हरि जिज्ञासु

माओवादी विचार कहिले मर्दैन यो त सर्वहारा वर्ग र भुइमान्छेको मनमा जन्मिरहने विचार हो । यो बरु फैलाउन सक्यो भने फैलिन्छ, खुम्चिदैन ।

गाउँ सहरमा आजभोली धेरैको मनमा एउटै कुरा खेलिरहेको हुन्छ, अब माओवादी सकिन्छ त ? के साँच्चिकै माओवादी सकिन आँटेकै हो त ? कम्युनिस्ट विचार बोकेर समाजवादको यात्रा गरेकाहरु थाकेर विचारबाट विचलित भएकै हुन त ? माओवादी विचारबाट बिचलित भएर जाने कहाँ र गर्ने के लगायतको विषयमा भने सबैले हेक्का राख्नुपर्नेहुन्छ ।
आम नागरिकमा माओवादी सकिन थाल्यो भनेर भ्रमको बिऊ छर्नेहरुलाई माओवादी विचारबाट बिचलित नभएकाहरुले सम्झनाउन सक्नुपर्छ । पार्टी बचाउनको लागि विचार र सिद्धान्तमा अडिक हुनुपर्छ तर माओवादीका धेरै नतोहरु विचार र सच्चा कम्यूनिष्ट विचार सिद्धान्तमा अडिन नसकेको अवस्था हाल नेपालमा छ ।
नेपालका राजनीतिक विश्लेषकहरुले नेपालमा सच्चा कम्युनिस्ट छैन भनेर पटक–पटक भनिरहेका छन् । नेकपा एमालेपछि जन्मेको कम्युनिष्ट पाटी माओवादी भएपनि माओवादीको कम्युनिस्टपन एमालेभन्दा फरक हुन सकेन । बि.स.२००७ सालपछि जन्मेको प्रजातान्त्रिक पाटी नेपाली काँग्रेसले पनि पार्टीलाई उमेरले बुढो बनाउनु बाहेक देशको हितको निम्ति खासै केही गर्न सकेन । बि.स २०४६ सालपछि जन्मेको नेकपा एमालेले पनि देशको हितको निम्ति खासै केही गर्न सकेन । बरु एमाले पार्टीलाई कम्युनिस्ट हो कि प्रजान्त्रिक पाटी हो भनेर थाह पाउन मुस्किल भयो । बि.स.२०५२ पछि क्रान्तिकारी विचार बोकेर नेकपा माओवादीले आफ्नो यात्रा सुरु ग¥यो । माओवादीपनि सुकेको घाँसमा सल्केको आगोजस्तै दन्कियो तर छेनभरमै निभ्यो । सर्बहारा वर्ग र दिन दुःखीहरुलाई बोल्न सक्ने र निडरसाथ हिड्न सक्ने बनायो तर उनीहरुलाई आफ्नो विचार बोकेर संधै हिडिरहने बनाउन सकेन । यो माओवादीको समस्या हो ।
राजनीति सफल हुनु भनेको जनताले नेतृत्व गर्ने व्यक्तिको विचार र सिद्धान्तलाई साथ दिनु हो र पच्छाउनु हो । माओवादी राजनीतिक विचारलाई कुनै समय दलित, मधेशी जनजाति र सर्वहारा बर्गले बोकेर हिडेका हुन् । क्रान्तिकारी विचारलाई बोकेर हिडेका हजारौँ व्यक्तिहरु देशमा परिवर्तन ल्याउनको लागि मर्न तयार भएका हुन् र मरेका हुन् । सर्बहारा बर्गको निस्कपट क्रान्तिकारी विचारको सम्मान नगरेर कपटी विचार बोकेका माओवादीहरु काण्डैकाण्डमा मुछिएपछि माओवादी विचार कसरी बचाउन सकिन्छ ? देश र जनताको निम्ति दाजुभाई गुमाएका सर्बसाधारणहरुले कसरी गर्र्वकासाथ माओवादी हुँ भन्न सक्छन् ? क्रान्तिकारी विचारलाई पाखा लगाएर काँग्रेस र एमालेको आडमा सत्तामा पुगेपछि आफन्तलाई राजनीतिक नियुक्तिको भर्ती गर्नेहो भने कसरी माओवादी विचारलाई वचाउन सकिन्छ ?
बि.स. २०६४ को संविधानसभाको निर्वाचनमा पहिलो पाटीको रुपमा देखिएको माओवादी अहिले ३२ सिटमा पुग्नको कारण के होला भन्ने विषयमा माओवादी नेताहरुले अझै पनि गम्भिरताकोसाथ विश्लेषण र छलफल गरेको देखिएको छैन । माओवादीको नेतृत्व गरेका प्रचण्ड रहुन्जेलसम्ममात्र माओवादी रहन्छ भन्ने आँकलन गर्नसक्ने अवस्थामा जनता गएको देखिन्छ । यस्तो अवस्था किन आयो भन्ने विषयमा गम्भिर छलफल गर्नुपर्छ पर्दैन ? संघ देखि स्थानीय तहसम्मका माओवादी नेता तथा कार्यकर्ताहरु अवसर खोज्दै पार्टी परित्याग गर्ने गरेका छन् यस्तो अवस्था किन आयो ? यस्तो अवस्थालाई न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा पाटीभित्र छलफल हुनुपर्छ कि पर्दैन ? त्यसकारण माओवादी बचाउनको लागि माओवादीका उच्चस्थरीय नेताहरुमा सुधार नआएसम्म माओवादी विचार बचाउन मुस्किल नै छ । अन्य राजनीतिक दलभन्दा माओवादीले उठाएको ऐजेण्डामा देश सञ्चालित छ भन्ने कुरासमेत जनतालाई बुझाउन सकिएन भने कसरी माओवादी बाँच्न सक्छ ? माओवादी एउटा विचार हो विचारबाट बिचलित हुनेहरु सच्चा माओवादी हुनसक्दैनन् । बाहिर माओवादी विचार बोकेको जस्तो देखिने तर भित्र कपटी विचार बोकेर काण्डमा मुछिनेहरुले पनि माओवादी विचारलाई सखाप बनाउछन् । सर्बहाराको पाटी भनेकै माओवादी हो भन्नेकुरा माओवादी नेताहरुले जनतालाई बुझाउन सक्नुपर्छ ।
मान्छेलाई हसाउने खुबी बोकेका प्यूठानका भेलुबाजे जस्ता भूइमान्छेले बोकेको माओवादी विचार हो । सर्बसाधारणले बोक्न सक्ने यो विचार सामान्ति सोच भएकाहरुले सोचजस्तै सजिलै सखाप हुन्छ भन्ने मलाई लाग्दैन । केही आफ्नै कारण र केही पार्टी कार्यकर्ताको कारण राजनीतिक घाटा बेहोरेका पुष्प कमल दाहाल प्रचण्ड सत्ताबाट बाहिरिदा यदि यो संसारमा बेलुबाजे भइदिएको भए उनले प्रचण्डलाई उत्साह दिन्थे होला । किनकि माओवादी विचार सर्बसाधारणलाई मन पर्छ सामान्ति सोच भएकाहरुलाई त्यति मन पर्दैन । प्रचण्ड सत्ताबाट बाहिरिदा धेरैजना दुःखी छन् । काँग्रेस र एमोल नेतृत्व गरेका नेताहरु भन्दा माओवादी नेतृत्व गरेका प्रचण्डलाई जनताले प्रधानमन्त्री रहेर देशको नेतृत्व गरेको चाहान्छनु ।
माओवादी विचारलाई बचाइराख्नको लागि माओवादी नेताहरु व्यक्तिगत स्वास्र्थ र पारिवारिक स्वार्थबाट माथि उठेर सर्बहारा र सहिदहरुको परिवारको पक्षमा माओवादी विचार बिस्तार गर्नुपर्छ । रोल्पा रुकुमबाट सुरु भएको क्रान्तिलाई काठमाण्डौँमा पु¥याएर काण्ड मच्चाएर सकाउनु हुदैन । केहि बचेकुचेका माओवादी कार्यकर्ताले व्यक्तिगत स्वार्थमा आफूलाई उचाल्ने हो भने माओवादी विचार रहँदैन खुम्चिदै जान्छ । अझै माओवादी विचार गायप नै भएको छैन । माओवादी नेतृत्व पुष्प कमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिदा जनताको मनमा माओवादीमा केही आशा छ भन्ने कुराको विश्वास दिलाएका छन् । तर प्रचण्डले दिलाएको विश्वासमात्र माओवादी राजनीतिको लागि पूर्ण छैन । माओवादी राजनीति बचाउनको लागि स्थानीयदेखि केन्द्रीय माओवादी नेताहरुको विचार परिवर्तन हुन जरुरी छ । सामान्ति सोच भएकाहरुलाई प्रास्त गर्नको लागि क्रान्तिकारी बनेकाहरुनै सामान्ति सोचमा चुर्लम्म डुबियो भने पार्टी बचाउने चिन्ता अलि कम गर्दा हुन्छ ।
अहिले पनि रुकुम रोल्पाका इमान्दार माओवादी कार्यकर्ताहरु प्रचण्डलाई हेरेर माओवादी जिन्दावाद भन्छन् । अवसर खोज्नेहर कतिखेर एमाले कुरेर बस्छन् भने कतिखेर काँग्रेस कुरेर बस्छन् । साँच्चिकै कम्युनिस्ट विचारलाई आत्मसाथ बोकेर अगाडि बड्ने हो भने देश निर्माण गर्ने भनेकै कम्युनिष्टहरुले हो तर नेपाललाई कम्युनिस्ट राजनीति त्यति फलिफाप भएको छैन । कम्युनिस्ट विचार बोकेकाहरुहरु नामधारी भएपछि देश बन्ने कुरा भएन । त्यसकारण सबै भन्दा पहिला माओवादी विचारलाई बचाउनुपर्छ । आगामी निर्वाचनमा ३२ सिटलाई बढाएर १०० सिट बनाउने अभियानमा माओवादी जानुपर्छ ।
माओवादी सर्वसाधारणको पार्टी अर्थात भूइमान्छेहरुको पार्टी हो भन्नेकुरालाई जनतामाझ पु¥याउन आवश्क छ । व्यक्तिगत स्वार्थमा पाटीकार्यकर्ता निदाएमा अव पार्टी कहिले माथि उठ्दैन् सर्वाहाराको हितको नम्ति क्रान्तिको नेतृत्व गरेका प्रचण्ड कहिले देशको प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्दैनन् । माओवादीले सत्ता बचाउनकै लागि एमाले र काँग्रेससँग यताउती गर्नुभन्दा जनतालाई माओवादी सर्वहाराको पार्टी हो भन्ने कुरालाई बुझाउन आवश्यक छ । सत्तामा पुगेर हामी व्यक्तिगत स्वार्थमा अल्झियौँ भन्ने कुराको स्वीकार गर्नु आवश्यक छ । माओवादी विचार कहिले मर्दैन यो त सर्वहारा वर्ग र भुइमान्छेको मनमा जन्मिरहने विचार हो । यो बरु फैलाउन सक्यो भने फैलिन्छ खुम्चिदैन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto