Home आहा बिचार मुसीकोट नगरपालिकाको स्वास्थ्य नीति निर्माण र साझा सरोकार

मुसीकोट नगरपालिकाको स्वास्थ्य नीति निर्माण र साझा सरोकार

572
0

कमला केसी
नीति भनेको मूलद्धार हो । मूलद्वार नभएर हामी सहज संग भित्र बाहिर आवतजावत गर्न कठिन हुन्छ । देशको सबै क्षेत्रलाई मूल नेतृत्व गर्ने काम नीति नै हो । हामी चियागफ, भालाकुरारी बसाइ ,भेटघाट, बहस र छलफलमा समेत नीति नै छैन भनेर सकारात्मक नकारात्मक दृष्टिकोण पस्किरहेका हुन्छौ । एकल राज्य ब्यबस्थामा नीति बनाउने जिम्मा सिंहदरबारमा भएको कुरा जग जाहेर नै छ । हाम्रो शासकीय स्वरूप परिबर्तन भए पश्चात स्थानीय तहले पनि नीति निर्माण, ऐन र नियम बनाउन पाउने संबैधानिक ब्यबस्था अनुसार यी काम भै राखेका छन् ।
मुसीकोट नगरपालिकाले स्वास्थ्य नीति निर्माणमा पहल लिएको छ । मूल नीति नबनाएर अन्य काम गर्नु त्यति सान्दर्भिक नहुने भएकोले नगरपालिका यसमा केन्द्रित हुन् खोजेको हो । नीति बिभिन्न जात जाति, वर्ण, आश्रम, धर्म, सम्प्रदायहरूको प्रवर्तकबाट जन ब्यबहारको संचालनका लागि निर्धा्रित आचरण आचरण पद्दति ,आचरण सहिता हो । यसलाई अझै फराकिलो ढंगले प्रष्ट पार्दा कुनै सरकार वा सस्थाले आफ्नो कार्य संचालनका लागि अंगाल्ने आधारभूत सिद्दान्त हो । मुसीकोट नगरबासीको स्वास्थ्यको सर्बाङगीन क्षेत्रको सुधार गरि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहबाट स्वस्थ्य नागरिक तयार पार्ने मूल ध्येयका साथ स्वास्थ्य नीति बनाउनमा केन्द्रित हुनु पर्दछ । विश्वमा स्वास्थ्य क्षेत्रको एतिहासिक विकासक्रम साथै विभिन्न स्वास्थ्य पद्दतिको बिकास भएको देखिन्छ । विश्व हुने विकासक्रम, घटनाक्रमबाट नेपाल अछुतो रहने कुरा भएन, त्यसको प्रभाब पर्यो नै । संसारको पुरानो चिकित्सा पद्दतिमा आयुर्बेद चिकित्सा पद्दति हो । चिकित्सा पद्दतिको विकासक्रममा आयुर्बेद, होमीयोप्याथी, युनानी, प्राकृतिक, हिमाली आम्ची, चिकित्सा पद्दति विश्वमा प्रयोगमा आए र चालू पनि छन् । नेपालमा पुराना र आधुनिक चिकित्सा पद्दति दुवैको बिकास हुदै आएको छ ।
बैदिक कालमा भगवानको अश्निकुमार कुमारबाट उपचार भएको हामी सुन्न पाउछौ । आधुनिक चिकित्सा पद्दति शुरु हुनु भन्दा पहिले दरबारहरुमा ऋशीमुनी वैध आयुर्बेद र प्राकृतिक चिकित्सा पद्दति प्रयोग भएको हो । नेपालमा बीर अस्पतालको स्थापना पछि आधुनिक स्वास्थ्य पद्दतिको शुरुवात मानिन्छ । बीर अस्पतालको स्थापनाबाट स्वास्थ्य संरचनाहरु संचालन हुदै आएका छन् । ब्यबस्था परिबर्तन संगै स्वास्थ्य संरचनामा फेरबदल हुदै आएका छन् ।
नेपालको विभिन्न कालखण्डमा अनेक राजनीतक उताबचडाब फेरबदल दाउपेच हुदै आएको छ । राजनीतिक फेरबदलले स्वास्थ्य क्षेत्रलाई प्रभाब पर्यो नै । संघ ,प्रदेश र स्थानीय तहमा विभाजित शासकीय स्वरूप अनुरुप स्थानीयमा स्वास्थ्य क्षेत्रको नेपालको संबिधान अनुसूची ८ र ९ मा भएका अधिकार र स्थानीय सरकार संचालन ऐन २०७४ र कर्मचारी समायोजन ऐनले ब्यबस्था अनुरुप स्वास्थ्य संरचना तयार भएर कर्मचारी समायोजन र पदस्थापना समेत भै सकेको छ । अब स्थानीय तहका कर्मचारी भए पछि कर्मचारीको ब्यबस्थापन, सेवा सुबिधा, बृत्तिबिकास समेत दायित्व थपिएको छ । स्वास्थ्य संरचनालाई सहज ब्यबस्थित र आधुनिक बनाउदै लैजानु पर्ने छ । लोकतान्त्रिक सस्कार, कानूनी राज्य, सुशासन कायम गर्दै थप समुन्नत राज्य प्रणाली बनाउने अभिभारा त छदै छ । संबिधानमा उल्लेख भएका स्वास्थ्य सम्बन्धि मौलिक हकको कार्यान्यन पनि गर्नु पर्ने दायित्व स्थानीय सरकारको हो । यी सबैलाई ब्यबस्थित गराउन स्वास्थ्य नीति, ऐन नियम कार्यविधि निर्माणमा जुट्नु अपरिहार्य भइ सकेको छ । तथापि केन्द्र सरकार र प्रदेश सरकार संघीय र प्रदेश निजामति ऐन नियम बनाउन ढिलाई गरेका छन् ।
तौवा नतातेर बिड तातेको आरोप पनि लाग्न सक्छ । केन्द्रीय सरकारले स्वास्थ्य नीति २०७६ जारी गरि सकेको छ । प्रदेश सरकारहरु स्वास्थ्य नीति बनाउने बृहत छलफल बहसमा छन् । कतिपय स्थानीय तहले स्वास्थ्य ऐन नियम बनाएर कार्य संचालन गरि रहेका छन् । स्वास्थ्य क्षेत्रमा चासो र सरोकार राख्नेले संघ र प्रदेश स्वास्थ्य नीति र निजामति ऐन नियम नआउदै बनाउनु हतार हुने बताउछन । हालसम्म पुरानो र संघीय सरकारले बनाएका स्वास्थ्य संरचनाबाट संरचना र ऐन नियमबाट बाट सेवा प्रबाह हुदै आएको छ । थोरै मात्रामा स्थानीय तहबाट आफ्नै संरचना सेवा दिने प्रयास भएको छ । जे होस् नेपालको संबिधान, विभिन्न सन्धि ,महासन्धि र सह्रसताब्दी बिकास लक्ष्यका लक्ष्य र उद्देश्य प्रात्त गर्न जिम्मेवारी आफ्नो हातमा आइसके पछि स्वास्थ्य नीति, ऐन र नियम बनाउन पहल लिएको छ । नेपालमा वि.स. २०१३ सालमा स्वास्थ्य मन्त्रालय, २०१८ मा स्वास्थ्य सेवा बिभाग गठन र बि स २०५१ स्वास्थ्य मन्त्रालयको ब्यापक फेरबदल पछि स्वास्थ्य क्षेत्रमा तुलनात्मक सुधार भएको देखिन्छ । अहिले त युगान्तकारी परिबर्तन भएको छ । स्थानीय स्तरबाट सुधार र असल ब्यबस्थापन अगाडी बढने अहम भूमिका इतिहासले जिम्मा दिएको छ । यो जिम्मेवारीलाई आत्म साथ गर्दै मुसीकोट नगरपालिका स्वास्थ्य नीति ,ऐन र नियम बनाउने कार्यमा जुटेको छ । नीति, नियम कानून जनताको लागि बन्ने हुन् । जसको लागि बन्ने हो ,त्यसमा सहभागिताको अधिकार सुनिश्चित हुनु पर्दछ । सहभागिताको अधिकारबाट बन्चित भयो भने आगामी दिनमा कार्यान्वयनमा बाधा, अबरोध एव उल्झन आउन सक्छन ।
स्वास्थ्य क्षेत्र सबैको चासो र सरोकारको संबेदनशील बिषय हो । यसमा प्रत्यक्ष रुप सरोकार राख्ने वर्ग समूहको प्रथम सहभागिता गराउने मनसायले नगरपालिकाले स्वास्थ्य नीति निर्माणमा सामाजिक बिकास संयोजक श्री शुसिल गौतमको संयोजकत्वमा नौ सदस्यीय मूल समिति बनाएको छ । मस्यौदा तयार पार्न र सुझाब संकलन गर्न स्वास्थ्यका लागि सक्षम प्रणाली अधिकृत श्री चंख बिष्ट र एच .ए श्री डेबिट रावल रहेको टिम छ । प्राप्त मस्यौदा माथि छलफल र अनुमोदन पश्चात स्वास्थ्य सस्था प्रमुखहरुको मासिक बैठकमा प्रस्तुत गरिने छ । बैठकबाट प्राप्त सुझाबलाई संकलन गरी स्वास्थ्य नीतिलाई परिमार्जन गरिने छ ।

नीतिमा अपनत्व र स्वामित्वको लागि सरोकारवाला संग राउण्ड टेबल छलफल गर्ने नीति अङ्गीकार लिइने छ । आम सर्बसाधारण र यसमा चासो लिने सबैलाई मुसीकोट नगरपालिकाको स्वास्थ्य नीतिबारे सुझाब दिन स्वास्थ्य शाखामा आएर लिखित मौखिक सुझाब दिन आह्वान गर्दछौ । सामाजिक संजाल एव मुसीकोट नगर पालिकाको वेबसाइट www.musikotmunrukum.gov.np  र kckamala2036@gmail.com अथवा info@musikotmun.gov.np राय सुझाबका लागि विशेष अनुरोध छ । स्वास्थ्य नीति निर्माण गर्दा नेपालको संबिधानमा, राजनीतिक दलका घोषणा पत्रहरु, सहमति, विभिन्न अन्तराष्ट्रिय सम्झौताहरु, संघीय सरकार र कर्णाली प्रदेश सरकारका नीतिहरुलाई आधारका रुपमा लिनुपर्ने छ । खाद्य सुरक्षा , बालबालिका, महिला, जेष्ठ नागरिक लगायतको स्वास्थ्य क्षेत्रमा पहुच बृद्धि कसरी गर्ने सकिन्छ भन्ने मुख्य ध्यये रहने छ । नीति,ऐन र नियमहरु कार्यान्वनमा आइसके त्यसबाट हुने प्रभावहरु नकारात्मक टिप्पणी भन्दा बेलैमा आफ्ना महत्वपूर्ण राय सुझाबको अपेक्षा राखिएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here