Home आहा बिचार भित्री मान्नमी चियाँउदा : ह्याँती गर्ने कुरा

भित्री मान्नमी चियाँउदा : ह्याँती गर्ने कुरा

एमएल ओली
“अरु कुरा छार, मेरो व्यार्ने कुरा झार” भन्दाइनी ता भइयो । उइछारी तमाँइको मंसिरले पाइलो टेक्ने बित्तिकै नानानानीहरूले अत्याउन लाइयाथ्या । परिवार पन्तै ठूलैथ्यो, ठूला परिवारनु स्यानो सल्ला गर्न थोरै ट्याम लाग्नु अनौठो मान्निन क्यारै । अनौठो ता त्यो बेला हुनेथ्यो जुन बेला तमाँइको घर सल्ला नजुट्दारी आदि गाग्रो बज्यास्तो हुन्चई भन्ने सङ्काउपसङ्का नपस्याउ हो र ? हुन पनि सिकारु सिक्न उत्सुक मानिन्याउ क्रियाकलाप किन नगर्ने भन्ने आँट पाकैथ्यो । पाठ्यक्रमले समेत तोकेता पनि आफ्ना पालियौं जिन्दगी सम्जिदारी सप्पैलाई अनिवार्य जानैपर्च भन्र्ने ठाँवई थेन ।
ंइच्छा गर्नेहरूले योजना बनाल्दैनौ तो भनिकन म अर्को धमालितिर फस्क्यिाँ भन्नु हुन्च । क्षेत्र भ्रमणबाट धेरै कुरा सिक्ने चाहना गर्याहरूले मेसो निकालिकन । प्रशासनसित कन्ट्याक मिलाल्या छन् हेर्नोई । ज्यानले सुस्ति खोज्याउथ्यो । मेरो पलो “तमाँइहरू जानोई मलाई खुर्सत छैन भन्नु हुन्च” भन्नेले ह्वाँले पनि “हुन्च तो हामी जान्चौ र ता भइयो” भन्नेल्नु हुन्चई भन्ने मान्याउ थेँ । त्याँले ता “भोली व्याँन्नै सत्तिसात्ति गरिकन आइजानोई” भन्नु भो । भ्रमण भन्दारी ता ज्यान उर्नेई हो । छकाल्लै ठुम्र्यिा भन्नु हुन्च । कोठाबाट निल्किन भाइर आउदारी ता युवराज डिलक्सको गारिभरी जाने मान्सहरू छलक्कै भइयाछन् क्यारै । मक्न क्या मान्त्या देख्ने बित्तिकै सप्पै हाँसिला खुसीला भइया । “अरुलाई अरु सुर्ता घर ज्वाँइलाई खानाउ सुर्ता” भन्दाइनी मग्न ता सिटौं सुर्ता थ्यो क्यारै । पछ्वा सिट्नु डाउन गर्ने ता होला भन्ने ठाकिन चाँचाँरी भित्र पस्दारी ता बगाल्ले रोजि सिट्नु बसाल्चन दात्तौं । ह्वाँपची ता “क्या खोच्चई काँना आँखो” भन्दाइनी भइयो क्यारै ।
सिम्रुतुदेखि किट्टिनीसम्म जाँदारी दुइहल गारी कुदाल्या पनि फरक नपर्नेस्तो सरक थ्यो हेर्नोई । खोपि जारा पाखानु पुग्दारी ता क्यार्न भन्ने हो र ? भुरीभित्रा जम्मै काम्न लाइया भन्नु हुन्च । एक ठाउँती ता गारिया खुरै नआग्नेस्तो रस्ता रइच हेर्नोई । अलेली गर्दै सप्पै निक्ल्यिा । ज्यानौ माया लास्तो भो र म पनि झर्रियाँ भन्नु हुन्च । हाम्रै समूहका दुइटा तन्नेरीले सहचालकको भूमिका निबाएका थिएँ । तीनै तन्नेरीको इसारामा डाइबरले सिप्पैसित अक्क¥या बाटो पार गराल्या । तिनी डाइबर अच्चमै सिपालु रइचन । यिन्ले भ्रमण गर्ने वालाउ मनोविज्ञान बुजिकन गारी हाँक्दारैचन हेर्नोई । भ्रमण स्थल रुकुमकोट पुगिकन छिप्रिदह स्थित मल्ल होटलमा भोज खायौं । त्याँपछि भ्रमण स्थलौं आकर्षण केन्द्र कमल ताल्नु पुइयौं । पानीलाई संसार मान्दै आका तालचरीया बगाल्ले पइलो स्वागत चखाल्या । एकापट्टिबाट कमल ताललाई घेराबार र सिङ्ङार पटार हुन लाउ रैच हेर्नोई । अर्कापट्टिबाट हो र उतैनु रप्टा बोत्तलबात्तल, प्लास्टिकजन्य वस्तुहरू, थाङ्नाथरा लुगाधुने, आङौं मयल फाल्नेस्ता कार्यले यस ताललाई हुक्क बनाइकन धुरुक्कै र्वास्तो लाक्त्यो । यस्सो अनुमान गर्दारी बिगार्वा कानै फुट्जाउन बनाउनेसित जोरी खोज्जेल्चई भन्नेस्तो पनि लाइत्यो हेर्नोई ।
सप्पै जनाले कमलतासित फुटा पनि खिचालियौं । त्याँपछि हाम्रो भ्रमणको अर्को स्थल देउराली गुफा अवलोकन गर्नु थ्यो । हामीलाई त्याँसम्म पु¥याउँन चन्द्रबहादुर मल्लज्यू अग्वाई गर्न तयार भइया । “हाम्रा राम्रा ठाउँठरहरू हेर्ने रहर गरिकन त्यत्ताबाट यत्तासम्म आइयौं हेर बगालौं । एक टक्कर सर्पकोट पनि च्याल्दैनौं तो ?” उनले भन्नेल्या । हामी पनि हेर्नेसले छुट्टिछाट्टी भयाले नाई भन्ने कुरै भइन । ह्वाँपछि सोज्जै गइयौं देउरालीतिर । अक्क¥या भिर निक्कै तल बस्ने रइचिन देराली माता । भित्र पस्ने दुइटा नाका रइचन । त्याँ जानेहरूलाई देउराली माताले चोखो जल्ले अविस्या गरिकन स्वागत गर्ने रइचिन । भित्र पस्दारी ता अर्कै मान्नमीभित्र पस्यास्तो भान भइयो भन्नु हुन्च । त्याँ ता छन्ना बिछन्नाका अन्वारपन्वार देख्या हेर्नोई । भाइरी संसार भन्दा भित्री संसार धेरै फरक हुँदो रइच । हामीले त्याँ विभिन्न स्टाइलका फुटा खिच्दारी देउराली माताले धुरुक्कै आँसु झार्रेलिन । किन होला भन्दा ता आँपूm अन्या र अकन्यामा परेर रोइरैचिन बराठै । “त्यस्तो स्वर्गस्तो ठाउँलाई माल पाइकिन चाल नपास्तो गर्ने, हुइतिर उतापट्टि रुक्मिणीलाई अच्चाक्ली सिङ्ङार गरेल्ने आँफूलाई हो र कसैले पनि वास्तादास्ता नगर्ने, आँज उल्टै सुर्ती, पुकार, चाउचाउ, बिस्कुट, गुट्कासुट्का लगाइतका खोलहरू ह्याँनु ल्याइकि फाल्ने नि ? मेरी खाप्चीय त्यस्तो नि ?” यस्तै यस्तै आक्रोश सुन्निथ्यो देउराली माताको ।
“न आतियौं माता न आतियौं । एक दिन तिमीलाई पनि रुक्मिणी जस्तै सोह्रै सिङारले सज्जाएरै छार्ने छन् । पक्कै पनि अघेल्नाले तमीलाई बिर्सिया छैनन । ह्याँका मान्सहरू सप्पै जाक्ता छन् । खुर्सत नभइकन मात्रै हो ।” मइले सान्त्वना दिदै गर्दै गर्दा उनका आँखाबाट झरेका बेदनाका आँशुका थोपाहरू अमृतमा बद्ल्यास्तो लाग्याउथ्यो । भाइरी मान्नमी नेपालदेखि अम्रीकासम्म सप्पैले च्याच्याई छौं हेर्नोई । भित्री मान्नमी च्याउन धेरैले छुटास्तो लाग्थ्यो । हामीलाई त्यस्तो मान्नमी देख्नमा ठूलो सायता चन्द्रबहादुर मल्ल सरले गराका थ्या । मल्ल सरलाई हाम्रौ भ्रमण टोलीको तर्पmबाट धेरै धेरै धन्यवात छ । हाम्रो भ्रमण टोलीका नायक त्रिवेणी माविका प्रधानाध्यापक डिल्लीबहादुर मल्ल, सहकर्मी मित्र टेकबहादुर पाण्डे र म थियौं । सहभागी विद्यार्थीहरू सन्देश बुढाथोकी, धनमाया कठायत, सपना बुढाथोकी ए सपना बुढाथोकी बी, पूर्णबहादुर खड्का, पुष्पकिरण पुन, करण बाँठा, बिपना शेर्पाली, करिष्मा शेर्पाली, सुशीला खड्का, डिल्लीबहादुर पुन, टिकाराम कठायत, रिुता खड्का, खीमा पुन, गणेशा ओली, लजिम चन्द, बिबेक बोहरा, नबिन बोहरा, खेलमता पुन, सुष्मा बुढाथोकी, चित्रा पुन, सुजाता खड्का, अनु पुन निराजन खड्का, रोशन ओली लगायतका थिए । सम्बन्धित ठाउँनु लक्कन साँज टक्रक्कै सकुशल ल्याईपु¥याउने गारी चालक गुरु खिमबहादुर खड्काज्यूलाई विशेष धन्यावात छ । स्थानीय पथ प्रदशकको रुपमा दुर्गा गौतम तथा डम्मर खड्काले पनि महत्वपूर्ण सहयोग गरेका थिए । ह्याँती गर्ने कुरा, क्षेत्र भ्रमण गर्न चाहना गर्ने महानुभावहरूले नजिकौ तिर्थ हेलाँ नगर्नुहोला । हाम्रै वरपर आफ्नै आटोडिरो चट्काइकिन दुइचार कदम हर्ने हो भन्या सङ्ग्रालो ठाँउहरू देख्याने रइचन हेर्नोई ।
समाप्त


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here