विद्यार्थी आन्दोलन खारेज हुँदैन बरु खारेज गरिदिन्छ

आहा सञ्चार |

धनु सी केन्द्रिय सदस्य अखिल समाजवादी स्कुल विद्यालयको औपचारिक अध्ययन पूरा गरेर क्याम्पस र विश्वविद्यालय प्रवेश गर्दा साधरणतया मानिस लगभग १६÷१७ वर्षदेखि २८÷२९ वर्षको उमेर समूहमा हुने गर्छन् । यो उमेर समूह

देश बन्छ तर बिस्तारै

आहा सञ्चार |

हरि जिज्ञासु चिया पसलमा चिया पिउँदै युवाहरु देश र देशको राजनीतिको विषयमा गफ गरेर समय कटाउँछन् । यहाँ सबैलाई होइन कतिपयलाई देशको चिन्ता छ । पुर्खेउली सम्पतीको कारण चोकको चिया पसलमा बसेर चिया पिउनेहरुलाई

बच्चालाई नदाँजौं

आहा सञ्चार |

अभिभावक भन्छन,–नानी साह्रै बिग्रियो । सकिनँ मैले । टेर्दै टेर्दैन । हेपिसक्यो । लौ न सर, सम्झाइदिनुप¥यो । तँलाई पख्, म बाबालाई भनिदिन्छु । पढ्न बसिस ? कत्ति खेलिराखेको ? छिटो होम वर्क गर । म त हैरान भएँ । फलानो

राजनीति

कला/साहित्य

  • कहिलेकाँही सम्झनामा आउने मान्छे

    भ्यालेन्टलाइन दिवस विशेष

    हरि जिज्ञासु
    गत वर्ष त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट ऐयर इण्डीया बिमानमा एउटा समिटमा सहभागी हुन दिल्ली पुगको थिएँ । ३ दिनको समिट सकिएपछि दिल्लीको इन्दिरागान्धी अन्तराष्ट्रिय बिमानस्थलबाटै नेपाल फर्कनु प¥यो ।

    इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थल आफैमा पनि ठूलो विमानस्थल हो । सुरुमा जाने व्यक्ति एक्लै भयो भने हराउँछ भन्न त मिल्दैन तर यदि लोकेशन थाह भएन भने धर्तीमा रहेको जहाज धर्तीमा रहेको मान्छेलाई छोडेर आकाशमा उड्न सक्छ । मैले आजसम्म तीन पटक दिल्लीको यस विमानस्थलमा पाइला टेकेको छु । त्यसैले पनि मलाई त्यति समस्या नहोला । तर पनि अलि सोझो छु अलमलमा परिहाल्छु ।

    त्यति ठूलो बिमानस्थल भए पनि इन्दिरागान्धी अन्तराष्ट्रिय बिमानस्थलमा धेरै ठूलो लाइन बस्नुपर्ने समस्या देखिन । मेरो साथमा लगेज र ह्याण्ड बाग थियो । लगेज काउन्टरमा बुझाएर बोडिङ पास लिएँ । झोलामा क्यामरा र ल्यापटप थियो । दिल्लीको इन्दिरागान्धी ऐयरर्पोटमा नेपालको भन्दा कडा तरिकाले चेक हुँदोरहेछ । ल्यापटप, क्यामेरा लगायत इलोक्टोनिक समान सबैको बढो गजबले चेक ग¥यो ।

    चेकिङ सकिएपछि अलि ढुक्क हुने । समयलाई ध्यान दिइएन भने त फेरि विमान छुट्न सक्छ । चेकिङ सकिएपछि करिब ४५ मिटेट जति डिले थियो । बोडिङ पास पछि धेरै जना ठूलो बिमानमा चडेर आकाशमा उड्नलाई पर्खी रहेका हुन्छन् । म पनि भारतको आकास हुँदै नेपालको आकाश प्रवेश गरेर नेपालको भूमिमा टेक्नलाई त्यो समय ४५ मिनेटसम्म पर्खेँ ।

    मैले नेपाल पुग्नको लागि जहाजलाई ४५ मिनेट पर्खेको थिएँ । मेरो छेउमा बसेकी एउटी मान्छेले भारतको आकाश हुँदै अस्ट्रेलियाको आकाशमा पुग्नलाई ३० मिनेट पर्खेकी रहेछिन् । म पनि एक्लो थिएँ । उनी पनि एक्ली थिइन् । हेर्दा नेपाली जस्तै लाग्यो । छेउमा भएकोले बोली हालेँ “हजुर नेपाली हो ?” उनले जवाफ दिइन, “हजर हो ।” ३० मिनेट बिताउनलाई अलि सहज बनाउन उनी मेरो साथी भइन् ।
    सिल्की कपाल, गहुँगोरी, ठिक्कको हाइट । हेर्दा राम्री देखिन्थिन् । आफ्नो जस्तै यात्रा सम्झेर सोधेँ “हजुर पनि नेपाल जाने हो ?” उनले समधुर स्वरमा जवाफ दिइन् । “होइन म त सिड्नी जान लागेको ।” उनले सिड्नी भनेपछि अलि म अलमलमा परेँ । किनकि मलाई त्यतिखेरसम्म अस्टे«लियाको शहर सिड्नी हो भन्ने थाह नै थिएन । मेरो अलमलतालाई बुझेर उनले सजिलोको लागि भनिन् “अस्टे«लिया ।”
    उनी अध्ययनको लागि अष्टे«लिया जाँदै रहेछिन् । देशको बर्तमान अवस्था र युवाहरु बिदेश पलायन हुनुको कारणबारे कुराकानी ग¥यौँ । उनले पनि मेरो बारेमा धेरै कुरा जान्ने चाहना राखेपछि मैले पनि मेरो अवस्थाबारे बताएँ । उनले पनि आफ्नो पारिवारिक अवस्थाबारे बताइन् । हामी विदेशमा बसेर देशको कुरा गरिरहेका थियौँ । लाग्दैथियो उनलाई पनि देशको चिन्ता छ ।

    हाम्रो कुराकानी झन मिठा लाग्दै थिए । अझै धेरै मनका कुरा खोल्न बाँकि नै थियो । उनको जहाज उनलाई बोकेर अस्टे«लियाको सिड्नी शहर पुग्न तयारी अवस्थामा रहेपछि काउन्टरबाट एनाउन्स ग¥यो । उनी ओह ! “मेरो त समय भयो” भन्दै जुरुक्क उठिन् । उनको आँखाहरुले अझै केहि भन्न खोजिरहेका थिए । तर भन्नलाई समय थिएन । मैले पनि केहि भन्न खोजिरहेको थिएँ तर पनि समय थिएन । उनी जुरुक्क उठेर भनीन् “ल राम्रोसँग जानुहोला है म त लागेँ ।” मैल हस हजुर हुन्छ भन्दै उनलाई शुभयात्रा भने । हिड्दाखेरी उनले हात हल्लाएर बिदा मागिन् । मैले पनि हात हल्लाइदिएँ । छुट्न मन थिएन तर पनि छुट्नै पर्ने थियो ।

    उनले काउन्टरमा बोडिङ पास देखाएर गेटबाट भित्र प्रवेश गरुन्जेल मैले उनलाई हेरिरहेँ । गेटबाट भित्र प्रवेश गर्नु अघि उनले पछाडि पर्खेर मलाई हेर्दै हात हल्लाइन् मैले पनि अन्तिम हात हल्लाइ दिएँ । उनीसँग कुराकानी गर्दा ३० मिनेट बितेको पत्तो नपाएको मलाई १५ मिनेट बिताउन गाह्रो भयो ।
    उनी उनको सपनाको संसारमा पुग्नको लागि ठूलो बिमानमा बसेर आकासमा उडिरहेकी थिइन् । उनी उडेको करिब १५ मिनेटपछि म पनि नेपाल पुग्न आकाशमै उडिरहेको थिएँ । हामी दुवै जना फरक आकाशमा फरक यात्रा गरिरहेका थियौँ । मैले आकाशमै उनलाई सम्झेको थिएँ र मलाई लाग्छ उनले पनि मलाई आकाशमै सम्झिरहेकी थिइन् ।

    दुःखको कुरा भनौँ या के भनौँ ? समयले हामीलाई फेरि अर्को पटक बोल्न सक्ने बातावरण मिलाउन सकेन । उनलाई पनि मेरो फेसबुक, वाट्सप, केहि थाह छैन र मलाई पनि उनको केही थाह छैन । म उनलाई खोजेर पनि भेटाउन सक्दिन र उनले मलाई पनि सकभर भेटाउन सक्दिनन् । किनकि हामीले एक अर्काको नाम र थर समेत सोधेनौँ । मलाई लाग्दैछ उनी अस्टे«लियाको सिड्निीमा खुसी छिन् । उनको अध्ययन राम्रो हुँदैछ । म चाहान्छु उनी सफल हुनुपर्छ ।

स्वास्थ्य

  • वालवालिको पोषण अवस्थाको लेखाजोखा गर्न तालिम

    रुकुम पश्चिममा वालवालिकाको पोषण अवस्थाको लेखाजोखा तालित सम्पाँ भएको छ । यू.के.एडको सहयोगमा स्टारफन्ड नेट वर्क कार्यक्रम वल्ड भिजन, नेपाली प्राबिधिक सहयोग समुह र पाँच तारा यूवा संरक्षण मव्चको संयूक्त साझेदारीमा भुकुम्प प्रभावित क्षेत्रमा स्थानीयहरुको लागि तालिमको आयोजना गरिएको हो । तालिममा प्रभावित क्षेत्रका बिशेष गरी गर्भवती, सुत्केरी आमा तथा बच्चाहरुको आपत्कालीन अवस्थामा महिला तथा बच्चाहरुको कुपोषणको अवस्था पहिचान गरी पोषण अवस्था सुधार गर्ने लक्ष्य रहेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पौष २ र ३ गते सञ्चालित तालिममा ३३ जना महिला स्वास्थ्य स्वयम सेविकाहरको सहभागीता रहेको थियो ।

    समुदाय स्तरमा पाँच बर्ष मुनिका वालवालिकाहरुका पोषणको अवस्था लेखा जोखा गर्नको लागी सामुदायीक महिला स्वास्थ स्वयम स्वेविकाहरुको क्षमता अभिबृदी गर्ने, समुदायमा कुपोषीत वालकालिका कडा शिघ्र कुपोषण र मध्यम शिघ्र कुपोषण वालवालिकाहरु प्हिचान गरी उपचारको ब्यवस्था गर्नुको साथै खानेपानी सरसफाई तथा स्वच्छताको प्रवर्धन गर्ने उद्धेश्य रहेको छ ।

    तालिम उद्घाटन कार्यक्रममा सानीभेरी गाँउपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टको अध्यक्षता र जिल्ला स्वास्थ्य सेवा कार्यलयका प्रमुख डा.शुशिल पोख्रेलको प्रमुख आतिथ्यमा रहेको थियो । सो तालिमा स्वास्थ सेवा कार्यालयका प्रशासन शाखाका मनोज के.सी, सानीभेरी गाँउपालिकाका उपाध्यक्ष कमला रोका पुन, प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकी, स्वास्थ्य संयोजक बिजय कुमार ओली, वाल अधिकार अधिकृत मानबिर ओली लगायतको उपस्थिति रहेको थियो ।

    आपतकालिन अवस्थामा बिशेष गरी महिला, वालवालिका तथा दलित बिपन्न वर्गका घरपरिवारमा कार्यबोझ शारिरिका असमर्थता तथा माानसिका तनावले स्थनपानका साथै असल खानपिन, आहार र खानेपानी, सरसफाई तथा स्वच्छतामा बिशेष ध्यानमा नपुर्याउदा कुपोषण हुने संम्भावना बढी हुन्छ । जसअनुसार प्रभावित क्षेत्रका समस्याहरुको पहिचान संगै उपचारमा सहयोग पुर्याउन उक्त तालिमको आयोजना गरिएको हो ।

     

आहा विचार

आहा कुराकानी

खेलकुद

  • तेस्रो सिस्ने ट्रेल रेस आठविसकोटमा हुँदै

    सुनिल महरा
    रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा राष्ट्रिय स्तरको तेस्रो सिस्ने ट्रेल रेस दौड प्रतियोगिता हुने भएको छ । स्वास्थका लागि खेल, राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ रास्ट्रिय स्तरको दौड खेल प्रतियोगिता माघ ४ गतेबाट शुरु हुन लागेको हो ।
    पुरुष खुल्ला दौड १७ किलोमिटर आठविसकोट नगरपालिका सिमबजार देखि चिसापानि, डाँडागाउ, नौलाकोट हुँदै चौर धुर्सेनि, राडि बजार सम्म दौडनु पर्ने छ भने महिला १२ किलोमिटर दौड आठविसकोट नगरपालिका देखि सिमबजार देखि चिसापानि गएर पुःन चिसापानि देखि सिमबजार पुग्नु पर्ने छ । साथै स्थानीय ३५ बर्ष देखि माथि ५० बर्ष सम्मका लागि ३ किलोमीटर महिला पुरुष दौड प्रतियोगिता सिमबजार देखि धुर्सेनि पुगेर पुःन सिमबजार पुग्नु पर्ने आयोजक समितिले जानकारी दिएको छ ।

    विभिन्न खेलकुद अन्तरगत विगत केही वर्ष देखि यता विगतका वर्षहरुमा आठविसकोट नगर पालिकामा दुई पटक ट्रेल रेस दौड प्रतियोगिता समपन्न भैसकेको छ । यसै अनुसार यस पटक सुरु हुन थालेको रास्ट्रिय स्तरको ट्रेल रेस तेस्रो रहेको सिस्ने ट्रेल रेस र सिस्ने तेक्वान्दो डोजाङ्ग आठविसकोट कमिटिका अध्यक्ष नरेश पुनले जानकारी दिए ।

आर्थिक

  • तोरी खेती, उपयुक्त हावापानी र महत्व

    नारायण ओली

    परिचयः
    तोरी एक प्रकारको दुई दलीय तेलहन बाली हो । नेपालको पहाडी तथा समथर भूभागमा यसको खेती गरिन्छ । यो नेपालको मूख्य तेलहन बाली हो । यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन प्रयोग गरिन्छ । भूमेको सन्दर्भमा बेसी देखि लेख सम्म खेती गरिन्छ । यसको खेती लेखमा असोज महिना र बेसीमा मंसिर सम्म गर्न सकिन्छ । तेल औद्योगिक कच्चा पर्दा हो । यसको पिना मल तथा पशु आहारामा प्रयोग गर्न सकिन्छ ।

    महत्व ः
    खाद्य पदार्थको रुपमा प्रयोग गरिन्छ । मल तथा पशुको आहाराको रुपमा प्रयोग गर्न सकिन्छ । औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ । यसले माटोमा नाइट्रोजन फिक्सेशन गर्ने भएको हुनाले माटाको उर्वरता वृद्धि हुन्छ ।

    हावापानी ः
    रायो तथा तोरि खास गरेर समशितोष्ण हावापानी देखि शितोष्ण हावापानीमा हिउँदको समयमा हुने बाली हो । चिसो हावापानीमा हुने तुषारो सहन नसक्ने खालको हुन्छ । तोरि लगाएको २५–३० दिनमा फूल फूल्न थाल्छ र ५० दिन सम्म फूलिरहन्छ ।

    माटोः
    तोरी खेती धेरै किसिमको माटोमा हुन्छ । हलुका बलौटे, दोमट र चिम्टाइलो माटोमा खेती गर्न सकिन्छ । प्रसस्त प्रांगारिक तत्व भएको पानी नजम्ने माटोमा हुन्छ । साधारणतया माटोको पि एच ६ देखि ७.५ हुनुपर्छ । हामीले वर्षे आलु रोपेको जमिन तथा अन्य जमिनमा पनि रोप्ने चलन छ ।

    जातः
    भूमे गाउँपालिकाको सन्दर्भमा धेरै जसो स्थानिय जातको तोर र शर्सु खेति गर्ने चलन छ । धेरै रोग किराको प्रकोप नहुने उत्पादन राम्रो हुने गर्छ । उन्नत खेति प्रविधिमा भने पुया बोल्ड, कृष्णा, बिकास, प्रगती लुम्ले, मोरङ तोरीको प्रयोग गरिन्छ ।

    जमिनको तयारी तथा लगाउने तरिकाः
    तोरी खेतीका लागि जमिन तयारी गर्दा २–३ पटक खनजोत गरी, डल्ला फुटाई माटो खुकुलो बनाउनु पर्छ ।
    झारपातला राम्रोसँग फालि दाते पाता चलाई राम्रोसँग तयारी गर्नुपर्छ ।
    तोरी खेती खास गरेर कार्तिक महिना भरी गर्न सकिने भएता पनि कार्तिकको दोस्रो हप्तामा खेति गर्दा उत्पादन धेरै हुन्छ ।
    तर हाम्रो भूमेको सन्दर्भ तथा हावापानीमा असोज महिना देखि मंसिर महिना सम्म खेति गरिन्छ ।
    ३–४ से मी गहिरो बनाई बीउ रोप्नुपर्छ । प्रति हेक्टरमा ८–१० के जी का दरले बीउको आवश्यकता पर्छ । हाम्रो क्षेत्रमा आलु–तोरी– गहुको बाली चक्र अपनाउन सकिन्छ। तोरीलाई अन्य हिउँदे बालीसंग मिश्रित खेती पनि गर्न सकिन्छ ।
    यसलाई रोपेको २०–२५ दिनमा फूल फूल्ने बेला सिचाइ गर्न सकिन्छ र त्यसपछि ४०–५० दिनको बीचमा पनि सिचाइ गर्दा उत्पादन राम्रो हुन्छ । यो बालीमा NPK६०ः४०ः२० का दरले प्रयोग गर्नुपर्छ । हाम्रो जस्तो प्राङ्गारिक जिल्लामा प्रसस्त मात्रामा जैविक मल, गोठे मल, कम्पोष्ट मल वा गडेउँले मल आदि प्रयोग गर्न सकिन्छ ।

    झारपात तथा रोग किराहरुः
    यस बालीमा बिशेश गरी अरोवेन्की नामक परजीवी झार आउने भएको हुनाले गोडमेल गरेर खाडलमा ठगाडिदिनुपर्छ । अन्य कुनै झारपात आएमा हसिभयार पूर्वक उखेलेर फाल्नुपर्छ ।
    तोरी बालीमा विभिन्न किसिमका रोगो तथा किराहरुले सताउने गर्दछ । जस्तैः थोप्ले डढुवा, सेतो रोग, डाउनी बिल्डिउ, धुले ढुसी, आदि रोग ले सताउने गर्छन । यस रोगको लागि उपयुक्त व्यवस्थापन गर्नुपर्छ । तोरी बालीलाई विभिन्न किराहरुले पनि सताउने गर्छ । जस्तैः तोरीको करौते झिंगा, लाही किरा, पुतली आदिले सताउने गर्दछन । यस्ता रोग तथा किराहरुको प्रकोप देखा परेको खण्डमा प्राविधिकको सल्लाह अनुसार उपयुक्त औषधी तथा पेष्टीसाइटको प्रयोग गर्नुपर्छ ।

    बाली भित्र्याउने
    तोरी वाली तेलहन बाली भएको हुनाले ७५% पाकिसकेपछी होसियारपूर्पक काटेर सुकाउनुपर्छ । २/३ घाम सुकाएर तरीप चुट्नुपर्छ । केडामा ९% भन्दा कम चिस्यान भएपछि भण्डार गर्नुपर्छ । तोरी बलाको उत्पादन प्रतिहेक्टर ०.८ देखि १.५ मेट्रिक टन हुन्छ । लेखक ओली नायव पशु सेवा प्राविधिक हुन ।

     

भिडियो / मनोरञ्जन