आहा सञ्चार संबाददाता
रुकुम पश्चिम र जाजरकोटको सिमा बजार रिम्नामा आयोजना गरिएको सांकृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सब यहि असोज २४ गते देखि ३० गते सम्म आयोजना गरिएको हो । संस्कार र संस्कृतिको जगेर्ना गरौै, पर्यटन प्रवद्र्धनमा समृद्धि भरौं भन्ने मुल नाराका साथ महोत्सव मुल आयोजक समिति र त्रिबेणी कला केन्द्र जाजरकोटको सयुक्त आयोजनामा गरिएको हो ।

महोत्सव मुल आयोजक समितिका निर्देशक डिल्ली परियारका अनुसार महोत्सवका लागि आवश्यक पुर्बाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । महोत्सव स्थल सरसफाई, मञ्च तथा स्टल निर्माण र घेराबार सहितका काम धमाधम भैरहेको हो । दशैतिहार बिशेष उक्त सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । महोत्सवमा मुरुभुमिमा पाईने उँट र संसारकै अग्लो चरा अष्ट्रिज समेत अवलोकन गर्न व्यवस्था मिलाईएको छ ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto