै हराएर विताए । विद्या चापागाईंको हेर्ने कथा नामक युट्युव च्यानलबाट दुरी धेरै हैन आफ्नै देशभित्र हो तैपनि भौगोलिक बिकटताले मान्छेलाई भौतिक र भावनात्मक रुपमा हजारौं माइल टाढा पु¥याउदो रहेछ भन्ने यो एउटा उदाहरण हो ।

सुगम ठाउँका मान्छे देश बाहिर नै भएता पनि काहिँकतै बर्षमा एक दुई पटक आफ्नो गाउँघर फर्केर जान्छन् तर देश भित्रै भएकाहरु पनि भौगोलिक विकटताको कारण बर्षाै सम्म हराउँछन । चुम भ्याली जस्तो तिब्बतको सिमानामा पर्ने बिकट त हैन मेरो गाउँ आठबिसकोट एक, दुई तीन वडा तर डोल्पाको सिमानामा पर्ने रुकुमको अनकन्टार नै हो अहिलेसम्म सहज यातायात पहुँच छैन (उस्तै परे गाउँसम्म पुग्न १–२ दिन पैदल हिड्न पर्ने बाध्यता छ) भरपर्दो शिक्षा स्वास्थ र सञ्चार छैन त्यहाँको जनजीवन कष्टकर छ चुमभ्यालीका जस्ता कहालिलाग्दा हेर्ने कथाहरु छन हाम्रो गाउँका पनि, सरकारको आँखा कहिले पुग्ने यस्तै अनकन्टार गाउँ वस्ती तिर ?

म गाउँबाट हराए देखि बर्षमा १ पटक मुस्किलले घर जान्छु होला कुनै बेला दुई बर्षमा एक पटक मात्रै गईयो होला कति त आफ्नो पढाइ र कामको व्यस्तताले होला धेरै ठुलो कारण चाहिँ भौगोलिक बिकटता नै हो आफ्नै सावरी साधन बिच बाटो मै थन्क्याएर १ दिन पैदल हिड्न पर्दा कस्तो पिर होला ? गाउँ सँग भौतिक सामिप्यता कमजोर भइसक्यो, तर भावनात्मक निकटता भने झन बढी रहेको छ यो फिलिङ गाउँ बाहिर रहेने प्राय सबै साथीहरूको होला । गाउँको यो अवस्था परिवर्तनको लागि केही गरम भन्ने हुन्छ तर एउटैले गरेर मात्रै त केहि हुने हैन । सबै युवाहरुको एकता र सकारात्मक सोचले पक्कै पनि केही गर्न सकिन्छ होला । आलोचना गरेर मात्र गाउँको विकास कसरी हुन्छ ? कसैको कामको आलोचना गर्नलाई आफुले पनि सानो ठुलो कुनै न कुनै समाजले सम्झन लायक योगदान दिएको हुनपर्छ किनकि काम गर्न आलोचना गरेजति सजिलो अवस्य हुदैन । जिम्मेवार निकायलाई खवरदारी अवस्य गर्नुपर्छ तर प्रतिसोध साट्ने तरिकाले हैन रचनात्मक सल्लाह सुझाव सहि दृष्टिकोण प्रदान गर्ने तरिकाले,

यदि सबै युवाहरु कुनै पनि राजनीतिक तथा व्यक्तिगत प्रतिसोध त्यागी स्वतन्त्र रुपमा एकतामा आउनुहुन्छ भने भने आउनुस गाउँको परोपकारी काम र अवस्था परिवर्तन गर्न, भावी पुस्तालाई सुन्दर सभ्य र समृद्ध गाउँ सुम्पिनको निम्ति आफ्नो बौद्धिक श्रम भौतिक श्रम जे आवश्यक पर्छ त्यही समर्पन गरौँ । पालिका देखि सिंहदरबार सम्मै सिङ्गो सरकारको ध्यानाकर्षण गर्ने महा अभियान नै चलाऔँ । कति जना तयार हुनुहुन्छ ?
किनकि पु्र्वाधार विकास र वृहत् लागनी अनि लगानीको सहि सदुपयोग भएमा हाम्रो ठाउँ स्वर्ग बन्न धेरै समय लाग्दैन, अर्घानिक खेती, रैथाने कृषि, फलफुल बेमौसमीक व्यवसायिक तरकारी खेति, जडिबुटी, मझौला हाईड्रो पावर, प्रकृतिक सुन्दरता र स्रोतसाधनले भरिपुर्ण भएको कारण पर्यटन, धार्मिक पर्यटन(शाइकुमारी मन्दिर), ट्रेकिङ, हाइकिङ्ग हन्टीङ्ग, मनोरञजन (फिल्म छायांकन) जस्ता क्षेत्रहरुमा अथाह सम्भावनाहरु छन

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto