Home आहा टक सम्पति भनेका विद्यार्थी भाइबहिनी नै हुन्

सम्पति भनेका विद्यार्थी भाइबहिनी नै हुन्

255
0

आहा टक
नाम : नबराज के.सी.
ठेगाना : सानीभेरी गाउँपालिका १, बुकिचौर रुकुम पश्चिम
पेशा : शिक्षण
कार्यरत संस्था : शितल मा.वि. पत्रैmयाँ

यहाँलाई आहा टकमा स्वागत छ ?
मलाई सम्झेर आहा सञ्चारमा मेरा अनुभबहरु प्रस्तुत गर्ने मौका दिएकोमा आहा सञ्चार परिवारलाई विशेष धन्यबाद ।

कसरी चल्दैछ जिवन ?
विदाको दिनमा पारिवारिक कार्यमा व्यस्त रहन्छु । विद्यालय खुलेको दिनहरुमा शितल मा.वि. पक्रैयाका मेरा प्यारा विद्यार्थी भाईबहिनिहरु सँग शिक्षण योजना, पाठ्योजना, पाठ्यबस्तु र पाठ्क्रमको मर्म बमोजिम लुकामारी खेल्दै र रमाउदै जिवन चलिरहेको छ ।

हजुरले यता विद्यालयसँगै परिवारलाई कसरी समय दिईराख्नु भएको छ ?
जो कोही पेशाकर्मीलाई समय व्यबस्थापन गर्ने कुरा कठिन नै छ । पेशाप्रति इमान्दार, बफादार, कर्तव्यनिष्टहरुका लागि पेशा नै प्रधान बिषय हो । यहि मान्यतालाई आत्मसाथ गरेर विद्यालय समयका बाहेका दिनहरुमा परिवारको सल्लाह सुझाब बमोजिम समय दिईरहेको छु ।

तपाईको लामो समयको अनुभबले चाहिँ शिक्षण पेशालाई कसरी हेरेको छ ?
मेरो विद्यार्थी कालदेखि यो शिक्षण पेशासम्म आइपुग्न सहयोग गर्ने मेरा आदरणीय अग्रज गुरुहरुको नजरमा म सायद त्यति अनुभबि नभए पनि शिक्षण पेशामा आबद्ध भएको करिब १२ बर्ष भैसकेको छ । आफ्नो पेशा प्रति कटिबद्ध भएर लागिरहेको छु । भन्नेहरुले जे भनेपनि मेरो कमलो माटो सरिका विद्यार्थी भाइबहिनिहरुलाई मेरो ज्ञान सृजनाले भ्याए सम्म ज्ञानगुणका कुराहरु सिकाउदै हिडाल्ने अभियानमा लम्किरहेको छु । यसर्थ शिक्षण पेशालाई मानब जिबनकै सुन्दर फुल भनेर अथ्र्यादिए अहिले मैले । खोई ! मैले अथ्र्याएको जीवनभित्र स्वय्म आफ्नो जीवन पर्छ कि पर्दैन कुन्नि थाहा छैन ।

शितल मा.बि.मा सम्पुर्ण बिद्यार्थीलाई सबैभन्दा मर्ने शिक्षक भन्दा हजुरको नाम उचारण गर्छन । एउटा असल शिक्षक भएर काम गर्दाका चुनौति के छन् ?
प्रत्येक मेरा बिद्यार्थी भाईबहिनिहरुको नजरमा नजरमा पर्नु मेरा लागि सौभाग्य कै कुरा हो । जुन पेशामा म लागिपरेको छु, मेरो दायित्व के भन्ने कुरालाई बुझेर विद्यार्थी भाईबहिनिहरुलाई माया, ममता, प्रेम र स्नेह, समान व्यवहार गरेर नैतिकवान, चरित्रवान, योग्य, सक्षम, समय परिवेश अनुसार प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सकिन भने मेरो पेशाले सार्थकता पाउन सक्दैन यहि मेरो लागि चुनौतिका कुरा हुन् ।

तपाईका लागि यो पेशा कस्तो ?
कुनैपनि पेशाप्रति आबद्ध व्यक्तिहरुले पेशाको दायित्व के हो ? भन्ने कुरालाई राम्रोसँग गहिरिएर बुझ्न सक्दैनन् तबसम्म पेशाप्रति दुःखको महसुस गर्नु, नैराश्यता पैदा हुनु, विचलन आउनु, स्वाभाविकै हो । समाजको जुन सार्वजनिक सेवाको कार्यमा सरिक हुने जिम्मेवारी सुम्पिएको छ, यसर्थ मेरो लागि दुःख भन्नु एक इन्च पनि लाग्दैन । मेरो जिवनको सबैभन्दा ठुलो सम्पति भनेका मेरा प्यारा विद्यार्थी भाईबहिनि नै हुन् । यसर्थ उनीहरुलाई नैतिकवान, चरित्रवान, एक कुशल कालीगढ, समाज रुपान्तरण गर्न सक्ने, अभिभाबक र राष्ट्रको एक भरोसा योग्य नागरिक बनाउनु बाहेक अन्य कुनै स्वार्थ रहेको छैन ।

अहिलेसम्म त हजुर शिक्षण पेशामा नै हुनुहन्छ । भोलिका दिनमा के सोच बनाउनुभएको छ ?
जबसम्म मेरो पेशामा बिराम लाग्दैन, तबसम्म मेरा विद्यार्थी भाईबहिनिहरुसँग कुशल पेशाकर्मी भएर लागि पर्ने प्रण गरेको छु । त्यो पछिका दिनहरुमा र सामाजिक जीवनमा बाँधिदै समाज सेवाको कार्यमा लागि पर्ने मनसायका लागि पर्ने सोच बनाएको छु ।

अब हामी अलिकति प्रशंग बदलौं, हजुरको बाल्यकालमा घटेका मध्ये सम्झन लायक घटना छ ?
साँच्चैं जीवनमा विशेष खुःशीका पलहरु विरलै आउँछन् । त्यस्तै मध्येको मेरो जिबनमा पनि बिशेष सुखद पल धेरै छैनन् । वि.स.२०५७ साल जुन बेला म मा.वि. कोटजहारी (हालको चौरजहारी न.पा.) मा कक्षा ७ मा अध्ययन गरिरहेको थिए । देशमा त्यतिबेला सरकार र विद्रोही पक्ष (माओबादी) बिच ठुलो संघर्ष चलिरहेको थियो । गाउँघरमा जताततै संत्रासको वाताबरण थियो । गाउँका छोरी मानिस घरमा सुत्ने बातावरण थिएन् । यहि समयको पुस महिनातिर विद्यालयले परिक्षा संचालन गरिरहेको थियो । रातको समयमा जंगलमा गएर गाउँका मान्छेहरुसँग ओडारमा टुकिमारालाई बाहिरबाट सोलले ढाकेर परिक्षाको लागि तयारी गर्न मेरा किताबहरु पढेको याद मेरो लागि जीवनको सम्झना लायक घटना हो ।

पहिलेका र अहिलेका बिद्यार्थीहरुमा के अन्तर पाउनुहुन्छ ?
समय र परिबेश सँगै सबै चीज पहिलेकै अबस्थामा पाउन कठिन कुरा हो । अहिलेको डिजिटल संसारले बिद्यार्थीहरुलाई सजिलो बनाएपनि केही कुराहरुले ठुलो असर पारिरहेको छ । (फेसबुक, इन्टरनेट, इमो, भाइबर ) यी साधन सहि रुपमा सदुपयोग गर्न नसक्दा पढाईबाट बञ्चित हुदाँ मेहनत गर्ने बानी कम हुदैँ गएको, आफ्नो परम्परा, संस्कृति, रितीरिवाज र परम्परालाई भुल्दै गएका यसको प्रभाबका कारण बिदेशी संस्कृति र फेसनमा मल्लिन हुन पुगेका छन् । अनुशासन पहिलेको जस्तो नभएको, सम्मान र आचरणमा फेरबदल भएको प्रस्ट रुपमा देख्न सकिन्छ ।
प्रस्तुती : केशर पुनमगर


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here