Home कला/साहित्य १० आहा मुक्तक : जिएम दिपु देपेन्द्र

१० आहा मुक्तक : जिएम दिपु देपेन्द्र

277
0

हृदय देखी हृदय सम्मको, झंकारको कुरा हो !
एकअर्कामा समाहित हुने, विचारको कुरा हो !
मेरो कारण तिम्रो आँखाको, गाजल बिग्रीने छैन !
ओठको लिपीस्टीक बिग्रिनु त, प्यारको कुरा हो !

मेहनतको बाटोमा उकालो चढेको, मै मात्र देख्छु !
यी पाईतलाहरुमा खिल गढेको, मै मात्र देख्छु !
तलब बढेको देख्ने त यहाँ, सबजना छदैंछन !
घर परिवारको अपेक्षा बढेको, मै मात्र देख्छु !

आफ्ना कैयौं प्रतिस्पर्धीलाई, गुमनाम गर्यो होला !
सडक देखि सरकारसम्मको, जोरजाम गर्यो होला !
सत्तरी प्रतिशत घटेर मात्र, पाएको ठेक्का हो !
अब सोच्नुहोस् ठेकेदारले कति, काम गर्यो होला !

टन्टलापुर गर्मि भएको, चर्को खाडीमा छ !
दुःखी अभागी निधारको, धर्को खाडीमा छ !
प्रियाको तस्बिर सिरानीमा, राखी निदाउने मान्छे !
एउटा खुदै म भैहाले, अर्को खाडीमा छ !

जवर्जस्तीमा एउटै सफर, राखेर कहाँ हुन्छ ?
कौडी छैन करोडमा नजर, राखेर कहाँ हुन्छ ?
उनिले भनीन् मलाई, तिमी त चप्पल हौ !
चप्पलले शिरमा बस्ने रहर,राखेर कहाँ हुन्छ ?

समस्याको बाबजुद खुलेर, घर बनाए !
कमजोर हुँ भन्ने कुरा भुलेर, घर बनाए !
मार्नकै लागि दुश्मनले मलाई, ढुंगा हानिरह्यो !
मैले तिनै ढुंगाहरु बटुलेर, घर बनाए !

मनका असंख्य घाऊहरुमा, टाँका दिएको थियो !
दुनियाँमा अलग्गै पहिचान र, नाँता दिएको थियो !
जुन प्रेमिकाले आज उसलाई, अन्धो देखेर छोडी !
उही प्रेमिकालाई हिजो उसले, आँखा दिएको थियो !

रातको निन्द्रा र दिनको, भोक लुटाईदिन्छु !
तिम्रो खुसी हेरेर आफ्नो, शोक लुटाईदिन्छु !
जाबो ईज्जतको के कुरा, बेज्जतको दुनियाँमा !
आऊ लुट मलाई म, सबथोक लुटाईदिन्छु !

भईन्छ सधैं अक्क मक्क, माया लागेर आउछ !
रोकिन्छ नजर टक्क टक्क, माया लागेर आउछ !
सोचेका सपना सधैं अपूरा, अधुरा भईदिदाँ !
यो जिन्दगीसँग झनक्क, माया लागेर आउछ !

सब जनाको प्यारो हुन्थ्यौ, खुसी पनि हुन्थ्यौं !
जिन्दगीमा सफल भन्नु, गनी गनी हुन्थ्यौं !
भलै यहाँ हाम्रो आँशुको, मूल्य छैन र हो !
आँशु बेच्न मिल्ने भए, हामी धनि हुन्थ्यौ !


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here