आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आयोजित नागरिकता वितरण शिविरमा ५सय ३३ जनाले नागरिकता प्राप्त गरेका छन् । बुधबार र बिहीबार चलेको शिविरमा ३२२ महिला र २११ पुरुषले नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आयोजना र चौरजहारी नगरपालिकाको व्यवस्थापनमा नागरिकता वितरण शिविर आयोजना गरिएको हो । जिल्ला प्रशासन कार्यालयले गाउँमै पुगेर नागरिकता वितरण गरेपछि नागरिकहरु खुसी भएका छन् ।

election adv.

घरयासी कामको बन्धन तथा आर्थिक अभावका कारण सदरमुकाम मुसीकोटसम्म पुगेर नागरिकता लिन नसकेका विशेष गरी महिलाहरु तथा कमजोर आर्थिक अवस्थाका नागरिकहरुलाई प्रत्यक्ष लाभ पुगेको छ । आर्थिक समस्या तथा घरयासी कामले सदरमुकाम जान नसक्दा नागरिकताको प्रमाणपत्रबाट बञ्चित भएकोहरुलाई ठूलो गुण लगाएको चौरजहारी नगरपालिका ८ का प्रशान्त रेग्मीले बताए । समान कार्यक्रममा नागरिकलाई सहज हुने गरि आगामी दिनहरुमा समेत यस्ता शिबिरका कार्यव्रmमहरु सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले नागरिकताको प्रमाण पत्रलाई सहज रुपमा प्राप्त गर्ने अवसर प्रदान गर्न शिविर आयोजनाको पहल गरेको बताए । नागरिकताको प्रमापत्र लिनकै लागि सदरमुकाम जानु परेको भए समग्रमा १० लाख बढी रकम खर्च स्थानीयको हुने उनको भनाई थियो । ‘एक जनाले कम्तिमा २ हजार खर्च गर्दा पनि ५३३ जनाको खर्च जोड्दा १० लाख ६६ हजार हुन जान्छ, उनले भने, ‘शिविरले नगरपालिका क्षेत्रको व्ययभारलाई कटौती पनि गरेको छ ’ । शिविरमा नागरिकता वितरणसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक समेत गरेको छ । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले पसल दर्ता, लघु उद्यमी दर्ता लगायतका लगायतका सेवा पनि प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto