आहा सञ्चार संबाददाता
चलचित्र बुलबुलको टिजर सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको टिजरमा चलचित्रको एउटा मात्र दृश्य देखाइएको छ । आगामी फाुगन ३ गते अर्थात भ्यालेन्टाइन डे को दिनमा प्रदर्शनमा आउने चलचित्रको टिजरमा चलचित्रकी नायिका स्वस्तिमा खड्का र नयाँ नायक मुकुन भुसालको छोटो संवाद मात्र देखाइएको छ । देखाइएको दृश्यमा नायिका स्वस्तिमा र नायक मुकुनको अभिनय सरल, स्वभाविक र प्राकृतिक देखिन्छ । यसअघि अरु चलचित्रका टिजरमा चलचित्रका फरक फरक दृश्यहरुलाई देखाइने गरिएको थियो । चलचित्रका निर्माता मध्यका एक अविरल थापाले आफुहरुले अन्य चलचित्रको भन्दा टिजरमा नयाँपन यस्तो गरिएको बताए । हेर्नुहोस यस्तो त टिजर ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto