मेगराज खड्का
रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिकाको वडा नं. ७ साँखमा माघ १६ गते लागेको स्थानीय पापीनी मेलामा सवासीसाधन दुरुपयोग गर्ने सरकारी कार्यालयहरुले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई स्पष्टिकरण पत्र पठाएका छन । मेलामा आधा दर्जन बढी सरकारी कार्यालयहरुले सरकारी गाडि तथा मोटरसाईकल दुरुपयोग गरेको सामाजिक सञ्जाल मार्फत बाहिरीएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले त्यसबारे कार्यालयलाई जवाफ माग गरेको थियो ।

कुन कुन कार्यालयको भएको थियो सवारी साधान दुरुपयोग
प्रशासनको अनुसन्धानपछि मेलामा बिभिन्न कार्यालयका ७ वटा सवारीसाधन दुरुपयोग भएको पाईएको छ । जसमा मुसिकोट नगरपालिकाको १ वटा गाडि र २ वटा मोटरसाईकल, सरकारी वकिल कार्यालयको १ वटा गाडि र शिक्षा विकास शाखाको १ वटा गाडि मेलामा गएको थियो । त्यस्तै हुलाक कार्यालयको एउटा मोटरसाईकल र घरेलु कार्यालयको १ वटा मोटरसाईकल प्रयोग भएको थियो । प्रशासनको स्पष्टिकरण पछि सबै कार्यालयहरुले उक्त बिषयमा जवाफ पठाएका थिए । जसमा मुसिकोट नगरपालिका देखि सबै कार्यालयहरुले मेलामा गाडि तथा मोटरसाईकल बिभिन्न बहानामा प्रयोग भएको स्वीकार गरेका छन । तर शिक्षा विकास शाखाको भने उक्त गाडि जिल्ला प्रहरी कार्यालय रुकुम मार्फत प्रयोग भएको हो ।

election adv.

राष्ट्रिय सर्तकता केन्द्रको समेत पत्र
मेलामा सरकारी कार्यालयको सवारीसाधान दुरुपयोग भएको खबर बाहिरीएपछि राष्ट्रिय सतर्कता केन्द्रबाट पनि यस बिषयमा चासो दिएर त्यस बिषयमा जानकारी दिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्र समेत काटेको थियो । प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले गाडि दुरुपयोगको बिषयमा सबै कार्यालयहरुले स्वीकार सहितको पत्र लेखि आगामी दिनहरुमा गल्ती नदोहर्याउने जवाफ दिएपछि प्रशासनले पनि एक पटकलाई माफि दिएको बताए । ‘गाडि दुरुपयोगको बिषयमा एक पटकलाई माफी दिईएको छ, आगामी दिनहरुमा पनि यस्तो गतिबिधी भएमा कारबाही हुन्छ’ प्रजिअ रेग्मीले भने, ‘सतर्कता केन्द्रलाई पनि यहि व्याहोराको जवाफ पत्र पठाएका छौं ।’ आगामी दिनहरुमा पनि कहि कतै सरकारी गाडि दुरुपायेग भएको जानकारी भएमा स्थानीय प्रशासनलाई जानकारी गराउन पनि प्रजिअ रेग्मीले सबैलाई अनुरोध गरेका छन । सरकारी सवारीसाधन ब्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न पाईदैन भने सार्बजनिक बिदाको दिन प्रयोग गर्नुपर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिन्छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto