Home आहा बिचार सीमा अतिक्रमण, परनिर्भरता र राष्ट्रियता

सीमा अतिक्रमण, परनिर्भरता र राष्ट्रियता

137
0

सुनिल धिताल
जहिले जहिले भारतसङ्ग कुनै समस्या आउँछ अनि हाम्रो राष्ट्रियता छताछुल्ल भएर देखिन थाल्छ, बाटोमा अनि सामजिक सन्जालमा, कसैले पुत्ला जलाउछन, कसैले हतियार देखाएर भिडियो बनाउछन अनि कसैले नयाँ दिल्लीलाई काठमाडौ नामाकरण गर्छन। घरी नाकबन्दी, घरी बस्तुहरुको आयात र निर्यातमा बाधा, घरी सिमाका जनतालाई दुःख दिने काम अनि घरी सिमा अतिक्रमण गरि भारतले नेपाललाई दुख दिदै आएको नै छ । त्यस्तै अहिले नेपालको भुमि भारतमा रहेको देखाइ नक्सा प्रकाशित गर्योस हुन त अहिले देखिएको नक्साको विवाद पक्कै नयाँ हैन बर्सौदेखिको अतिक्रमण हो, नेपालको जमीनमा सेना नै राखेर बसेको दसकौ भै सक्यो ।
किन त भारतले यत्ती साह्र्रो हेपेको होला भन्ने सबैलाई लागेको नै छ, हाम्रो देश भारत भन्दा धेरै सानो भएरै होला त हेपेको, त्यो मात्रै त पक्कै हैन। नेपालको ठाउँमा इजरायल भै दिएको भए, जापान भैदिएको भए हेप्न सक्थ्यो होला त नेपाललाई हेपे जस्तै गरि । भारतले हेपेको मात्रै त पक्कै छैन, सहयोग पनि गरेकै छस लगानी गरेको छ, शिक्षा, स्वस्थ्य हरेक क्षेत्रमा सहयोग गरेकै छ । नेपाली जनतालाई आफ्नै जनता सरह सुबिधा प्रदान गरेको नै छ स्वास्थ्य, शिक्षा, यातायात सबै तिर । हुँदा हुँदा स्थिति यस्तो भै सक्यो हामी भारत बिना अनि चीन बिना बाँच्नै नसक्ने भै सक्यौं । बाटो, पुल, नहर, बिद्यालय, अस्पताल सबै अरुले बनाइदिनु परेको छ । हामीलाई यति सम्म लाज लाग्न छाडी सक्यो कि आर्काले त्यो बेला उपत्यका जोड्न बनाई दिएको त्रिभुवन रजपथ पनि आफ्नो तेल बेच्न, कान्ति पथ नबनाएर बनाई दियो भन्छौ, हामिले आफैले कान्ति पथ बनाउन चाहेको भए कस्ले रोकेर रोकिन्थ्यो । एउटा साधारण कर्मचारीको काठमाडौंमा चार करोडको घर हुन्छ तर सिमामा कस्टमको एउटा सानो भवन बिदेशीले बनाई दिनु पर्छ, दस लाखको खानेपानीको प्रोजेक्ट दाताले अथवा एम्बेसिले बनाइदिनु पर्छ ।
उत्पादन नहुने अथवा उत्पादन गर्न गाह्रो कुराहरु त ठिकै थियो । दाल, चामल, पिठो, चिनी, तेल सबै थोक आयात गर्छौ । अलि गाह्रो, साह्रो रोग लागे देशमा रोग पत्ता नलागेर भारत जानुको बिकल्प हुदैन।। त्यो केही न केहीको २०÷४० किलोमीटरको ब्रोड्गेज रेल बनाउनु पर्यो भारत, तेलको पाइपलाइन बिच्छ्याउनु पर्यो भारत, कुनै ईन्स्टिच्युट स्थापना गर्नु पर्यो भारत, कर्मचारीलाई कुनै नया कुराको ट्रेनिङ दिनु पर्यो भारत, पाठ्यक्रम बिकास गर्नु पर्यो भारत । अनि भारत ले नहेपे कस्ले हेप्छ ?
सरकारलाई कर उठाएरै अनि नेतालाई पिर्कामा सलामी खान र हेलिकप्टर चढ्न पुगेकै छ, ब्यापारी र उद्योगीलाई अरुले बनाइ दिएको सामान बेचेरै रेन्ज रोभर चढ्न पुगेकै छ, जनतालाई पनि अमेरिका, जापान र अष्ट्रेलिया नभए कोरिया, अरब र मलेसिया कि भारत गएरै काठमाडौंमा घर ठड्याउन र चाउचाउ र डिउ खान पुगेकै छ, बाकी लाई विभिन्न तरिकाले दलाली गरेर जग्गा बेचेर वा डेभलपमेन्ट वर्कर भएरै गाडी चढ्न अनि जाभामा कफि खान पुगेकै छ, अरु के चाहियो र? अनि घरी घरी राष्ट्रियताको भुत सबार भएर सामाजिक सन्जालमा उफ्रेर, बाटोमा पुत्ला बालेर केही हुने बाला छैन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here