Home आहा टक आहा टक: संघर्षपछि मात्र सफलता मिल्छ

आहा टक: संघर्षपछि मात्र सफलता मिल्छ

317
0

नाम ः गोबिन्द पुन
कार्यरत कार्यालय ः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् धादिङ
पद ः लेखापाल
ठेगाना ः सानीभेरी गाउँपालिका १, रुकुम पश्चिम

तपाईलाई आहा टकमा स्वागत छ ?
धन्यबाद, आहा सञ्चार परिवारलाई मेरा विचारहरु राख्ने अवसर दिएकोमा ।

आजभोलि कता तिर ब्यस्त हुनुहुन्छ ?
म अहिले धादिङमा रहेर कार्यालयकै कामकाजमा व्यस्त छु ।
जागिर खान थालेको कति भयो ?
काम त यहाँ भन्दा पहिले नि बिभिन्न क्षेत्रमा गरियो होला तर मैलै सरकारी जागिर गर्न थालेको धेरै भएको छैन, मात्र २ बर्ष भयो ।

सरकारी जागिर खान कति गाह्रो हुदो रहेछ ? अझ स्पष्ट भन्नुपर्दा जागिर खान के गर्नु पर्ने रहेछ ?
जागिर खान, सफलता प्राप्त गर्न, जहाँ ईच्छा हुन्छ त्यहाँ अबश्य उपाय हुन्छ । मेरा अनेक कमि कमजोरीहरु, गरिबी भएता पनि मेरो सफलतामा लक्ष्य अनुसार म बिकट देखि निकट सम्म निरन्तर सघर्ष गरी यस ठाउँमा मेरो सच्चा मुल्याङ्कनका साथ सफलता प्राप्त गरेको छु । त्यसैले सफलताको प्रमुख कारण भनेको निरन्तर सघर्ष नै हो । साथै यसमा धैर्यताको बढो महत्वपुर्ण आबश्यकता पर्छ ।

हजुरले जागिरे त बन्नु भयो यसमा सबैभन्दा ठुलो हात कसको छ ?
सफलताको घाटी आफुले चाहेको लक्ष्य हासिल गर्नु, लिएको उदेश्य प्राप्त गर्नु हो । यसमा मेरो आत्मा बिश्वास, मलाई यस धर्तिमा जन्मदिने मेरा पुजनीय आमा बुवा, मेरा गुरुहरु र मेरो सुस्पष्ट मेरो योजना र लक्ष्यको ठुलो हात छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षाको अहिलेको अबस्था कस्तो छ ?
प्रधानमन्त्री के.पि. शर्मा ओलीले नै पद बहालिकै दिन राष्ट्रको विकास गर्न सिटिईभिटि बाट सम्बन्धन प्राप्त प्राबिधिक शिक्षालय विस्तार गर्नु पर्ने शुरु बक्तब्यमा भन्नु भएको छ । वर्तमान अबस्थामा नेपालका ७७ वटै जिल्लामा आगिंक, सामुदायिक, निजी गरी करिब जम्मा ८ सय ८५ वटा प्राबिधिक शिक्षालयहरु सञ्चालनमा रहेका छन् ।
कति प्राविधिक शिक्षालयले मनोमानी विद्यार्थीबाट रकम असुलेका छन् भन्ने आरोप लाग्छ, यसबारे तपाईको धारण के छ ?
आज नेपालमा प्राबिधिक शिक्षाको विकास भएको ३० औँ बर्ष बित्यो, हिजोका दिनहरुमा मन्त्रीपरिषद बाट ऐन पारित नभएको कारणले यसमा निश्चय नै शुल्कमा मनोमानी, अनियमितता भएको हो । आजका दिनहरुमा पनि नाम निकाल्दिन्छु भन्ने बिचौलियाहरु हुनसक्छन् त्यस्ता बिचौलिया भेटिन साथ १०७ मा फोन गरि सजकता अपनाई सहयोग गरिदिन अनुरोध गर्दछु । कुन शिक्षालयमा कति शुल्क लाग्छ प्रष्ट ऐनमा छ कुनैपनि भ्रममा नपर्न अनुरोध गर्दछ ।
जस्तो अहिले देश संघीय संरचनामा आइसकेको अवस्थामा कर्मचारीलाई काम गर्न कत्तिको सजिलो छ ?
नेपालको संविधानमा प्रष्ट भनिएको छ प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् बाट संघीय संरचना अनुसार संघ मार्फत रहनेगरी ७७ वटै जिल्ललका ७५३ स्थानीय निकायमा प्राबिधिक शिक्षालय लाई सम्बन्धन दिन बिभिन्न भौतिक पुर्वाधार निरिक्षण गर्न कर्मचारी अभाब भएकाले समस्या छ ।

कुराानीमा एउटा फरक प्रसंग, तपाईको बाल्यकाल कसरी बित्यो नि ?
हुन त नेपाली दाजुभाई, दिदीबहिनी कसको पो सुःखसयलमा बित्थ्यो र तर मेरो बाल्यकाल गरिबि अभाबमा बित्यो । तर मेरा पुजनीय आमाबुबाले मलाई गरिबिको अभाब हुन नदिन धेरै मेहनत गर्नुभयो । मैले कसरी बाल्यकाल बिताएको हुँ भन्ने कुरा मलाई मात्र थाहा छ । तर अहिले धेरै खुसि छु । फेरि मान्छेको बानि के हुदोरहेछ भने जुन चिजको अभाब छ त्यसकै आबश्यकता हुदो रहेछ । अन्तत्व त्यो चिज पाएपछि अर्काे बस्तुको आबश्यकता हुदो रहेछ । अन्त्यमा, छोटो समयमा आहा सञ्चारसँग कुराकानी गर्न पाउदा अत्यन्तै खुसी लागेको छ । अहिले पनि मेरो गाउँघरको माया अनि त्यो बेलाको समाजको सहयोगलाई मनन गरिरहेको छु तर अफिसको कामले गाउँ जान पाएको छैन । यसै कुराकानी मार्फत सम्पुर्ण पाठकवर्ग, मेरा आफन्तजनलाई नमस्कार अनि मिठो सम्झना । धन्यबाद ।
प्रस्तुती : केशर पुनमगर


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here