Input your search keywords and press Enter.

स्थानीय समाचार

भूमे गाउँकार्यपालिकाले थप दुई कानून पारित ग¥यो

जयमान बुढामगर भूमे रुकुम पुर्बको भुमे गाउकार्यपालिकाले थप दुई कानून बनाएको छ । गाउँकार्यपालिकाको १३ औ बैठकले थप दुई कानुन पारित गरेको हो । जसमा एकीकृत सम्पत्ती कर संकलन नियमावली २०७५ र ब्यबसाय कर नियमावली २०७५ रहेका छन । यसअघि बिभिन्न ऐन, कार्यबिधि र नियमावली गरि २७ स्थानीय कानूननहरु पारित…

एकलौटी तारजाली बितरण गरेपछि असन्तुष्टि

डिल्लीबहादुर खत्री चौरजहारी पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १३ मा विपद ब्यवस्थापन समितिले बितरण गर्ने तारजालि एकलौटी रुपमा माओवादीका कार्यकर्ताहरुलाई मात्र दिईएको भन्दै नेकपा एमाले वडा न. १३ ले असन्तुष्टि जनाएको छ । समितिले वडालाई दिने तारजालि वडाको सिफारिस बिना माओवादी कार्यकर्ताहरुलाई मात्र दिएको भन्दै असन्तुष्टि जनाइएको हो ।…

असिनापानीले तरकारी र अन्नबालीमा क्षति

डिल्लीबहादुर खत्री रुकुम पछिल्ला दिनहरुमा आएको हावाहुरी सहित असिना पानीले पश्चिम रुकुम चौरजहारी नगरपालिकामा लगाएको हिउदे खेती पुर्ण रुपमा क्षति गरेको छ । अन्नबाली भित्र्याउने बेला आएको असिना पानीले गहुँ संगै मुला, काउली, प्याज, तरकारी खेती, फलफुल लगायत बेमौसमी रुपमा लगाएका खेतीहरुमा पनि क्षति गर्दा कृषकहरु चिन्तिम बनेका छन ।…

न्यायिक समितिलाई न्याय सम्पादन तालिम

डिल्लीबहादुर खत्री चौरजहारी पश्चिम रुकुम चौरजहारी नगरपालिकामा न्यायिक समितिलाई दुई दिने न्याय सम्पादन सम्बन्धि अभिमुखिकरण तालिम दिइएको छ । स्थानीय तहमा सजिलै सर्वसाधारणलाई न्याय दिने उदेश्यले अभिमुखिकरण तालिम दिइएको हो । अभिमुखिकरण पाएपछि अब नगरमा पीडितलाई न्याय दिन झन्झट नहुने नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक राधा रोकाले बताईन ।…

साढे पाँच सयको आँखा चेकजाँच तथा उपचार

सर्जना कार्की रुकुमकोट रुकुम पुर्बको रुकुमकोट गाउँपालिकामा आयोजना गरिएको २ दिने आँखा शिबिरमा साढे पाँच सय बढी आँखाको समस्या भएका स्थानीयहरुले चेकजाँच तथा उपचार गराएका छन । राप्ती आँखा अस्पताल रक्षाचौर तुल्सीपुरको प्राबिधिक सहयोग, आँखा उपचार केन्द्र सेल्ले रुकुम पश्चिमको आयोजना र सिस्ने गाउँपालिकाको स्थानीय व्यवस्थापमा शिबिरको आयोजना गरिएको हो…

प्रालिद्धारा रुकुममा अटो रिक्सा सेवा उद्घाटन

मेगराज खड्का रुकुम १९, चैत : रुकुम पश्चिम सदरमुकाम मुसिकोटमा अटो रिक्सा सेवा उद्घाटन गरिएको छ । रुकुम यातायात प्रालिद्धारा जिल्लामा पहिलो पटक प्रालि मार्फत अटो रिक्सा सेवा शुरु गरिएको हो । रुकुम यातायात प्रालि रुकुम पुर्बका शाखा प्रमुख हिमालय मल्लले रिक्सा संचालकलाई टिका र दोसल्ला ओढाएर अटोरिक्साको उद्घाटन गरे ।…

चौरजहारी नगरपालिकाले तोक्यो सबै वडामा सचिव

डिल्ली खत्री रुकुम १४, चैत : रुकुम पश्चिम चौरजहारी नगरपालिकाले सबै वडामा सचिवहरु तोकेको छ । वडामा स्थायी सचिव नहुँदा वडाका कामकारबाही सञ्चालन गर्न समस्या भएपछि नगरपालिकाले वडा सचिव नियुक्त गरेको हो । एउटै सचिवले ४ वटाभन्दा बढी वडा हेर्नुपर्ने समस्या भएपछि नगरपालिकामा भएका कर्मचारीलाई वडा सचिव नियुक्त गरेको नगरपालिकाका…

संक्रमणकालीन न्याय तथा शान्ति मञ्चको बैठक सम्पन्न

आहा संचार संबाददाता रुकुम द्वन्द्वपीडितहरुको संलग्नतामा गठन गरिएको जिल्ला स्तरीय संक्रमणकालीन न्याय तथा शान्ति मञ्च रुकुमको बैठक आइतबार सदरमुकाम मुसीकोटमा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र हरप्लेस नेपालद्वारा सञ्चालित संक्रमणकालीन न्याय र शान्ति प्रवद्र्धनका लागि स्थानीय क्षमता विकास परियोजना अन्तर्गत गठन गरिएको उक्त मञ्चको बैठकमा…

बांगेलाखुरी देखि चौरजहारी सडक खण्डको बिबाद मिल्यो

समिर श्री सल्यान सल्यान बागचौर नगरपालिका ५ बाँगेलाखुरी, सेताढाँड, फारुला हुदै चौरचौरजहारी जोड्ने मोटर बाटो को ट्रयाक खुलेको छ । लामो समय सम्म अवरुद्ध हुदै आएको यो बाटोको स्थानीयको विवादका कारण सञ्चालन हुन सकेको थिएन । नगर प्रमुख लोकमान बुढाथाकीको उपस्थितिमा छलफलपछि समाधान निस्किएको हो । छलफलका क्रममा प्रमुख बुढाथोकिले…

पहिरो जोखिमपूर्ण क्षेत्रमा वृक्षारोपण

रबिना घर्ति मगर रुकुम पुर्ब लोक संस्कृति समाज हुकाम रुकुम पुर्बलेले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । अशोक घर्ती मगरको संयोजकत्वमा पूर्बी रुकुम पुथाउत्तरगंगा वडा न. ५ हुकाम ठुलो गाउँको तल रहेको पहिरो जाने जोखिम क्षेत्रमा (पलिँका अरटुँ) वृक्षरोपण गरिएको हो । पहिलो परिक्षणको लागि २५ वोट पिपल रोपिएको छ…