Home आहा बिचार विश्वदृष्टिकोणमा रूपान्तरणका लागि पार्टी स्कुलिङ

विश्वदृष्टिकोणमा रूपान्तरणका लागि पार्टी स्कुलिङ

164
0

हस्तबहादुर के.सी.
“एकचोटि राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरू निर्णायक तत्व हुन्छन् । अतः योजनाबद्ध तरिकाले ठूलो संख्यामा नयाँ कार्यकतारुलाई तालिम दिनु हाम्रो संघर्षमयी कार्य हो ।”
– माओत्सेतुङ– राष्ट्रिययुद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका (अक्टुबर १९३८)

विश्वदृष्टिकोण भनेको संसारलाई बुझ्ने, बदल्ने र बदलिएको वस्तुलाई संरक्षण गर्नु हो । वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल माक्र्सं (१८१८ – १८८३) र फ्रेडरिक एंगेल्स (१८२० – १८९५) द्वारा सन् १८४८ फेब्रुअरी १२ का दिन जारी गरिएको विश्वविख्यात कम्युनिष्ट घोषणापत्र मार्फत विश्वसर्वहारावर्गको मुक्तिको सिद्धान्त माक्र्सवादको प्रतिपादन भयो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यही द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै विश्वसर्वहारावर्गको विश्व दृष्टिकोण हो । विश्वसर्वहारा वर्गका नेता–जोसेफ स्टालिनले “ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद माक्र्सवादी–लेनिनवादी पार्टीको विश्वदृष्टिकोण हो ।” भन्नु भएको छ ।
माक्र्सवाद ऐतिहासिक आवश्यकता अनुसार विश्वसर्वहारा वर्ग र सिंगो मानव जातिकै मुक्तिको लागि जन्मिएको थियो । माक्र्सवाद विश्वराजनीतिकै रंगमञ्चमा एक स्वाधिन सैद्धान्तिक हतियार (शक्ति)को रूपमा देखा परे पछि विश्वसर्वहारा वर्गका लागि एक साँच्चिकै वैज्ञानिक दर्शनको खाचो पर्न गयो । त्यो एक प्रकारको ऐतिहासिक आवश्यकता थियो, जसको परिपूर्ति माक्र्सवादी दर्शन अर्थात द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनले ग¥र्यो ।
एक पुरै वैज्ञानिक दर्शनको रूपमा माक्र्सवादी दर्शनले पुरानो पुँजीवादी विश्वको बिनास र नयाँ साम्यवादी विश्वको सृजनाका लागी अर्थात् विश्वको आमूल रूपान्तरणका लागि जब्बर सैद्धान्तिक जग प्रदान गर्न पुग्यो । अर्को शब्दमा विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरेको सर्वहारा वर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक तथा न्यायोचित आधार र निर्देशन प्रदान ग¥यो । त्यसपछि सर्वहारावर्गले संसारलाई ठिकसित बुझ्ने र त्यसलाई बदल्ने एक अचूक वौद्धिक अस्त्र भेटाउन सफल भयो । भी.आई. लेनिनले त्यसको महत्वलाई यसरी दर्शाउनु भएको छ –“माक्र्सवादी दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई खास रूपले मजदुर वर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।”
जसले संसारलाई फेर्न चाहन्छ, विद्यमान यथार्थलाई फेरेर नयाँ यथार्थताको निर्माण गर्न चाहन्छ, उसले संसारलाई बुझ्नु, पर्दछ, जान्नु पर्दछ र त्यसलाई फेर्ने तरिका पनि जान्नु पर्दछ । यही सामथ्र्य माक्र्सवादी दर्शनले उसलाई दिन्छ । सर्वहारावर्गको लागि दर्शनको सबैभन्दा बढि महत्व रहेको हुन्छ भन्ने कुरालाई माक्र्स स्वयम्ले यसरी व्याख्या गर्नु भएको छ, “जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।”
त्यसैगरी माक्र्सवादको दार्शनिक पक्षको महत्वलाई माओत्सेतुङले यसरी दर्शाउनु भएको छ, –“माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्ग संघर्षको सिद्धान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन् गरिँदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै सोझा तरिका हुने छैन । हामी चिजहरूलाई स्पष्ट नपारिकन यताउताको कुरा तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरी सकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तिहरू हट्ने छन् ।” माक्र्स, लेनिन र माओका भनाइहरू बढी सान्दर्भिक छन् ।
माक्र्सवादको प्रतिपादन र विकासकै क्रममा सन् १८७१ मा ‘पेरिस कम्युन’ को निर्माण हुन पुग्यो । यद्यपी पेरिस कम्युन ७२ दिनमै ढल्न पुगेको भए पनि त्यो विश्वसर्वहरावर्गका निम्ति एक युगान्तकारी परिघटना थियो ।
लेनिनको नेतृत्वमा रसियाली कम्युनिष्ट पार्टी (वोल्सेविक)ले सन् १९१७ अक्टुवर २५ मा महान् रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भयो । अक्टुवर समाजवादी क्रान्ति एक युगान्तकारी परिघटना थियो, जसले पुरानो पुँजीवादी व्यवस्थाको चिहानमाथि उभिएर वैज्ञानिक समाजवादको जग खडा गरेको थियो । अर्थात सर्वहारावर्गको अधिनायकत्व सहितको नौलो संसारको सिर्जन ागर्ने कार्यमा एक ऐतिहासिक कार्यभार पुरा गरेको थियो । त्यसको प्रभाव संसारभरी फैलियो र त्यसपछि विश्वभरका विभिन्न मुलुकहरूमा एकपछि अर्को गर्दै धमाधम कम्युनिष्ट पार्टीहरू निर्माण हुन पुगे ।
त्यसै प्रक्रियामा पूर्वी युरोपका २० औं राष्ट्रहरूमा सोभियत मोडेलको समाजवादको स्थापना गरियो । सन् १९४५ मा उत्तर कोरिया र भियतनाममा जनवादी तथा समाजवादी क्रान्तिहरू सम्पन्न भए । त्यसै क्रममा सन् १९४९ मा माओ सेतुङको नेतृत्वमा चिनीयाँ कम्युनिष्ट पार्टीले महान् चीनीया नयाँ समाजवादी क्रान्ति सम्पन्न ग¥र्यो । त्यसपछि कम्बोडिया, लाओस, क्यूवा लगायतका देशहरूमा क्रान्ति सम्पन्न भए । यसरी विश्वको आधा जनसंख्या कम्युनिष्टहरूको शासन प्रणाली अन्तरगत संकेन्द्रित हुन पुगे । यद्यपी आज रुस,चिन लगायत विश्वका सबै समाजवादी देशहरूमा प्रतिक्रान्ति हुन पुग्यो र आज संसारमा कहि पनि समाजवाद छैन ।
विश्व कम्युनिष्ट आन्दोलनको मूल समस्या भनेको विश्वदृष्टिकोणको समस्या हो । विश्वदृष्टिकोणको समस्याले गर्दा नै सोभियत संघ, पूर्वी युरोप, चीन, भियतनामलगायत विश्वकासबै समाजवादी देशहरूमा प्रतिक्रान्ति भएर पूँजीवादको पुनःस्थापना हुन पुग्यो । यही विश्वदृष्टिकोणमा रूपान्तरण नसक्नुृका कारणले गर्दा नै पेस, नेपाल, टर्की, फिलिपिन्स, चिली, इन्डोनेसिया, निकारागुवा लगायतका देशहरूमा विजय सन्निकट पुगेका क्रान्तिहरू असफल भएका छन् ।
माथि पनि प्रसस्तै मात्रामा उल्लेख गरिएको छ, माक्र्सवाद भनेको कुनै जीवनहिन जडसूत्र होइन, बरु यो परिस्थितिको विकाससहित जीवन शैलीमा जीवन्त ढंगले अभिव्यक्त हुने दर्शन हो । जसले सिद्धान्तमा भौतिकवादको वकालत र जीवन शैलीमा अध्यात्मवादलाई पकडेर बस्छ त्यो माक्र्सवादी हुन सक्तैन । त्यो माक्र्सवाद हुन सक्तैन । यही समस्या समाधान गर्न कमरेड माओले सन् १९६६ देखि१९७६ सम्म चीनमा महान् सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नु भएको थियो । दर्शनलाई जीवनमा लागु नगर्नु र जीवनमा आएको निरन्तर विकासको गतिलाई दर्शनमा नसमेट्नु नै प्रतिक्रान्तिको कारक बन्न जान्छ । रुस–चीन भियतनाम नेपाल लगायतका कम्युनिष्ट पार्टीहरू भित्र रहेको विश्वदृष्टिको रूपान्तरणको समस्या नै प्रमुख समस्याको रूपमा खडा हुन पुग्यो र ती देशहरूमा प्रतिक्रान्ति हुन पुग्यो ।
विश्वदृष्टिकोणमा रूपान्तरण गर्नका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूले आफ्ना नेता कार्यकर्ताहरूलाई माक्र्सवादको मूल पाठ अर्थात् माक्र्सवादका आधारभूत सिद्धान्तहरू(दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद) को अध्ययन गर्ने, गराउने ठोस योजना गराउनु पर्दछ र पार्टी स्कुलिङ मार्फत दीक्षित तुल्याउनु पर्दछ ।
कम्युनिष्ट पार्टीहरूमा के कमजोरी पाइन्छ भने नेताहरूलाई होइन, कार्यकर्ताहरूलाईमात्र स्कुलिङ गर्नु पर्दछ, नेताहरूलाई होइन, कार्यकर्ताहरूलाई मात्र अध्ययन गराउनु पर्दछ भन्ने सोच हावी भएको पाइन्छ । यो सैद्धान्तिक र व्यवहारिक दुवै तरिकाले गलत छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूमा नेता र कार्यकर्ताहरू दुवैलाई पार्टी स्कुलिङ मार्फत माक्र्सवादका आधारभूत सिद्धान्तहरूका बारेमा ठोस योजना बनाएर स्कुलिङ गर्ने, अध्ययन गर्ने गराउने पद्धतिको विकास गर्ने र मालेमावादलाई जीवन शैली र जीवन पद्धतिका रूपमा ग्रहण गर्न सक्ने नेता तथा कार्यकर्ताहरू निर्माण गर्न जरुरी हुन्छ । किनभने नेतृत्वमा बसेका नेताहरूद्वारा नै प्रतिक्रान्ति हुने भएकोले नेता, नेतृत्वलाई नै बढि स्कुलिङ गर्न जरुरी हुन्छ । प्रतिक्रान्तिको मुख्य श्रोत र ताकत भनेको अवसरवाद हो र त्यो नेता, नेतृत्वमा वसेकाहरूमा नै पैदा हुने गरेको छ । कार्यकर्ताहरूबाट पनि प्रतिक्रान्तिलाई सहयोग पुगेको हुन्छ, तर त्यो गौण हुन्छ । कम्युनिष्ट पार्टीमा मुख्य त नेतृत्व नै हुन्छ ।
यहाँनेर स्मरण गर्न लायक छ कि हेगेलको आदर्शवादी द्वन्द्ववाद, फायवाखको अधिभूतवादी भौतिकवाद, काण्टको अज्ञेपवादी आदर्शवाद र प्रुँधो – बाकुनिनको अराजकता वादी व्यक्तिवादका विरुद्ध भीषण संघर्षका बीचबाट द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको संश्लेषण गरे पछि मात्र माक्र्स–एंगेल्सले यसलाई जीवन व्यवहारमा लैजान विश्वविख्यात कम्युनिष्ट घोषणापत्र जारी गर्नु भएको थियो । यहाँ भन्न खोजिएको सवाल के हो भने विश्वदृष्टिकोणमा स्पष्ट भए पछि मात्र उहाँहरूले कम्युनिष्ट लिगको तर्फबाट कम्युनिष्ट घोषणापत्र लेख्नु भएको थियो र जारी गर्नुभएको थियो ।
रुसमा क्रान्ति पूर्व लेनिनले पार्टी स्कुलिङ मार्फत विश्वदृष्टिकोणमा रूपान्तरण सहितका हजारौं, लाखौं, नेता, कार्यकर्ताहरू निर्माण गरेर नै महान रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गर्न सफल हुनु भएको थियो ।
त्यस्तै चीनमा क्रान्ति पूर्व नै कमरेड माओ सेतुङले चिनिया समाजको वर्ग विश्लेषण १९२६ व्यवहारबारे १९३७ अन्तरविरोध वारे १९३७ नौलोजनवाद वारे १९४० उदारतावादको विरोध गर, मनोगतवादको विरोध गर, घिसेपिटे पार्टी लेखनको विरोध, युवा आन्दोलनको दिशावारे १९३९ जस्ता दार्शनिक सैद्धान्तिक व्यवहारिक लेख रचनाहरू सिर्जना गरेर, तीन आठका नियमहरू निर्माण गरेर आपूmले पनि पालना गर्ने र पार्टी स्कुलिङ मार्फत् पार्टीका बैठकहरू, प्लेनमहरू यनान गोष्ठिहरू मार्फत हजारौ लाखौको संख्यामा नेता, कार्यकर्ताहरूलाई दह्रोसित स्कुलिङ गरेर विश्वदृष्टिकोणमा रूपान्तरण गराएर हजारौ लाखौको संख्यामा नेता कार्यकर्ताहरू निर्माण गरेर मात्रै आफ्नै नेतृत्वमा सन् १९४९ मा महान् चीनीयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सफल हुनु भएको थियो । यो इतिहास जगजाहेर नै छ ।
नेपालमा पनि महान् दश वर्षे जनयुद्ध प्रति क्रान्तिको नेतृत्व गरेर आएको मुख्य नेतृत्वबाट प्रतिक्रान्ति भएर महान नेपाली क्रान्तिको महान यात्रामा जुन दुःखद परिघटना घटित हुन पुग्यो र क्रान्ति प्रति गंभीर प्रकृतिको क्षति हुन पुग्यो यसको मुख्य कारक माओवादी आन्दोलन भित्र नेता– कार्यकर्ताहरूमा पार्टी स्कुलिङ मार्फत विश्वदृष्टिकोणमा रूपान्तरण गराउन नसक्नु नै रहेको छ ।
महान् दश वर्षे जनयुद्धको प्रक्रियामा हजारौंको संघर्षमा नेता, कार्यकर्ताहरूलाई युद्ध प्रति समर्पित भएर लाग्ने र होमिनेसम्म बनाइयो, जसका कारण दश वर्षे जनयुद्धको ठूलो विरासत बन्न पुग्यो तर जनयुद्धको नेतृत्व गर्दै आएको मुख्य नेतृत्वले प्रतिक्रान्तिको लाइन पक्रन गए पछि दशवर्षे जनयुद्धमा समर्पित भएर आएका हजारौ नेता, कार्यकर्ताहरू त्यही प्रति क्रान्तिकारी नेतृत्वको पछि लागेर प्रतिक्रान्तिलाई सहयोग पु¥याउन पुगे । यो परिघटा नेपालको लागि मात्रै नभएर विश्व कम्युनिस्ट आन्दोलनकै लागि नौलो परिघटना हो । पार्टी स्कुलिङमार्पmत पार्टीले मालेमावादका आधारभूत सिद्धान्तले लैस भएका नेता–कार्यकर्ता निर्माण गरेको भए आज हजारौँको संख्यामा ती पुराना माओवादी नेता–कार्यकर्ताहरू एमालेमा विलय हुने थिएनन् । यो द्वन्द्ववादलाई माओवादी क्रान्तिकारी कम्युनिस्टहरूले बुँदा हृदयंगम गर्न जरुरी छ ।
यहाँनेर भन्न खोजिएको सवाल के हो भने दश वर्षे जनयुद्धको अवधिभर पार्टीले आफ्ना नेता कार्यकर्ताहरूलाई पार्टी स्कुलिङ मार्फत विश्वदृष्टिकोणमा रूपान्तरण गराउनतीर ध्यान पु¥याउन सकेन र प्रतिक्रान्तिको लाइनमा खडा भएको मुख्य नेतृत्वले गलत स्कुलिङ गरेकै कारण दश वर्षे जनयुद्धबाट आएका हजारौ नेता कार्यकर्ताहरूले प्रति क्रान्तिलाई सघाउन मात्र पुगेनन् कि आज प्रतिक्रियावादीमा परिणत भएको एमालेभित्र छिरेर कमाउ खाउ मोजमस्ती गर्दै भ्रष्टीकरणमा डुबेका छन् र नेपाल कम्युनिस्ट आन्दोलन कलंकित तुल्याइरहेका छन् । नेतृत्वले गलत स्कुलिङ दिएकै कारण कार्यकर्ताहरू बिग्रिन पुगे अर्थात् स्कुलिङकै अभावले आज माओवादी आन्दोलन विसर्जित हुन पुगेको छ र दस वर्षे जनयुद्धको बेला नेता, कार्यकर्ता र परिवारजनलाई माक्र्सवादको आधारभूत सिद्धान्तको बारेमा स्कुलिङ नगराइनु नै माओवादी आन्दोलन विसर्जनको कारक तत्व बन्न पुग्यो । यसले नेपाली क्रान्तिलाई गंभीर क्षति पु¥यायो ।
एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले लिएको नीति, कार्यक्रम, सिद्धान्त, विचार, दर्शन र कार्यदिशका आधारमा पार्टी स्कुलिङद्वारा मालेमावादका आधारभूत सिद्धान्तले लैस बनाइएका नेता कार्यकर्ताहरूको अभावमा क्रान्तिलाई विजयसम्म पु¥याउन सम्भव हुँदैन । यसको शिक्षा हामीले नेपालकै दस वर्षे जनयुद्धकै विसर्जनबाट लिन आवश्यक छ ।
विश्व कम्युनिष्ट आन्दोलन र हाम्रै देश नेपालको कम्युनिष्ट आन्दोलनबाट शिक्षा लिएर हामी माओवादी क्रान्तिकारीहरू अब पार्टी स्कुलिङ मार्फत नेता, कार्यकर्ताहरूको विश्वदृष्टिकोणमा रूपान्तरण गरेर हजारौं लाखौको संघर्षमा मालेमावादका आधारभूत सिद्धान्तहरूले त्यसै भएका नेता, कार्यकर्ताहरू निर्माण गरेर पार्टीले वैज्ञानिक ढंगले, योजनाबद्ध ढंगले कार्यमा उचि विन्यास गरेर मात्र महान नेपाली नयाँ जनवाद क्रान्ति सम्पन्न गर्न युद्ध हुन जरुरी छ ।
अब माओवादी क्रान्तिकारीहरूले आम पार्टी पंक्ति भित्र, हर पार्टी, सदस्य र तिनका घर घरमा सांस्कृतिक क्रान्ति सहितको विश्वदृष्टिकोणमा रूपान्तरणको लागि पार्टी स्कुलिङको जरुरी छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here