आहा सञ्चार संबाददाता
राप्ती समाज जापानको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले प्युठानका युवराज रेग्मीलाई अध्यक्ष र रुकुम पूर्वका प्रकाश ओलीलाई महासचिबमा चयन गर्दै २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । टोक्योको रोधि क्बलमा भएको अधिबेशनले नि वर्तमान अध्यक्षमा विशेश्वर रेग्मीलाई संरक्षकको जिम्मा दिएको छ भने कार्यसमितिमा २ जना पछि थप गरिने छ । कार्य समितिको अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष विकास ओली, उपाध्यक्ष प्रेम प्रकाश रोका मगर, नारायण बुढा मगर, मनराज बिश्वकर्मा, सचिव पन्च व. चौधरी, कोषाध्यक्ष केशब भण्डारी सहकोषाध्यक्ष आयुष्मा पुन मगर र प्रवक्ता कमल बाठा मगर रहेका छन । सदस्यहरुमा युवक शाहि ,विश्व प्रताव बुढा, प्रविण शर्मा, प्रतिज बुढा, शुनिल गौतम, कृष्ण रोका मगर, टिका डाँगि, टेकम ओली, कमल रावत, पिताम्बर जि सी, बल ब. घर्ति, क्षितिज रोका मगर, सुगम बस्याल, कमल सोनीर चन्द्र जंग मगर लाई चयन गरेको महासचिव प्रकाश ओलीले जानकारी दिए । यसैगरी अधिवेशनले ७ सदस्यीय सल्लाहकार समुहमा डा. नेत्र प्रकास भण्डारी, राजन के.सि, बिष्णु पौडेल, सरद पोख्रेल, तारा प्रसाद बुढा मगर रहेका छन ।

election adv.

अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गरिएको थियो । त्यस अवसरमा कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने विधान लाई सर्वसम्मत पारित गरिएको थियो । अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा जोड दिएको छ । जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीबासीहरू एक जुट भई राप्ती क्षेत्रको विकासमा जोड दिने जापानमा क्रियासिल अन्य संघसंस्था जस्तै समाजले पनि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । संस्थाको उद्देश्य भनेको जापानमा रहेका राप्ती क्षेत्रका ब्यक्तिहरुबिच आपसी सद्भाव र समस्यामा सामुहिक सहयोगी भुमिका खेल्नु पर्ने सबैको प्रतिबद्धता रहेको थियो । यसै अवसरमा अहिले सम्म संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउदै आउनु भएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुका साथै नया कार्यसमितीलाई स्वागत पनि गरेको थियो । कार्यक्रममा राप्ती समाज अष्ट्रलियका जय प्रकाश रोका मगरको पनि उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto