आहा सञ्चार संबाददाता

election adv.

सुशासनको लागि साइकल यात्रा गरि रहेका एक युवा रुकुम पश्चिम पनि पुगेका छन् । साईकल यात्रा मार्फत देशका ७७ वटै जिल्ला भ्रमण गरि सुशासन र पर्यटन प्रवद्र्धन लक्ष्य राखेका खोटाङका कर्ण श्रेष्ठ जिल्लामा पनि आएका हुन ।
देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए । देशको प्राकृतिक स्रोत साधनको उचित सदुपयोग गरी अगाडि बढ्नुपर्ने पनि उनको भनाई थियो । जिल्लामा आएर उनले उद्योगी व्यापारी, क्याम्पस, स्थानीय सरकार र पत्रकारहरु संग भेटघाट गरेर जिल्लाको अवस्थाबारे जानकारी लिदै आफ्नो अभियानबारे पनि बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto