आहा सञ्चार संबाददाता
रुकुम पश्चिम र जाजरकोटको सिमा बजार रिम्नामा सांकृतिक महोत्सव हुने भएको छ । यहि असोज २४ गते देखि ३० गते सम्म महोत्सव आयोजना हुन लागेको हो । संस्कार र संस्कृतिको जगेर्ना गरौै, पर्यटन प्रवद्र्धनमा समृद्धि भरौं भन्ने मुल नाराका साथ महोत्सव मुल आयोजक समिति र त्रिबेणी कला केन्द्र जाजरकोटको सयुक्त आयोजनामा महोत्सव हुन लागेको महोत्सव मुल आयोजक समितिका निर्देशक डिल्ली परियारले जानकारी दिए ।

उनका अनुसार महोत्सवको संयोजकमा प्रेम राना रहेका छन भने व्यवस्थापकहरुमा देबराज चन्द, दिलिप राना, प्रेम परियार, टोपेन्द्र ओली, प्रेम परियार, टोपेन्द्र ओली र गोपाल शाही लगायका रहेका छन । दशैतिहार बिशेष उक्त सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । कार्यक्रममा महानायक राजेश हमाल, चर्चित लोक गायक पशुपति शर्मा, जोति मगर, दुर्गेस थापा, पुस्कल शर्मा, टंक तिमल्सेना र तिलक परियार लगायतका दुई दर्जन बढी कलाकारहरु रहने छन । त्यस्तै महोत्सवमा हाँस्य तथा प्रख्यात डान्सरहरु समेत सहभागी गराईने छ । महोत्सवमा मुरुभुमिमा पाईने उँट र संसारकै अग्लो चरा अष्ट्रिज समेत अवलोकन गर्न व्यवस्था मिलाईएको छ । महोत्सवबारे बिस्तृत तल पोष्टरमा हेर्नुहोस

 

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto