जयमान बुढामगर
रुकुम पूर्वको सदरमुकाम गोलखाडा कार्यन्वयन हुनुपर्ने माग सहित आन्दोलित त्यस क्षेत्रका स्थानीयहरु रुकुमकोट नजिक पुग्न थालेका छन । ५÷६ हजार ठुलो संख्याका स्थानीयहरु प्रशासनले निषेधाज्ञा तोकेको स्थान धौलापैरा नजिक पुग्न थालेका हुन । हाल गोलखाडा पक्षधरहरु भूमे गाउँपालिकाको वडा नम्बर ४ काँडाबगर, वडानम्बर ५ साकिममा पुगेका छन । एक घण्टा भित्रै सबै स्थानीयहरु निषेधाज्ञा तोकेको स्थान सम्म पुग्न सक्नेछन । उता रुकुम पुर्वको जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको निषेधाज्ञालाई निरन्तरता दिदै उच्च सुरक्षा सतर्कता अपनाएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गोल्खाडा पक्षधरताले प्रशर्दन सगै ज्ञापन पत्र बुझाउन हालको सदरमुकाम रहेको रुकुमकोट आउने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा गरेको हो । निषेधाज्ञा तोकिएको सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा गोल्खाडा पक्षधरलाई रोक्न प्रहरी बसेको छ ।

 

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto