मेगराज खड्का
रुकुम पश्चिम मुसिकोट नगरपालिका १, गिलबाङका २४ बर्षिय रणबहादुर कुँबरको उपचारका लागि रुकुम पश्चिमका व्यवसायीहरुले आर्थिक रकम सहयोग गरेका छन । कुवँर धनुषटंकार रोगबाट पीडित भएर काठमाण्डौको सुभेच्द्धा ईन्टरनेशनल अस्पताल सितापाईलामा उपचाररत छन । बिरामीको पारिवारिक अवस्था गरिब तथा रोगको उपचारको लागि धेरै रुपैयाँ खर्च हुने अस्पतालले बताएपछि सहयोगी मनहरुले आर्थिक सहयोग सहयोग गर्नेहरुमा समाजसेवी तथा यातायात व्यवसायी लालबिर बोहरा रहेका छन ।

उनले ३६ हजार रुपैयाँ सहयोग गरेका छन । त्यस्तै व्यवसायीहरु मित्रलाल बोहराले ५ हजार १ सय, मोहबिर खड्काले ५ हजार १ सय, कर्णबहादुर खत्रीले १२ हजार ५ सय र बिष्णु ओलीले ५ हजार १ सय सहयोग गरेका छन । त्यस्तै गणबहादुर कठायतले ५ हजार १ सय र रिमबहादुर देवकोटाले ५ हजार १ गरि जम्मा ७९ हजार १ सय रुपैयाँ सहयोग गरिएको हो । बिरामीको उपचारको लागि देशका अन्य बिभिन्न ठाउँहरुबाट पनि रकम संकलन भएको छ । हालसम्म ३ लाख बढी रकम संकलन भएको र सहयोगी मनहरुले अझै पनि देश तथा बिदेशबाट रकम जम्मा गर्ने क्रम जारी रहेको उनका आफन्त तुलसीराम बोहराले जानकारी दिए ।

election adv.

उनको उपचारको लागि २० लाख बढी रकम खर्च हुने अस्पतालले बताएको छ । बिरामीलाई सहयोग गर्ने चाहानेले उनको श्रीमति खिमला वलि कुवँरको ग्लोबल आईएमई बैंक खाता नम्बर ३८०७०१०००९५३४ मा जम्मा वा उनका भान्जा तुलसीराम बोहराको मोबाईल नम्बर ९८१४५७३३३२ मा सम्पर्क गर्न सक्नेछन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto