Input your search keywords and press Enter.

स्थानीय समाचार

आज बाँफिकोटको कुनाखेत मेला

आहा सञ्चार संबाददाता रुकुम पश्चिम बाँफिकोट गाउँपालिका २ कुनाखेतमा परम्परा देखि लाग्दै आएको कुनाखेत मेला लाग्दै छ । हरेक बर्ष मंसिरे पूर्णिमा भोलिपल्ट मेला लाग्खै आएको छ । जिपु, पालाकोट, स्यालापाखा लगायतका ठाउँबाट बाजागाजा सहित आज मेला भर्ने गरिन्छ । स्थानीय लठ्ठि, भाटा, झयाम्टासंगै मेला पस्ने र मेलामा स्थानीय सिङगारु,…

चौरजहारी-खोलागाउँ-नुवाकोट सडक खण्ड खुल्यो

डिल्लीबहादुर खत्री रुकुम पश्चिम चौरजहारी नगरपालिकामा ७ दिनदेखि अवरुद्ध रहेको चौरजहारी, खोलागाउँ, नुवाकोट सडक खण्ड खुलेको छ । मेलैनाउली, मनकोट, कालापाथर सडक खन्दा खेरि वडा न. ७ मेलैनाउलीदेखि स्थानीयले पुरानो सडक ओझेलमा पर्ने भन्दै नाका नदिँदा विवाद उत्पन्न भएको थियो । सडक खन्न नदिने भए हामी पनि सञ्चालन भइरहेको सडक…

आठबिसकोट नगरपालिकाका पनि कर्मचारी आन्दोलित

सत्य बटाला रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका कर्मचारीहरुले नेपाल सरकारले गत मंसिर २३ गते लागु गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ प्रती विज्ञप्ती निकालेर घोर विरोध गरेको छन । सवै सेवा विच समान ब्यबहार र अवसर नभएको भन्दै बिरोध गरिएको हो । संघ, प्रदेश र स्थानियतहमा एउटै प्रणाली मातहगत समान ब्यबस्था गर्न…

भूमे र थबाङ गाउँपालिकाको सिमा समस्या समाधान

जयमान बुढामगर लामो समय देखि देखिएको रुकुम पूर्व र रोल्पा जिल्ला बिचको सीमाना विवाद समाधान भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका ७ र रोल्पा थबाङ गाउँपालिका २ पर्ने सीमानामा दुबै तर्फका स्थानीयले विवाद गर्दै गरेका थिए । मंराखोला र बाघतारे भन्ने ठाउँमा सीमानाको विषय लिएर पटक–पटक दुई पक्षकै स्थानीयले…

आँखा शिबिरबाट साढे ४ सयले लिए सेवा

मेगराज खड्का रुकुम रुकुम पश्चिम सल्लेमा आयोजना गरिएको आँखा शिबिरमा साढे ४ सयले सेवा लिएका छन । नेपाल नेत्र ज्योती संघ रुकुम,आँखा उपचार केन्द्र रुकुम शाखा र मुसिकोट नगर पालिकाको सयुक्त ब्यबस्थापन तथा राप्ती आँखा अस्पतालको प्राबिधिक सहयोगमा मिति शिबिर संचालन गरिएको थियो । २ दिन सम्म संचालित शिबिरबाट ४५३…

श्रम सहकारीद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

डिल्लीबहादुर खत्री रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ४ गठित श्रम सहकारीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । मेलैनाउली, मनकोट, कालापाथर सडक खन्दा भएको विवाद लामो समयसम्म पनि नमिल्दा सडक निर्माणको जिम्मा लिएको श्रम सहकारीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । श्रम सहकारीका अध्यक्ष नरेन्द्र बिकका अनुसार भोलि इलाका प्रहरी…

डोको बुनेर परिवारको जिबिका

मोहन बुढाथोकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका ६, खागलमा स्थाई रुपमा बस्दै आएका एक व्यक्तीले डोको तथा बाँस बाट निर्मित बिभिन्न सामाग्रीहरुको भरमा मात्रै आफ्नो ४ जनाको परिवार पाल्दै आएका छन । जम्मा ११ जनाको परिवार भएपनि छोरा, बुहारी तथा छोरीहरुले घर छोडेर अन्य ठाउँमा बसोबास गर्दै आएका छन । तर…

बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा : नेपाली

डिल्लीबहादुर खत्री रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ५ स्थित रहेको आधारभुत बिद्यालय लहरे सिमलमा बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ । चन्द्रलाल जैसि अध्यक्ष रहेको समितिको कार्यकाल सकिएपछि सेतिराम नेपालीको अध्यक्षतामा ९ सदस्यीय बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको हो । अभिभावक भेलाबाट बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको हो ।…

महिला हिंसा रोक्न सडक नाटक

डिल्लीबहादुर खत्री रुकुम पश्चिम चौरजहारी नगरपालिकाले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा सडक नाटक प्रस्तुत गरेको छ । चौरजहारी नगरपालिकाले अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ अभियानको अवसरमा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेको हो । वडा न. १४ बाट सुरु भएको सडक नाटक अभियानको अन्तिम दिन वडा न. २ को शितल…

जोन कार्यक्रम पछि कृषकहरु उत्साहित

मेगराज खड्का रुकुम ताजा तरकारी र तरकारी बिउ उत्पादनमा प्रशिद्धी कमाएको रुकुम पश्चिममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत तरकारी÷तरकारी बिउ जोन संचालन भएपछि यस क्षेत्रमा कृषकहरु झनै उत्साहित भएका छन । कार्यक्रम मार्फत स्थानीयहरुले उन्नत मुल बिउमा अनुदानका साथै बिभिन्न तालिम, भ्रमण तथा अन्य प्रबिधीमा र बिउ बजारीकरण सहयोग सहयोग…