Input your search keywords and press Enter.

मुख्य समाचार

आशिकौ दाप्को

स्तम्भ : ह्याँती गर्ने कुरा एमएल ओली मान्यजनबाट आपूmमन्तिरकाको सफलता वा कल्याणको कामनाका प्रकट गर्ने शुभेच्छालाई आशीर्वाद आशिक एवम् आशिक भनिन्छ । अर्को शब्दमा यसलाई ब्राहामणवर्गबाट यजमानको उन्नतिका लागि मन्त्र पढेर दिइने शुभकामना एवम् आशीर्वादलाई आशिक भनिन्छ । अइलसम्म आशिक लिनेहरूले कति लिए, दिनेहरूले कति दिए ? कि त लिने…

अनुमतिबिनै कार्यक्रम जुधाएर निहु खोजियो : अध्यक्ष केसी

आहा सञ्चार संबाददाता रुकुम पश्चिम–बाफिकोट गाउपालिका–६, मग्मामा दुई वटा कार्यक्रम एकै साथ सुरु गरिएपछि तनाव उत्पन्न भएको छ । प्रगतिशिल युवा क्लव र लोकतान्त्रिक खेलकुद संघले एकै पटक खेलकुद प्रतियोगिता आयोजना गरेपछि समस्या भएको हो । कात्तिक ३ गते उद्घाटन गरिएको लोकतान्त्रिक खेलकुद संघको कार्यक्रम प्रहरीले अघि बढ्न दिएको छैन…

एकदिने स्वास्थ्य शिबिर सम्पन्न

सन्देश जैसी रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर १२ को जनाकल्यान मा बि सानाखोलामा एकदिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । चौरजहारी नगरपालिकाको आयोजना र मानव बिकाश तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको प्राबिधिक सहयोगमा शिबिर संचालन भएको हो । चौरजहारी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. अजित जर्ज कुरभिल्लाल्लाको नेतृत्वमा २४ जनाको…

दशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पबित्रा खड्का रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर १ को कार्यालयले हिन्दु नेपालीहरुको महानपर्ब बडा दसैं तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदनप्रदान कार्यक्रममा सचेतनामुलक सन्देशहरु पनि दिईएको छ । चाडपर्बमा बजार र गाउघर क्षेत्र भित्र बढी फोहर मैला होहल्ला जाड रक्सिको कारोबार र…

शिबिर मार्फत जनताको घरदैलोमै सरकारी सेवा

सर्जना कार्की रुकुम पूर्बको भुमे गाउँपालिकामा नागरिकता वितरण सम्बन्धि घुम्ति सेवा शिबिर सञ्चालन गरिएको छ । भुमे गाउँपालिकाको वडा नम्बर १ लुकुममा शिबिर संचालन गरिएको हो । सदरमुकाममा केन्द्रित सेवासुबिधा गाउँघरमै आएको अनुभुति दिलाउन शिबिर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । उनका अनुसार शिबिरबाट ४३ जनाले…

फोहर के हो र कसरी व्यवस्थापन गर्ने

लालबहादुर केसी परिचय १) फोहोरमैला भनेको के हो ? : यसको उत्पत्ति कसरी र कहाँबाट हुन्छ ? फोहोर बाट के के हानी नोक्सानी र के के फाइदा र वेफाइदा छन् ? फोहोर व्यवस्थित गर्न को को जिम्मेवारी हुनुपर्दछ र किन ? फोहोर मैला कसरी र कहाँ लिएर तह लगाउने भन्ने कुराको…

एम्बुलेन्स खरिदमा ढिलाई, कार्यालयबाटै अनविज्ञ जवाफ

डिल्लीबहादुर खत्री रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अझै पनि दुई एम्बुलेन्स खरिद गरिएको छैन् । आर्थिक बर्ष २०७४/०७५ को बजेटबाट ३ वटा एम्बुलेन्स खरिद गर्ने भनी बजेट नीति तथा कार्यक्रम पारित गरिए पनि आर्थिक बर्षको अन्त्य भई २०७५/०७६ को ३ महिना बितिसक्दा सम्म पनि एक वटा मात्रै एम्बुलेन्स खरिद गरिएको छ…

बजार अनुगमणबाट १ लाख २० हजारको समान नष्ट

सर्जना कार्की रुकुम पुर्व भुमे गाउँपालिकामा बजार अनुगमन गरिएको छ । बजार अनुगमनबाट १ लाख २० हजार बराबरको म्याद गुज्रिएको सामान बरामद गरि नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवण कुमार साहले जानकारी दिए । दशैमा हुने महङ्गि तथा कालोबजारी रोक्नको लागि बजार अनुगमन गरिएको बताइएको छ । जिल्ला प्रशासन,…

सहिद लोकेन्द्र बटालाको स्मृती दिबस मनाईयो

सत्य बहादुर बटाला  नेपाली काँग्रेस आठविसकोटले सहिद लोकेन्द्र बहादुर बटालाको २० आँै स्मृती दिवस मनाएको छ । विहिबार रुकुम पश्चिम आठविसकोटमा एक कार्यक्रमको आयोजना गरी सहिद बटालाको स्मृती दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पोडेलले अहिलेको दुइ तिहाई बहुमतको नेकपा सरकारले एउटा पनि राम्रो काम…