मदन बिसी
रुकुमकोट : अविरल बर्षाले पहिरो जाँदा रुकुम पुर्ब र पश्चिम जिल्ला जोडने यातायात सेवा दुई साता देखि अबरुद्ध भएको छ । मध्य पहाडी लोकमार्गमा पर्ने रुकुम पुर्बको विभिन्न स्थानमा पहिरो जाँदा यातायात सेवा अबरुद्ध भएको हो । मध्य पहाडी लोकमार्गमा पर्ने सिस्ने गाउँपालिकाको पाखागाउ र खोपिचारमा पहिरो र अन्य स्थानका सडक कतै पहिरोले परेको छ भने कतै सडक हिलाम्मे भएको स्थानीय चन्द्रबहादुर थापाले बताए ।
थापाका अनुसार हिलाम्मे सडकका कारण रुकुम पुर्बको सदरमुकाम रुकुमकोट बाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट पुग्न तीन वटा गाडी फेर्नु पर्ने अवस्था छ । हिलाम्य सडकमा पनि स्थानीय अन्य यातायातको बिकल्प नहुँदा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले गाउँपालिकाको जेसिबी र टिपरले हिलाम्मे सडकमा खाल्डाखुल्डी पुर्ने काम भैरहेको बताईन ।
पहिरो पन्छ्याउनको लागि मध्य पहाडी लोकमार्ग निर्माण गर्ने जिम्मा पाएको कालिका कन्ट्रक्सन सेवालाई पटक पटक आग्रह गरेता पनि कुनै चासो नदिएको उनको भनाई छ । उक्त पहिरोका कारण यातायात सेवा अबरुद्ध हुदा रुकुम पुर्बका अधिकांस स्थानहरुमा भित्रिने मालबाहक ट्याक्टर र गाडिहरु पनि बिच बाटोमै रोकिने गरेका छन ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto