मेगराज खड्का
रुकुम १९, चैत : रुकुम पश्चिम सदरमुकाम मुसिकोटमा अटो रिक्सा सेवा उद्घाटन गरिएको छ । रुकुम यातायात प्रालिद्धारा जिल्लामा पहिलो पटक प्रालि मार्फत अटो रिक्सा सेवा शुरु गरिएको हो । रुकुम यातायात प्रालि रुकुम पुर्बका शाखा प्रमुख हिमालय मल्लले रिक्सा संचालकलाई टिका र दोसल्ला ओढाएर अटोरिक्साको उद्घाटन गरे ।
अटो रिक्सा रुकुम पश्चिमको सदरमुमकाम खलंगा आसपासमा संचालन हुनेछन । रुकुम यातायात प्रालि रुकुम पश्चिमका शाखा प्रमुख बिष्णु ओलीका अनुसार अटो रिक्सा अब नियमित रुकुम सल्ले, खलंगा, सेरीगाउँ र सोलाबांग लगायतका क्षेत्रमा संचालन हुनेछन । समितिबाट ४ वटा अटोरिक्सा हाललाई संचालनमा ल्याईएको र आवश्यकताका आधारमा क्रमस थप्ने योजना गरको बताईएको छ । साना सवारीसधान जिल्लामा संचालनमा आएपछि छोटो दुरीका लागि ब्यक्तिगत तथा सामुहिक यात्रा गर्दा सजिलो भएको छ ।
रुकुम यातायात प्रालिका सल्लाहकार तथा युवा व्यवसायी लालबिर बोहरा सहित ब्यक्तिहरुले नेपागञ्जबाट अटोरिक्सा खरिद गरेर ल्याएका हुन । ‘बजार आसपास, अस्पताल सम्म जान र छोटो दुरीमा ब्यक्तिगत तथा पारिवारिक संगै यात्रा गर्न यात्रुलाई सहज होस भनेर अटोरिक्सा रुकुममा शुरु गरेका हौं’ संचालक बोहराले भने, ‘ठुला सवारीसधान एकदुई जनाको लागि र छोटो दुरीको लागि प्रयोग गर्ने असंभव भएपनि अटोरिक्सा थोरै रकमले पनि प्रयोगमा सहज हुनेछ ।’ यसअघि पनि ब्यक्तिगत रुपमा केहि अटो रिक्सा भने संचालनमा थिए ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto