आहा सञ्चार संबाददाता
रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको सिम्लीमा आयोजना गरिएको कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव फागुन १८ गते सम्म हुने भएको छ । यसअघि फागुन ८ गतेदेखि १६ गते सम्म महोत्सव संचालन गर्ने भएपनि दर्शकहरुको मागलाई ध्यान दिदै २ दिन थप गरिएका महोत्सव मुल आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिए । यसैबि भोली बुधबार महोत्सवमा नेपाली चलचित्र क्षेत्रका नायक बिराज भट्ट, लोकगायक किरणबाबु पुन, तिलक परियार र बिपना परियार लगायतका कलाकारहरुको प्रस्तती हुने महोत्सव आयोजक समितिले बताएको छ ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto