फोहरमा राजनीति

Byआहा सञ्चार

२०७५ भाद्र १४, बिहीबार १५:३६

उपेन्द्रलाल कामी
राजनीतिक शास्त्रमा राजनीतिकको परिभाषा दिदा भनिएको छ, जहाँ समस्या हुन्छ त्यहा सवाल हुन्छ र जहाँ सवाल हुन्छ त्यहा राजनीति हुन्छ । यो हामीले जिवन व्यबहारमा भोगेर अनुभुत गरेको परिभाषा हो । अवका बैकल्पिक सोच राख्ने नयाँ पुस्ताले राजनीतिक शास्त्रको यो मान्यता भन्दा अली अगाडी बढेर या माथि उठेर एक पटक गम्भीर ढंगले सोच्नु पर्ने छ । कि के राजनीतिक सामान्य केन्द्रित भएर मात्र गर्ने बिषय हो । आर्थात राजनीति गर्नेले आउन सक्ने समस्या एवं चुनौति हरलाई पनी रोकथाम गर्नतिर लाग्ने हो । यिनै महत्व पूर्ण सवाल संग जोडिएको छ फोहर व्यवस्थापनको चूनौति र अहिले सम्मको राजनीतिक परिवेश ।

के हो फोहर ?
साधारण भाषामा फोहर अनावश्यक चिज हो । आवश्यक बस्तु उपयोग वा उपभोग गरिन्छ भने आवश्यक वस्तुलाई फ्याकिन्छ । हो त्यहि यत्रतत्र फ्याकिएको अनावश्यक वस्तु केही सडेर दुर्घन्दित भएका हुन्छन भने नसडेका बस्तुहरु अव्यबस्थित तवरले अबरोध बनेर रहेका हुन्छन । ति फोहर पनि दुई प्रकारले हुने गर्दछ । एउटा वाह्य कारण ः प्राकृतिक प्रकोप बर्षा, आंधी, बाढी पहिरो आगलागी खडेरी आदी कारणले हुने गर्दछ भने अर्को मानिसले दैनिक जीवनशैली, उत्पादन उपभोग भोजन, मनोरञ्जन, यात्रा, दिसा पिसाब, मैथुन आदी कारणले हुने गर्दछ । प्राकृतिक र मानबीय क्रियाकलापका कारण हामी कसैले नचाहादा नचाहादै पनी फोहर हरेक उत्पादन भैरहेको हुन्छ ।

किन हुन्छ फोहरमा राजनीति ?
माथी नै उल्लेख गरेको छ कि जहा समस्या सवाल बन्छ त्यहाँ राजनीति हन्छ । फोहर पनी एउटा जटिल समस्या र सवाल नै हो । त्यसैले यसलाई सवाल बनाएर राजनीति गरिनु त्यति अस्वभाबिक होइन । बिषय यस सवालमा कसरी राजनीतिक गरिन्छ भन्ने कुरा महत्वपूर्ण छ । नेपाली राजनीतिको सरकार अहिले सम्मको प्रवृत्तिलाई हेर्दा समस्याहरको उठान गर्ने, समस्यामाथी थप समस्या सिर्जना गरेर आफ्नो बिरोध राजनीतिक पार्टीलाई सत्ताबाट वर्हिगमन गरेर पुनः आफु सत्तामा पुग्ने भ्याङको रुपमा समस्या र सत्तापक्षले फोहर उत्पादन हुने प्रदुषणका कर उठाएर तलब भत्ता बढाएर कर्मचारी पाल्ने माध्यम बनाएको छ भने प्रतिपक्षले बिरोधको नाममा बिरोध गदै सत्तापक्षको बिरुद्धमा जनमत तयार पार्ने माध्यम बनाउंदै आएको स्थिति हो । यहि फोहर सत्तापक्ष र प्रतिपक्षको कसैको दुहुनो गाई र कसैको जनता भड्काउने स्वादिष्ट मसला बनिरहेको हुन्छ । त्यसैले फोहरलाई पनी राजनीतिको एउटा मुद्धा बनाएर सत्ता पक्ष र प्रतिपक्षको दोहोरी चलाउने माध्यको रुपमा आजसम्म अवलम्बन गदै आएको अवस्था हो ।

election adv.

के हो वैकल्पिक सोच र फोहर ब्यबस्थापन ?
हरेक समस्या संगै समाधान जोडिएर आएको हुन्छ र समाधान बिनाको समस्या त्यो समस्या नै हुदैन । समस्यालाई समाधान मात्र होइन सम्वृद्धिको एउटा हिस्साको रुपमा बुझ्ने सोच्नै वैकल्पीक सोच हो । वैकल्पिक सोच्ने वर्तामानका समस्याहरुलाई समाधान गर्नतिर मात्रै ध्यान दिदैन की भबिष्यका सम्भाव्य चुनौतिहरुको पनि आकंलन गरेर व्यवस्थापनका लागी पुर्ण तयारीमा जुट्ने सामाथ्र्य राख्दर्छ । फोहर ब्यवस्थापनमा बैकल्पीक स्रोत भनेको फोहरलाइ मोहरमा परिनत गर्नु हो । र यत्रतत्र हुने फोहरलाई समुचित व्यबस्थापन गर्नु हो । संक्रिर्णता र पूर्वाग्रही मानिसले वैकल्पिक सोचको बिकास हुनै सक्दैन भने वैकल्पिक सोच बिना फोहरको पनी उचित व्यबस्थापा हुन सक्दैन । फोहरको उचित व्यवस्थापन गरिएन भने बिकास निर्माका जती ठुला ठुला काम गरेपनी नुन नहालेको दालभात तरकारी जस्तै मात्र होइन फोहर हातले ताजा खाना खाए जस्तै हुन जान्छ । राजनीतिमा संकिर्णता र पूर्वाग्रही मानसिकताले आफैलाई खाने भएकोले वैकल्पिक सोचको विकास गर्ने हो भने पहिला संकिर्णता र पूर्वाग्रही चिन्तनलाई फ्याक्न जरुरी छ ।

फोहर व्यवस्थापनको दायित्व कसको ?
हामी सबैको मुखमा झुण्डिएको फोहर ब्यवस्थापनको दायित्व कस्को भन्ने प्रश्नको सजिलो जवाफ हो राज्यको । दायित्व हो भन्ने कुरा एकछिनलाई अर्काे पाटो बाट पनि प्रश्न गरौ कि राज्यले फोहोर गर्न लगाएको हो र ? खान जान्ने तर फोर ब्यबस्थापन गर्न नजान्ने पनि कोहि मान्छे हुन्छ ? बिवेकहिन पशु पन्क्षिले मात्र खान्न, आफनो भाषा बोल्न र सम्भोग गर्न मात्र गर्न जान्छन । तर फोहोर ब्यबस्थापन गर्न जानदैन्न् त्यसैले फोहोर ब्यबस्थापन गर्न हरेक नागरिकले पहिला आफनै घर परिवारबाट बाट गर्नु पर्दछ । राज्यलाई फोहोर ब्यबस्थापनको जिम्बेवारी दिएर आफुले प्रदर्षण गर्ने अनि राज्यलाइ प्रर्दशण तथा सरसफाइ कर तिरेर सिमित कर्मचारी तथा नेतालाइ पोष्ने र कसैले फोहोरमा राजनीति गर्ने वातावरण किन बनाइदिने हामिले त्यस पछि सार्वजनिक स्थानमा हुने फोहोरहरुको ब्यबस्थापन गर्ने दायित्व राज्यको हुनुपर्छ कि पर्दैन ? के राज्य नागरिकको स्वास्थ्य अवस्था र स्वास्थ्य वातावरण निमार्णमा गम्भिर हुनु पर्दैन ? राज्यका जनप्रतिनिधी र राष्ट्रसेवक कर्मचारीहरुले जनता प्रतिको आफनो दायित्व पुरा गर्न इमान्दार ढङगले लाग्ने र हरेक नागरिकले आफै माथि शासन गर्ने अनुशासन स्वतन्त्रलाई सहि ढङले पालना गर्ने हो भन्ने फोहोर मात्र होइन देशमा ठुला ठुला समस्याको पनि सहजै ब्यबस्थापन गर्न सकिन्छ ।
राज्य र नागरिक समबन्धमा हुने उत्तरदायित्व र अधिकार तथा अनुशासन र स्वतन्त्रता एक अर्काको पूरक मात्र होइन एउटा सिक्काका दुई पाटा जस्तै हो । राज्य संचालन गर्ने जिम्मेवारी कस्तालाइ दिने नागरिकले दिएको जिम्मेवारी राज्यका सञ्चालकले कसरी बहन गर्ने भन्ने कुरा अन्योन्याश्रित रुपमा रहेको हुन्छ । फोहोर ब्यबस्थापनको सवालमा राज्यले नागरिकहरुलाई उत्प्रेणा दिएर प्रोत्साहित गर्ने र नागरिकले आफुले उत्पादन गरेको फोहोर आफै ब्यबस्थापन गर्न सक्नु पर्दछ भन्ने कुरालाइ मनन गरेर प्राविधिक ज्ञान, हासिल गर्ने कुरामा विशेष जोड दिनु पर्दछ । राजनीतिक पार्टीहरुले राजनीति गर्ने मुदाहरु समाजमा अरु थुप्रै छन र रहन्छन तर यो फोहोर ब्यबस्थापन हामी सबैको साझा सरोकारको बिषय हो भन्ने कुरालाई आत्मसाथ गरेर सत्तापक्ष र प्रतिपक्ष जस्तो भुमिकामा नभई निष्पक्ष एउटै पार्टीको जस्तो भुमिकाबाट साझा समस्याको उचित ब्यबस्थापन गनुपर्ने हुन्छ । फोहोर ब्यबस्थापनमा कुनै पार्टी संघ संस्था वा निजि क्षेत्रले सक्रियाता जनाउछ भने उसलाई निरुसाहित गर्न तिर होइन आवश्यक सहयोग गरेर प्रोत्साहित गर्दै राज्य राजनीतिक पार्टी संस्था तथा निजि क्षेत्रहरुले आफनो दायित्व सम्झेर साथ दिनु पर्दछ ।

यस्को साथै राज्यको स्थानीय तहमा पनि उचित नियम कानुनको ब्यबस्था गरि सृजनात्मक ढङले कडाइ पूर्वक लागु गर्नु पर्दछ । वातावरणीय तथा मानबिय स्वास्थ्य सरसफाइसंग अभिन्न रुपले जोडिएको फोहोर ब्यबस्थापनमा जुट्न राज्य राजनैतिक दल सामाजिक संस्था निजि क्षेत्र नागरिक समाज सञ्चार क्षेत्रले वृहत संयूक्त अभियानको थालनि गर्न जरुरी छ । एक पटक हामी सबैले यहि सवालबाट अभियानकोे थालनि गर्ने की ? लेखक कामी नयाँ शक्ति नेपाल रुकुमका अभियान्ता हुन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto