आहा सञ्चार संबाददाता
आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्का सम्मानित भएका छन । रुकुमको पत्रकारिता विकास र गणतन्त्र प्रवद्र्धनमा गरेको योगदान स्वरुप १२ औं गणतन्त्र दिवस जिल्ला समारोह समिति रुकुम पश्चिमले एक औपचापरिक कार्यक्रमका बिच सम्मान गरेको हो । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, मुसिकोट नगरपालिका प्रमुख देबिलाल गौतम, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र नेकपा रुकुम पश्चिमका सचिब बिमलकुमार पुनले सयुक्त रुपमा कदरपत्र सहित सम्मान गरे । सम्पादक खड्का एक दशकदेखि सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा क्रियासिल छन । उक्त अवसरमा अन्य पत्रकारहरु कोपिला बिएम, सुरेन्द्र खत्री र राजु लामीछानेलाई पनि सम्मान गरिएको छ । त्यस्तै गणतन्त्र स्थापना र प्रवद्र्धनमा सहयोग गर्ने अन्य ब्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto