Home मुख्य समाचार युवा व्यवसायीद्वारा शैक्षिक सामाग्री प्रदान

युवा व्यवसायीद्वारा शैक्षिक सामाग्री प्रदान

118
0

आहा सञ्चार
रुकुम पश्चिमका एक युवाले जन विकास मावि ज्यामिरकोट टाकुरालाई शैक्षिक सामाग्री प्रदान गरेका छन । आठबिसकोट १३, निवासी युवा व्यवसायी बिमल बिसिले बिद्यालयलाई ग्लोब, नक्सा, झन्डा, खेलौना, फिल्टर लगायतका शैक्षिक सामाग्रीहरु प्रधानाध्यापक दिपक सङगम थापा र बिब्यस हरिप्रसाद शर्मालाई हस्तान्तरण गरे । आठबिसकोट राडि बजारमा आशा कस्मेटिक एण्ड गिफट ब्यवसाय गर्दै आएका बिसिले बिद्यालयको समग्र हितका लागि सहयोग गरेको बताए । बिद्यालयलाई सहयोग गर्ने युवालाई प्रधानाध्यापक थापाले धन्यवाद प्रदान गरे । यस्तै युवाहरुको साथ र सहयोगले समाज रुपान्तरण हुने र सहयोगीपन पनि समाजमा बढ्दै जाने उनको भनाई थियो । ‘सबैको सहयोग र सहकार्यमा पछिल्लोपटक जनबिकास माबिको समग्र प्रगति भैइरहेको छ ’ थापाले भने ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here