मेगराज खड्का
रुकुम
जिल्ला प्रशासन कर्यालय रुकुम पूर्वले जिल्लामा निशेधाज्ञ जारी गरेको छ । रुकुमपूर्वको सदरमुकाम रुकुमकोट बनाउने र गोल्खाडा बनाउने पक्षधरताका बिच बिभिन्न आन्दोलनहरुले जिल्लाको शान्ति सुरक्षमा खलल पु¥याउन खोजेपछि निषेधाज्ञा जारी गरिएको हो । सदरमुकामको पक्ष बिपक्षको आन्दोलन केहि जटिल समेत बनेपछि शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।
यी हुन चार किल्ला
उनका अनुसार अर्को आदेश नभएसम्मको लागि पूर्वमा सिस्ने गाउँपालिकाको वडा नम्बर ५ धौलापहिरा खोला, पश्चिममा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म र दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्मको चारकिल्ला भित्र निषेधाज्ञा जारी गरिएको छ । उक्त स्थान भित्र कुनै पनि बिरोध, सभा, जुलुस र भेला गर्न पाईने छैन भने त्यस्तो गरिएको पाईएमा कानुन अनुसार कारबाही गरिने छ । ‘अहिले जिल्लाको शान्ति सुरक्षा सामान्य छ, हुन सक्ने घटनालाई मध्यनजर गरि आवश्यक सुरक्षाकर्मी खटाईएको छ ।’ प्रजिअ शर्माले भने । तर जिल्लामा देखिएको आन्दोलनलाई राजनीतिक तवरबाट समाधान गर्न बसेको सर्बदलिय बैठक भने बिना निष्कर्ष टुंगिएको थियो ।

कफ्र्युमा लगाउन यस्तो छ प्रजिअलाई अधिकार
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क मा प्रमुख जिल्ला अधिकारीलाई कफ्र्यु लगाउन सक्ने अधिकार छ । हेर्नुहोस यस्तो छ कफ्र्यु लगाउने सक्ने अधिकार र अन्य व्यवस्था ।

election adv.

कफ्र्युले मात्र जिल्लाको शान्ति सुरक्षा काम हुन नसकेका दंगाग्रस्त क्षेत्र घोषणा गर्न पनि सकिने छ । हेर्नुहोस यस्तो छ कानुनी व्यवस्था ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto