Home मुख्य समाचार आगलागीबाट तीन पसल जले

आगलागीबाट तीन पसल जले

227
0

आहा सञ्चार संबाददाता
रुकुम पश्चिम सदरमुकाम मसिकोट नगरपलिका १ खलंगामा आगलागी भएको छ । बुधबार राती जिप्रका रोडमा आगलागी भएको खबर पश्चात तुरुन्त प्रहरी परिचालन गरी आगो पुर्ण रुपमा नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ । आगलागीबाट कुनै मानबिय क्षति नभएपनि ३ वटा पसलका सामाग्री जलेका छन । आमा कपडा पसलमा बिद्युुत सट भई आगलागी भएकोमा आमा कपडा पसल, डिग्रे साईकुमारी स्टेसनरी र हिमालय फेन्सी स्टोर्स पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब ४० लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here